डा. दामोदर खनालको कविता संग्रह सन्देश सार्वजनिक भएको छ । सन्देशभित्र ५२ वटा कविता समावेश छन् । ‘सन्देश’ कविता सङ्ग्रहमा कवि डा. खनालले सामान्य भन्दा समान्य मानिसले पनि सहजै बुझ्न सकिने भाषाशैली प्रयोग गरेर कविता लेखेका छन् । कतै गद्य शैली त कतै लोक काव्य शैलीमा आएका कविताहरूले कहीँ मानव सभ्यता र नेपाली र अन्य समाजमा मनाइने चाडबाडका विषयमा कविताबाटै जानकारी दिएका छन् । राष्ट्रियता, राष्ट्रिय विभूति र राजनीति लगायतका विषयमा पनि सन्देशात्मक तवरमा कविता प्रस्तुत गरिएका छन् ।

कविता ५ खण्डमा विभाजन गरिएका छन् । पहिलो खण्डमा धर्म, संस्कृति र चाडपर्व लगायत विषयमा लेखिएका १३ वटा कविता समावेश छन् । धर्म, दशैँ, तिहार, क्रिसमस, ल्होसार, माघे सङ्क्रान्ति, श्रीपञ्चमी, शिवरात्री, फागु पूर्णिमा (होली), रमादान, चैते दशैँ, हरितालिका तीज र चाडपर्व शीर्षकमा रहेका यी कविताहरूले विशेष गरी नेपाली चाडपर्वहरूको वर्णण गरिएका छन् । पहिलो खण्डमा चाडपर्व, धर्म संस्कृति र रहनसहनलाई नै डा. खनालले निकै सरल भाषामा कविता बनाएर पस्केका छन् ।

कविता सङ्ग्रहको दोस्रो खण्डमा अध्यात्म र विज्ञानका १९ वटा कविताहरू राखिएका छन् । अध्यात्म, स्वसंवाद, दिनु रै’छ जीवन, जीवन विज्ञान, योग, मन (आध्यात्मिक), व्यायाम,प्राणायाम, ध्यान, म को हुँ ?, सङ्गीत, प्रेम (आध्यात्मिक), ऊर्जा, खुसी, शान्ति, आनन्द, सकारात्मक सोच, श्वास, र सरितालाई पृष्ठपोषण शीर्षकमा कविताहरू रहेका छन् ।

मन (आध्यात्मिक) शीर्षकको कवितामा डा. खनालले मनको विषयमा काव्यात्मक तर्क दिएका छन् । मन आफैमा विराट आकाश हो भन्ने भाव कविताबाटै पोखेका छन् कवि डा. खनालले ।

सन्देश कविता सङ्ग्रहको तेस्रो खण्डमा हाम्रो देश, राजनीति, नेपालको राष्ट्रिय झण्डा, पृथ्वीनारायण शाह, प्रजातन्त्र, र भगवान् गौतम बुद्ध शीर्षकमा कविता रहेका छन् ।

‘सन्देश’ कविता कृति चौथौ खण्ड ः प्रकृति, कृषि तथा पशुपन्छी विषयमा ६ कविता समावेश छन् । प्रकृति, वन, पन्छी, किसान, फूलबारी र मौसम शीर्षकमा कविता सङ्ग्रहित छन् । कविता कृतिको पाँचौं खण्डमा विविध शीर्षकमा ७ वटा कविता समावेश गरे्का छन् । नयाँ वर्ष (२०७९), जीवनसाथी, वैवाहिक जीवनको शुभकामना, यात्रा, त्यही भएर आज मैले यो कविता लेखेँ, चञ्चल मन र सन्देश शीर्षकका कविता विविध खण्डमा छन् ।

कविता पढ्दै जाँदा कर्मभूमि बेलायत भएपनि लेखकको मन भने नेपालमै रुमलिरहेको भान हुन्छ । युनिभर्सिटी अफ म्यानचेष्टरसहितका विभिन्न शैक्षिक संस्थाहरुका अध्यापन गर्दै आएका डा. खनालको दर्जन बढी पुस्तक, जर्नल आर्टीकल र बुक च्याप्टरहरु प्रकाशित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here