किसानलाई अनुदानमा दिन ल्याएरको मल व्यापारीलाई बिक्री गर्ने कृषि सहकारी संस्थामा सिलबन्दी

राहुल गुप्ता, बारा – बाराको प्रसौनी गाउँपालिकाको प्रस्टोकामा रहेको एउटा कृषि सहकारी संस्थाले अनुदानको मल बेच्ने गरेको पाईएको छ । स्थानीय वाल्मीकी कृषि सहकारी संस्थाले किसानलाई अनुदानमा दिन  ल्याएरको मल व्यापारीलाई बिक्री गर्ने गरेको पाईएको हो ।

ईलाका प्रहरी कार्यालय प्रसौनीले बिहिबार प्रस्टोका बजारस्थित एउटा पसलबाट सहकारी संस्थाले बिक्री गरेको ३९ बोरा मल बरामद गरेपछि सहकारीले अनुदानको मल बिक्री गर्ने गरेको कुरा बाहिर आएपछि सो कुरा पत्ता लागेको हो । कृषि कम्पनी लिमिटेड कलैयाबाट किसानका लागि अनुदानमा ल्याएको मल वाल्मीकी सहकारी संस्थाले व्यापारीलाई बिक्री गरेको सूचना पाएपछि प्रहरी निरीक्षक ओमप्रकाश यादवको नेतृत्वमा गएको प्रहरी टोलीले स्थानीय एक पसलबाट मल बरामद गरि पसललाई सिलबन्दी गरेको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बारामा राखिएको छ ।

सहकारीका अध्यक्ष कृषि कम्पनी लिमिटेडका कर्मचारीलाई आर्थिक प्रलोभनमा पारेर हप्तामा दुई पटक सम्म मल लग्ने गरेको स्रोतले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा ऋषि बाल्मिकी कृषि सहकारी संस्थाले अनाधिकृत रुपमा शम्भु र रमेश साहलाई मल उपलब्ध गराएको भन्ने खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरीले कालो बजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ बमोजिम अनुसन्धान भइरहेको जनाएको छ ।

सिफारिस

प्रकृति, संस्कृति र साहसिकताको गन्तव्य: ढोरपाटन र बुकीपाटन (तस्वीरहरू)

काठमाडौं - नेपाल प्राकृतिक सम्पदा र भौगोलिक विविधताले भरिएको देश हो। हिमाल, पहाड, वनजंगल, नदी तथा उच्च हिमाली मैदानहरूले यहाँको पर्यटनलाई विश्वभर चिनाएको छ।...

चिनियाँ सांस्कृतिक केन्द्रमा ‘गुओछाओ’ नवप्रवर्तन प्रदर्शनी (तस्वीरहरू)

काठमाडौं - नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्रमा शुक्रबारदेखि “नयाँ सांस्कृतिक तथा सिर्जनात्मक कार्यशाला : डिजिटल गुओछाओ नवप्रवर्तन अभ्यास प्रदर्शनी” सुरु भएको छ। एक महिनासम्म सञ्चालन...

रास्वपाको केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित भएका छन्। महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार उनले २...

भर्खरै

चिनियाँ सांस्कृतिक केन्द्रमा ‘गुओछाओ’ नवप्रवर्तन प्रदर्शनी (तस्वीरहरू)

काठमाडौं - नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्रमा शुक्रबारदेखि “नयाँ सांस्कृतिक...

रास्वपाको केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य...

निर्जला एकादशी: बुढानीलकण्ठमा भक्तजनको घुइँचो (तस्वीरहरू)

हिन्दू धर्मावलम्बीहरूले श्रद्धा र भक्तिभावका साथ मनाउने निर्जला एकादशीका...

फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट : नेपाली सेनाका हुद्दा विष्टको मृत्यु

टीकापुर - कैलालीमा फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा...

बाजुराको सौन्दर्य : जहाँ बादलले चुम्छन् डाँडाकाँडा, हिमालले ओढ्छन् हरियालीको चोली (तस्वीरहरू)

बाजुरा । सुदूरपश्चिमको हिमाली जिल्ला बाजुरा प्राकृतिक सौन्दर्य, जैविक...

निर्जला एकादशीमा किन गरिन्छ भगवान विष्णु र तुलसीको विशेष पूजा ?

काठमाडौं - हिन्दु धर्ममा वर्षभरि मनाइने विभिन्न पर्व तथा...

धेरै पढिएको