काठमाडौं – गायक खेम सुवेदीले नयाँ गीत ‘झोला बोकेको’ सार्वजनिक गरेका छन्। उक्त नयाँ लोक दोहोरी गीतमा सुवेदीलाई शर्मिला अर्यालले साथ दिएकी छन् ।
सो गीतलाई सुवेदी अफिसियल नामक युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो ।
यस लोकदोहोरीमा बिक्रम नेपाली र अश्मिता रानापलको अभिनय रहेको छ । लोकदोहोरीको शब्द खेम सुवेदी कै हो भने अरेन्ज राजु विश्वकर्ताले गरेका हुन् ।
यस लोकदोहोरीको निर्देशन निशान बानियाँले गरेका हुन् । लोकदोहोरी विद्यालय जीवनको प्रेम कथामा आधारित छ ।
(भिडियो)