मेयर शाक्यको अपिल : समस्या परे महानगरलाई सम्पर्क गर्नु तर गाउँ नफर्कनु

काठमाडौं – काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले सबै मिलेर महामारी नियन्त्रण गर्नु पर्ने यो संकटको समयमा सहरबाट गाउँ नफर्कन आग्रह गर्दै कुनै समस्या परे महानगरको टोल फ्रि नंंम्बर वा आफू बसेको वडाध्यक्षसँग सम्पर्क गर्न अपिल गरेका छन् । नयाँ बर्षको अवसरमा एक शुभकामना बक्तव्य जारी गर्दै मेयर शाक्यले भन्नुभएको छ — कोरोना भाइरसले ल्याउन सक्ने महामारीविरुद्ध लड्न अहिले हामी सबैजना घरमै लडकडाउनको अबस्थामा छौं । यो समयमा नयाँ बर्षलाई घरमै बसेर उल्लासमय बनाउन र सरकारले जारी गरेको लकडाउनको आदेश पालना गर्न अपिल गर्दछु ।

शुभकामनामा उहाँले महानगरले गरेको कामको उल्लेख गर्दै सहरलाई निसंक्रमण बनाउन स्प्रे गरिएको, फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थालाई नियमित गरिएको, ब्रुमरले सडक बढार्ने काम भएको, सहरमा बसेर हातमुख जोर्ने समस्या भएका परिवारलाई वडाबाट राहत सामाग्री वितरण गरिएको बताउनुभएको छ । अपिलमा उहाँले महानगरबासीको सुख, शान्ति, समृद्धि र दिगो उन्नतिको कामना गर्दै भाइरसको संक्रमणबिरुद्ध लड्न सबैमा हौसला र सहास प्राप्त होस्, महामारीको जोखिमबाट चाँडै मुक्त हुन सकौं भन्ने शुभकामना दिनुभएको छ ।

कोभिडको आशंका भए महानगरले सञ्चालनमा ल्याएको कोभिड निगरानी प्रणाली मोवाइल एप्लिकेसनको प्रयोग गर्न र अस्पताल जान १०२ एम्बुलेन्स सेवाको प्रयोग गर्न समेत आग्रह गरेका छन्  ।

सिफारिस

ऊर्जा क्षेत्रमा साना र मझौला आयोजनालाई बेवास्ता नगर्न ऊर्जामन्त्री खड्काको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको दिगो विकासका लागि साना र मझौला जलविद्युत् आयोजना समेतलाई बेवास्ता नगरी प्राथमिकतामा राख्नुपर्ने...

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित फिक्कल डाँडा पर्यटकीय गन्तव्यको रुपमा चर्चा बढ्दै गएको छ। समुद्री सतहबाट २,३८८ मिटरको उचाइमा रहेको...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद अली अल–अन्सारीले आज अपराह्न नेपाली–फिलिपिनी संघ (NFA) का पदाधिकारीहरूलाई कतार दूतावासमा स्वागत गर्नुभयो। शिष्टाचार भेटका क्रममा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद...

सानो सद्भाव, ठूलो प्रभाव: ट्राफिक प्रहरीका लागि शिशिरको प्रेरणादायी पहल

बुटवल — चर्को घाम, धुलो र लगातार गुडिरहने सवारीसाधनबीच...

प्रधानमन्त्री ओलीले गरे खेलकुदका दुईवटा संरचना उद्घाटन (तस्वीरहरू)

ललितपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद...

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने...

धेरै पढिएको