आहा ! पोखरा … (फोटो फिचर)

पोखरा – पर्यटकीय नगरी पोखरा आन्तरिक तथा बाह्य पर्यटकको मुख्य रोजाइमा पर्ने गर्दछ।  हामी पनि त्यहि हिसाबले पोखरालाई एक फन्को मार्यौ।  पोखराको बीचबजारबाट पनि हिमालहरु देखिन्छन् तर हामी पुम्दिकोटमा रहेको नेपालकै अग्लो शिवको मुर्ति अनि अन्नपूर्ण केवलकार चढेर अग्ला-अग्ला ठाउँमा पुगे पनि यसपाली मौसमका कारण आँखै अघि देखिने माछापुच्छ्रे र अन्नपूर्णलगायतका हिमाल भन्ने देख्न नपाए पनि त्यहाँबाट देखिने अन्ने मनमोहक दृश्य भने अवश्य कैद गरेका छौं ।

पछिल्लो समयमा थपिएको आकर्षक एवम् मनमोहक पर्यटकीय गन्तब्य पुम्दीकोटमा महादेवको मूर्ति हेर्न आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । समुन्द्र सतहदेखि १ हजार ५०० मिटरको उचाइमा रहेको यस ठाउँलाइ आकर्षक गन्तब्यको रुपमा विकास गर्न महादेव शिवको भिमकाय मुर्तिसहित आकर्षक भौतिक संरचना निर्माण गरिएसँगै पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइँमा पर्न थालेको छ ।

पोखराको अर्को आकर्षणको केन्द्र फेवाताल, जसलाई हेरेर जो कोही पनि मोहित हुन्छन् । फेवाताल, जसको दृश्यपान गरेर कसैको धित मर्दैन ।

फेवा तालमा साइँली डुंगा सलल
सम्झनामा तिम्रो तस्बिर झलल

गायक शिव परियारले धेरै वर्षअघि गाएको यो गीत आज पनि उत्तिकै जीवन्त छ । भक्तजनहरुका लागि धार्मिक स्थल पनि हो फेवाताल । फेवातालको बिचमा रहेको तालवराही मन्दिर प्रसिद्ध धार्मिक स्थलका रुपमा परिचित छ । जहाँ दिनहुँ हजारौं भक्तजनहरु पूजा आराधना गर्न आउने गर्दछन् ।

पोखराको अर्को गन्तव्य हो अन्नपूर्ण केवलकार चढेर  सराङकोट डाँडाबाट सूर्योदयको दर्शन तथा साँझ सूर्यास्तको अवलोकन गर्नु । केवलकारबाट फेवाताल, अन्नपूर्ण, माछापुच्छ्रे , हिमचुली लगायतका हिमाल श्रृखला, पुम्दीकोट महादेवको मूर्ति, विश्व शान्ति स्तुपाः, पोखरा लगायतको मनोरम दृश्य पनि अवलोकन गर्न सकिने छ।

सिफारिस

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ । आज मंगलबार जिल्ला अदालत...

भर्खरै

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

धेरै पढिएको