काठमाडौं – नेपालमा थप ३ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ । नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार गराइरहेका उनीहरु तिनैजना भारतीय नागरिक हुन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उनीहरुको रिर्पोट पोजेटिभ आएको हो । किटजन्य रोग अनुसन्धान केन्द्र हेटौडामा उनीहरुको रिर्पोट अस्पष्ट आएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उनीहरुको स्वाब परीक्षण गरिएको थियो ।
३ जना थपिएसँगै नेपालमा कोरोना भाइरसको संक्रमित व्यक्तिको संख्या १२ पुगेको छ ।
यसबारे विस्तृत विवरण स्वास्थ्य मन्त्रालयले केहिबेर सार्वजनिक गर्ने जनाएको छ ।
यद्यपि पर्सा जिल्ला प्रशासन स्राेतले बताएअनुसार ती तीनै जना भारतीय नागरिक हुन्। जसलाई पर्साको वीरगन्ज महानगरपालिका छपकैयास्थित मस्जिदमा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिई नारायणी अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।