काठमाडौँ – अहिले जताततै कोरोना भाइरसले आक्रान्त छ । दिन प्रतिदिन संक्रमित र मृत्यु हुनेको संख्यामा वढोत्तरी भइरहेको छ । संसारको जुनसुकै मुलुकमा भएपनि एउटा नेपालीले आफ्नो देश, आफ्नो परिवार, आफन्त सम्झेर आफु परदेशमा रहेको पीडालाई मनन गरिरहेका छन् । यस्तो अवस्थामा सवै परिवार एकै ठाउंमा रहनु पर्नेमा विरानो देशमा विरानो भई आफ्नो देश सम्झेर वस्नु परेको र जस्तोसुकै भएपनि आफ्नै देशमा जान पाए र वरु आफ्नै देशमा मर्न पाए सन्तोष मिल्ने थियो भन्ने कुरा एउटा परदेशीको वेदना पोखिएको नयाँ गीत ‘सुखद समाचार’ सार्वजनिक गरिएको छ ।
भूपेन्द्र रायमाझीको शब्द, संगीत र संगीत संयोजन रहेको गीतमा गायीका वुनु श्रेष्ठले आवाज भर्नु भएको छ । साथैे गीतमा ध्वनी मुद्रण मिश्रण महेश्वरमान राजभण्डारीको रहेको छ । यस्तो विपतलाई जितेर सवै हांशी खुशी बाच्न पाउँ, अझै नयां वर्षमा सवैमा खुशियाली छाओस् भन्ने जस्ता भावना गीतमा समेटिएको छ । गीतलाई स्टुडियो साउण्ड मिलको अफिसियल युटयुव मार्फत सार्वजनिक गरिएको छ ।
गायीका वुनुले पछिल्लो समय सामाजिक यथार्थ बोकेको गीत गाउँदै आएकी छन्। यसअघि स्वास्थ्यकर्मीहरु, प्रहरी सुरक्षाकर्मीहरु तथा सेनाहरुलाई उनीहरुको सत्कर्मको लागि प्रोत्साहित गर्ने तिमी ‘जन जनमा’ वोलको गीत सार्वजनिक गरिएको थियो।
हेर्नुहोस् भिडियो
