डा. दामोदर खनालको कविता संग्रह ‘सन्देश’ प्रकाशित

डा. दामोदर खनालको कविता संग्रह सन्देश सार्वजनिक भएको छ । सन्देशभित्र ५२ वटा कविता समावेश छन् । ‘सन्देश’ कविता सङ्ग्रहमा कवि डा. खनालले सामान्य भन्दा समान्य मानिसले पनि सहजै बुझ्न सकिने भाषाशैली प्रयोग गरेर कविता लेखेका छन् । कतै गद्य शैली त कतै लोक काव्य शैलीमा आएका कविताहरूले कहीँ मानव सभ्यता र नेपाली र अन्य समाजमा मनाइने चाडबाडका विषयमा कविताबाटै जानकारी दिएका छन् । राष्ट्रियता, राष्ट्रिय विभूति र राजनीति लगायतका विषयमा पनि सन्देशात्मक तवरमा कविता प्रस्तुत गरिएका छन् ।

कविता ५ खण्डमा विभाजन गरिएका छन् । पहिलो खण्डमा धर्म, संस्कृति र चाडपर्व लगायत विषयमा लेखिएका १३ वटा कविता समावेश छन् । धर्म, दशैँ, तिहार, क्रिसमस, ल्होसार, माघे सङ्क्रान्ति, श्रीपञ्चमी, शिवरात्री, फागु पूर्णिमा (होली), रमादान, चैते दशैँ, हरितालिका तीज र चाडपर्व शीर्षकमा रहेका यी कविताहरूले विशेष गरी नेपाली चाडपर्वहरूको वर्णण गरिएका छन् । पहिलो खण्डमा चाडपर्व, धर्म संस्कृति र रहनसहनलाई नै डा. खनालले निकै सरल भाषामा कविता बनाएर पस्केका छन् ।

कविता सङ्ग्रहको दोस्रो खण्डमा अध्यात्म र विज्ञानका १९ वटा कविताहरू राखिएका छन् । अध्यात्म, स्वसंवाद, दिनु रै’छ जीवन, जीवन विज्ञान, योग, मन (आध्यात्मिक), व्यायाम,प्राणायाम, ध्यान, म को हुँ ?, सङ्गीत, प्रेम (आध्यात्मिक), ऊर्जा, खुसी, शान्ति, आनन्द, सकारात्मक सोच, श्वास, र सरितालाई पृष्ठपोषण शीर्षकमा कविताहरू रहेका छन् ।

मन (आध्यात्मिक) शीर्षकको कवितामा डा. खनालले मनको विषयमा काव्यात्मक तर्क दिएका छन् । मन आफैमा विराट आकाश हो भन्ने भाव कविताबाटै पोखेका छन् कवि डा. खनालले ।

सन्देश कविता सङ्ग्रहको तेस्रो खण्डमा हाम्रो देश, राजनीति, नेपालको राष्ट्रिय झण्डा, पृथ्वीनारायण शाह, प्रजातन्त्र, र भगवान् गौतम बुद्ध शीर्षकमा कविता रहेका छन् ।

‘सन्देश’ कविता कृति चौथौ खण्ड ः प्रकृति, कृषि तथा पशुपन्छी विषयमा ६ कविता समावेश छन् । प्रकृति, वन, पन्छी, किसान, फूलबारी र मौसम शीर्षकमा कविता सङ्ग्रहित छन् । कविता कृतिको पाँचौं खण्डमा विविध शीर्षकमा ७ वटा कविता समावेश गरे्का छन् । नयाँ वर्ष (२०७९), जीवनसाथी, वैवाहिक जीवनको शुभकामना, यात्रा, त्यही भएर आज मैले यो कविता लेखेँ, चञ्चल मन र सन्देश शीर्षकका कविता विविध खण्डमा छन् ।

कविता पढ्दै जाँदा कर्मभूमि बेलायत भएपनि लेखकको मन भने नेपालमै रुमलिरहेको भान हुन्छ । युनिभर्सिटी अफ म्यानचेष्टरसहितका विभिन्न शैक्षिक संस्थाहरुका अध्यापन गर्दै आएका डा. खनालको दर्जन बढी पुस्तक, जर्नल आर्टीकल र बुक च्याप्टरहरु प्रकाशित छन् ।

सिफारिस

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु अपराध संगठित, अन्तरदेशीय र जटिल बन्दै गएकाले यसको नियन्त्रणका लागि दक्षिण एसियाली मुलुकबीच क्षेत्रीय सहकार्य...

भर्खरै

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

धेरै पढिएको