विश्व रोइरहेको बेला, म कसरी मनाउँ नयाँ बर्ष २०७७ ?

✍️ रामेश्वर शर्मा भुर्तेल

विश्व डर र त्रासले बन्द कोठरिमा बन्द भइ,जेल सरि जिबन ब्यतित गरि मस्त सुतिरहेको बेला, म कसरी फोडौ हर्सोउल्लासले ती गुन्जयमान पटाखाहरु..?

यस्तै नयाँ वर्षको दिन आफ्नो संस्कार संस्कृति अनुसार सांस्कृतिक भेषभुषा लगाएर हर्ष उल्लासका साथ नयाँ वर्ष मनाउने तथा वैशाख १ !

 सोमबारबाट हामी बि. सं. २०७७ सालमा प्रवेश गर्दैछौ । यतिबेला हामी सबै नेपाली दाजुभाइ , दिदीबहिनीहरु कोरोना भाइरस कोभोड १९ विरुद्ध आ- आफ्नै घर घरमा लकडाउनमा बसिरहेका छौ । हामी लकडाउनमा बसेको २१ औ दिन हुदैछ । अझै केहि हप्ता हामी कोरोना विरुद्ध लकडाउनको मर्यादामा बस्नु जरुरी देखिएको छ ।

नयाँ वर्ष प्रचलनमा रहेको पात्रोको प्रथम दिन तथा वर्ष वा सालको आरम्भ लाई भनिन्छ । नेपाल लगायतका विक्रम सम्बत मान्ने स्थानहरूमा बैशाख १ गतेका दिन भने इस्वी सम्बत मान्ने स्थानहरूमा जनवरी १ तारीखका दिन नयाँ वर्ष मनाइन्छ । सो दिनमा प्रचलित परम्परा अनुसार विभिन्न कार्यक्रमहरू आयोजन गरिन्छ । यस अवसरमा आपसमा सद्भावको आदान प्रदान गर्ने शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाट गर्ने, वनभोज कार्यक्रमको आयोजना गर्ने, मठ मन्दिरमा गई पूजाआजा गर्ने, मीठामीठा परिकार खाएर हर्षोल्लासका साथ मनाउने गरिन्छ । यस दिन सार्वजनिक बिदा पनि हुन्छ । विगतका नराम्रा क्रियाकलापलाई सच्याएर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लागेर आर्थिक सामाजिक र सांस्कृतिक विकास गर्ने प्रेरणा मिलोस् भनेर कामना गरिन्छ ।

सन् २०१९ को अन्तिम दिन अर्थात ३१ डिसेम्बरका दिन चीनको हुवे प्राप्तको वुहान शहरका केही व्यक्तिहरुमा नयाँ खालको कोरोना भाइरस देखा परेको रिपोर्ट सार्वजनिक गरिएको थियो । त्यस्तै केहि समयमै विभिन्न देशहरुमा पनि देखिएको छ।
पहिले पहिले नयाँ वर्ष आउनु महिना दिन पहिलेदेखि नै घुमफिरको योजना बन्थ्यो । अरुलाई सुनाउन र देखाउनकै लागि भए पनि घुम्ने ठाउँको बयान गर्न पाइन्थ्यो । तर यसपालि मान्छेलाई घरभित्र थुनेर कोरोना भाइरस संसार घुमिरहेको छ ।
हाम्रो देश नेपालमा हरेक बर्षको बैशाख महिनाबाट अर्को बर्ष सुरुवात भएको मानिन्छ।त्यसतै अहिले पनि हामी नयाँ बर्षको मुखमा छौ।हाम्रो परम्परा र पुर्खाहरुको विचार र भनाइ अनुसार नयाँ बर्ष सङै हरेक कुरा नयाँ र उमङ्ग सहितको हुन्छ।नयाँ बर्ष लागेको दिन अर्थात बैशाख १ गते हामीले जसरी यो दिन बिताउछौ या मान्छौ यसरी नै पुरै वर्ष बित्छ भन्ने चलन छ। र यो कुरा हामीले गर्दै र मान्दै आएका पनि छौ।

