रमिता छुँजु
ललितपुर- नेपालमा मनाइने जात्रामध्ये सबैभन्दा लामो जात्रा भनेर मानिने वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ बनाउने काम धमाधम भइरहेको छ। ललितपुरको पुल्चोकमा मूल रथ तयार पारिँदै छ भने ललितपुरकै टंगल ढुंगेधारामा पनि सानो रथ तयार पारिँदै छ ।
वैशाख ८ गतेबाट मच्छिन्द्रनाथको रथारोहण गरिन्छ भने जात्रा बैशाख ११ गते सुरु हुँदैछ । नेवारी पात्रोको तीथिअनुसार मच्छिन्द्रनाथको रथ ‘पारु’ दिनदेखि निर्माण गर्न सुरु गरिन्छ ।
रातो मच्छिन्द्रनाथको जात्रा विभिन्न किंवदन्तीमा आधारित छ। वैशाख शुक्ल प्रतिपदाको दिन रथ तानेर सुरु हुने जात्रा असार चौथीमा राष्ट्र प्रमुखबाट भोटो देखाएर विधिवत रुपमा समापन हुने गर्छ। भोटो देखाउने परम्परामा पनि विभिन्न किंवदन्ती जोडिएका छन्, त्यसैले यसलाई भोटो जात्रा पनि भन्ने गरिन्छ ।