काठमाडौ – प्रहरी नायब महानिरीक्षक (डिआइजी)को बढुवा सिफारिस भएको छ।
शुक्रबार बसेको बढुवा समितिको बैठकले १० जना एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस गरेको हो। एसएसपी धनश्याम अर्याल बढुवा सिफारिसमा पहिलो नम्वर परेका छन्।
एसएसपी प्रकाशजंग कार्की, बसन्तकुमार पन्त,इश्वरबाबु कार्की, सहकुल बहादुर थापा, धिरजप्रताव सिंह, बसन्तकुमार लामा,रविन्द्रबहादुर धानुक,उत्तम सुवेदी र अरुण कुमार विसि बढुवा सिफारिसमा परेका हुन्। सरकारले २६ बाट डिआइजीको दरबन्दी घटाएर १४ बनाएको छ ।
प्राविधिकतर्फ बाहेक १४ जना डीआईजी कायम गरेर बिहीबार गृहमा पत्र पुगेको भोलिपल्टै डीआईजी सिफारिस गरिएको हो। नेपाल प्रहरीमा गत माघदेखि नै डीआईजीहरु खाली थिए।
अब १४ डीआईजीमध्ये ७ प्रदेशमा र प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो, महानगरीय प्रहरी कार्यालय रानीपोखरी, विशेष ब्युरो नक्साल, राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी प्रधान कार्यालय नक्साल र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा एक÷एक जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) रहनेछन्।