बैशाख १ गते नेपालको खास दिन मानिन्छ। यो दिन सम्पुर्ण परिवार एक ठाउँ भेला भै पारिवारिक सभामा खुसी  साटासाट गर्ने र रमाइलो गर्दै घुम्न चलन पनि छ।तर गत बर्षहरुमा झै यो बर्ष नया साल त्यति खास नहुने सबैको मनमा त्रास छ। किनभने आज एक जना ब्यक्ति होइन,एउटा समाज होइन,एउटा देश होइन विश्व नै ठुलो आपत विपतमा रहेको छ। गत बर्षहरुमा विभिन्न संचार माध्यमबाट १५ दिन अगाडि देखि नै नयाँ बर्षका अनेकौं कथा,कविता र सङ्गितद्वारा शुभकामनाको बहार पाइन्थ्यो भने अहिले गीत,संगीत,कथा,कविता,बिज्ञापन,समाचार सबैमा कोरोना भाइरस मात्र सुन्नु पर्दा र दिनहुँ मानिसहरुले यस्कै कारण ज्यान गुमाउनेको संख्या बढ्दोमा सुन्दा सवैमा त्रास त छदैछ यसको साथै नयाँ बर्षको खुसी पनि भुलिएको छ। र आज आफू भाइरससंग  धरापमा रहेको महशुस गर्न बाध्य छौ।अहिले हामी फेसबूकमा जस्ता समाचार आए पनि सत्य ठान्छौ र मनमा त्रास उत्पन्न गर्छौ ।

वास्तवमा यो ठिक होइन। हो हामी यस बिषयमा गम्भीर हुन विशेेष आवश्यक छ तर नेपालमा केही मिडिया यस्ता पनि छन जो आफुलाइ पपुलर बनाउने बहानामा फेक न्युज छपाएर पब्लिक गरिरहेका हुन्छन। बुज्नेले र हरेक खबरमा अपडेट हुनेले त थाहा पाउँछन् फेक हो भनेर तर सबैमा यो क्षमता हुदैन र भयको मात्र बढि हुन्छ। त्यसैले सबै समाचार सत्य हुन भनेर पछि लाग्नु पनि गलत हो साथमा सवै समाचार गलत हुन भनेर आफ्नो खुशी गर्नु पनि गलत हो त्यसैले सबै समाचारमा गम्भीर भएर बुझी आफु त्रासबाट मुक्त हुन आवश्यक छ।

आज संसार भरिका हामी मानिसहरुलाई सोच्न बाध्य पारेको छ परिस्थितिले । सारा पशु , पंछी र जनावर निर्बाद रुम खुल्ला आकास र धर्तीमा घुमिरहेका छ्न । बिश्वबिजेता मानिस आज घरमा कैद छ , कोरोना भाइरस कोभिड १९ को कारण । महान शक्तिराष्ट्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प , चीनिया राष्ट्रपति सि जिङ्  पिङ् , रसियन राष्ट्रपति भ्लादिमिर पुटिन , भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी , फ्रान्स , जर्मन , इटालीका सरकार प्रमुख एवम  राष्ट्र प्रमुखहरु लगायत संसार भरिका मानव आज आतंकित चिन्तित रहेका छ । कोरोना भाइरस कोभिड (१९ कारण आज तपाई ,म लगायत सारा विश्व अक्रान्त , आतंकित र चिन्तित छौ । यो परिबेश र पृष्ठभुमिमा हामीबिच आइरहेको नयाँ बर्ष को कुनै उत्साह ,उमंग , जोश र जांगर छैन ता पनि यतिबेला हामिले आफुलाइ आफैले बलियो र उर्जावान बनाउनुको बिकल्प छैन । अन्तरमुखी ,आत्मासंयमित हुँदै उनै परमात्मा भगवान प्रती आफुलाइ समर्पण गरेर जीवन र जगत दार्शनिक एवम  धार्मिक रुपमा नियाल्नु जरुरी छ ।

