आहा ! पोखरा … (फोटो फिचर)

पोखरा – पर्यटकीय नगरी पोखरा आन्तरिक तथा बाह्य पर्यटकको मुख्य रोजाइमा पर्ने गर्दछ।  हामी पनि त्यहि हिसाबले पोखरालाई एक फन्को मार्यौ।  पोखराको बीचबजारबाट पनि हिमालहरु देखिन्छन् तर हामी पुम्दिकोटमा रहेको नेपालकै अग्लो शिवको मुर्ति अनि अन्नपूर्ण केवलकार चढेर अग्ला-अग्ला ठाउँमा पुगे पनि यसपाली मौसमका कारण आँखै अघि देखिने माछापुच्छ्रे र अन्नपूर्णलगायतका हिमाल भन्ने देख्न नपाए पनि त्यहाँबाट देखिने अन्ने मनमोहक दृश्य भने अवश्य कैद गरेका छौं ।

पछिल्लो समयमा थपिएको आकर्षक एवम् मनमोहक पर्यटकीय गन्तब्य पुम्दीकोटमा महादेवको मूर्ति हेर्न आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । समुन्द्र सतहदेखि १ हजार ५०० मिटरको उचाइमा रहेको यस ठाउँलाइ आकर्षक गन्तब्यको रुपमा विकास गर्न महादेव शिवको भिमकाय मुर्तिसहित आकर्षक भौतिक संरचना निर्माण गरिएसँगै पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइँमा पर्न थालेको छ ।

पोखराको अर्को आकर्षणको केन्द्र फेवाताल, जसलाई हेरेर जो कोही पनि मोहित हुन्छन् । फेवाताल, जसको दृश्यपान गरेर कसैको धित मर्दैन ।

फेवा तालमा साइँली डुंगा सलल
सम्झनामा तिम्रो तस्बिर झलल

गायक शिव परियारले धेरै वर्षअघि गाएको यो गीत आज पनि उत्तिकै जीवन्त छ । भक्तजनहरुका लागि धार्मिक स्थल पनि हो फेवाताल । फेवातालको बिचमा रहेको तालवराही मन्दिर प्रसिद्ध धार्मिक स्थलका रुपमा परिचित छ । जहाँ दिनहुँ हजारौं भक्तजनहरु पूजा आराधना गर्न आउने गर्दछन् ।

पोखराको अर्को गन्तव्य हो अन्नपूर्ण केवलकार चढेर  सराङकोट डाँडाबाट सूर्योदयको दर्शन तथा साँझ सूर्यास्तको अवलोकन गर्नु । केवलकारबाट फेवाताल, अन्नपूर्ण, माछापुच्छ्रे , हिमचुली लगायतका हिमाल श्रृखला, पुम्दीकोट महादेवको मूर्ति, विश्व शान्ति स्तुपाः, पोखरा लगायतको मनोरम दृश्य पनि अवलोकन गर्न सकिने छ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको