मेयर शाक्यको अपिल : समस्या परे महानगरलाई सम्पर्क गर्नु तर गाउँ नफर्कनु

काठमाडौं – काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले सबै मिलेर महामारी नियन्त्रण गर्नु पर्ने यो संकटको समयमा सहरबाट गाउँ नफर्कन आग्रह गर्दै कुनै समस्या परे महानगरको टोल फ्रि नंंम्बर वा आफू बसेको वडाध्यक्षसँग सम्पर्क गर्न अपिल गरेका छन् । नयाँ बर्षको अवसरमा एक शुभकामना बक्तव्य जारी गर्दै मेयर शाक्यले भन्नुभएको छ — कोरोना भाइरसले ल्याउन सक्ने महामारीविरुद्ध लड्न अहिले हामी सबैजना घरमै लडकडाउनको अबस्थामा छौं । यो समयमा नयाँ बर्षलाई घरमै बसेर उल्लासमय बनाउन र सरकारले जारी गरेको लकडाउनको आदेश पालना गर्न अपिल गर्दछु ।

शुभकामनामा उहाँले महानगरले गरेको कामको उल्लेख गर्दै सहरलाई निसंक्रमण बनाउन स्प्रे गरिएको, फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थालाई नियमित गरिएको, ब्रुमरले सडक बढार्ने काम भएको, सहरमा बसेर हातमुख जोर्ने समस्या भएका परिवारलाई वडाबाट राहत सामाग्री वितरण गरिएको बताउनुभएको छ । अपिलमा उहाँले महानगरबासीको सुख, शान्ति, समृद्धि र दिगो उन्नतिको कामना गर्दै भाइरसको संक्रमणबिरुद्ध लड्न सबैमा हौसला र सहास प्राप्त होस्, महामारीको जोखिमबाट चाँडै मुक्त हुन सकौं भन्ने शुभकामना दिनुभएको छ ।

कोभिडको आशंका भए महानगरले सञ्चालनमा ल्याएको कोभिड निगरानी प्रणाली मोवाइल एप्लिकेसनको प्रयोग गर्न र अस्पताल जान १०२ एम्बुलेन्स सेवाको प्रयोग गर्न समेत आग्रह गरेका छन्  ।

सिफारिस

नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेलमा नेपालको जित (तस्वीरहरू)

चीनको आउँदै गरेको नयाँ वर्षको अवसरमा आज शनिबार दशरथ रंगशालामा नेपाल र चीनबीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ। खेलमा घरेलु टोली नेपालले चीनलाई...

पर्यटक लोभ्याउदै कोन्ज्योसोमको तीन मूर्ति बुद्ध पार्क (तस्वीरहरू)

राजधानी काठमाडौं नजिकै रहेको ललितपुरको कोन्ज्योसोम पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ। हराभरा जंगल, जैविक विविधता, धार्मिक–सांस्कृतिक पहिचान र प्राकृतिक...

नगदेशमा ऐतिहासिक पुलुकिसी नाच (तस्वीरहरू)

भक्तपुर -  नेवाः ऐतिहासिक साँस्कृतिक भजन खलःको आयोजनामा नगदेशमा ऐतिहासिक पुलुकिसी नाच २०८२ आज शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ। परापूर्वकालदेखि जात्राको रूपमा प्रदर्शन...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पर्यटक लोभ्याउदै कोन्ज्योसोमको तीन मूर्ति बुद्ध पार्क (तस्वीरहरू)

राजधानी काठमाडौं नजिकै रहेको ललितपुरको कोन्ज्योसोम पछिल्लो समय आकर्षक...

नगदेशमा ऐतिहासिक पुलुकिसी नाच (तस्वीरहरू)

भक्तपुर -  नेवाः ऐतिहासिक साँस्कृतिक भजन खलःको आयोजनामा नगदेशमा...

शिरोमणि दवाडीलाई उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार

काठमाडौँ - नेपाल पत्रकार मञ्चले प्रदान गर्ने उमाकान्त पौडेल...

कोरिया जान नपाएको भन्दै ईपीएस विद्यार्थीहरूले विरोध प्रर्दशन (तस्विरहरु)

दुई वर्षअघि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियन भाषा...

माघ २४ गते ११औँ प्रधानसेनापति खुला म्याराथन हुने, विजेतालाई कति छ पुरस्कार ?

काठमाडौं - ११औँ प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता–२०८२ आगामी...

 सहायक रेफ्री मरिना धिमाल हवल्दारमा पदोन्नति

फुटबल मैदानमा हातमा झण्डा लिएर अफसाइड र फलको निर्णय...

धेरै पढिएको