विद्यालय जीवनमा फिल्मी हिरो अनि हिरोईनका तस्विरमा लेखिएका शायरी तथा शुभकामना सन्देश प्रेषण गरिने कार्डहरु देखि हिजोआज फेसबुक अनि ट्वीटरका भित्ताहरुमा लेखिने शुभेच्छा सम्म, नयाँ वर्षमा आमाले पकाउनुभएको सेलरोटी र काक्राको अचार देखि रेष्टुरेन्टका विविध परीकारहरु अथवा गाउँ, शहरतिर नयाँ वर्षमा आयोजन गरीने मेला होस् या  शहर, विदेश अनि खाडीका मरुभूमीमा घर फर्कन क्यालेण्डरमा रातो धर्का कोर्दै बस्नुभएका औंलाहरुसम्म यो नयाँ वर्षको उत्साह अनि उत्सर्गको कमी नरहोस्… तराईको न्यानो रापले हिमाल गलेर बनेको कञ्चन पानी जनजनमा  मिठो मुस्कान बनेर शितलता प्रदान गरोस्, राजनीतले गालेको नेपालीमन राजनीतिक, सामाजिक अनि नवयूगको फरक चेतले उर्जावान बनेर अब देश माया, प्रेम, सद्भाव, समभाव अनि विश्वासले अघि बढोस्, स्वागत छ यो नयाँ वर्षलाई ।

म पत्रकारको तर्फबाट हजुरहरु सम्पूर्णलाई विश्व महामारी कोरोनालाई पराजित गरी स्वस्थ, समृद्ध र सुरक्षित विश्व निर्माणमा  तपाईं हामी सबैलाई सफलता मिलोस्। काेराेना कहर जन्माएकाे ७६ साल शताब्दी कै कालाे बर्षका रुपमा दर्ज भयाे । भनिन्छ, उज्यालाे हुनु भन्दा केही बेर अघि रातकाे अँध्याराे तुलनात्मक रुपमा घनिभुत हुन्छ । आशा गराैं। २०७७ सालकाे  घाम विश्वमा एउटा सुन्दर विहानी लिएर उदाउने छ । नयाँ बर्ष २०७७ सालकाे हार्दिक  शुभकामना ।

सिफारिस

काठमाडौँबाहेक सबै अदालतबाट रविका अरू मुद्दा फिर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको संगठित अपराधको अभियोग काठमाडौँबाहेकका सबै जिल्लामा फिर्ता लिइएको छ। सोमबार रुपन्देही जिल्ला अदालतले समेत अभियोग फिर्ता...

रहेनन् पूर्वगृहमन्त्री थापा, पशुपतिमा अन्त्येष्टि

पूर्वगृहमन्त्री धर्मबहादुर थापाको निधन भएको छ। पारिवारिक स्रोतका अनुसार उनको शुक्रबार ललितपुरमा निधन भएको हो। दिवङ्गत थापाको अन्त्येष्टि आइतबार काठमाडौंस्थित पशुपति आर्यघाटमा गरिएको जनाइएको...

डोल्पाको प्रसिद्ध बाला त्रिपुरासुन्दरी मन्दिर (तस्वीरहरू)

डोल्पा — नेपाल धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाले समृद्ध देश हो। यिनै सम्पदामध्ये डोल्पा जिल्लाको त्रिपुराकोटमा अवस्थित बाला त्रिपुरासुन्दरी मन्दिर विशेष धार्मिक तथा सांस्कृतिक...

भर्खरै

रहेनन् पूर्वगृहमन्त्री थापा, पशुपतिमा अन्त्येष्टि

पूर्वगृहमन्त्री धर्मबहादुर थापाको निधन भएको छ। पारिवारिक स्रोतका अनुसार...

डोल्पाको प्रसिद्ध बाला त्रिपुरासुन्दरी मन्दिर (तस्वीरहरू)

डोल्पा — नेपाल धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाले समृद्ध...

नयाँ बसपार्क ट्राफिकको सडक सुरक्षा सम्बन्धी एकमहिने सचेतना कार्यक्रम सुरु

काठमाडौं — ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कको आयोजनामा सडक...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा नागार्जुनमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं — नेपालस्थित पाकिस्तान दूतावास र पाकिस्तान–नेपाल एलुम्नी नेटवर्क...

१६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

काठमाडौं - बेलायतका प्रधानमन्त्री स्टार्मरले १६ वर्ष भन्दा कम...

अमेरिका-इरान शान्ति सम्झौतापछि ह्वातै घट्यो तेलको मूल्य

काठमाडौँ – अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि शान्ति...

धेरै पढिएको