सम्पर्क समितिले स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराउदै

काठमाडौ – नेपाली कांग्रेस रामेछाप काठमाडौं सम्पर्क समितिले रामेछापका सबै स्वास्थ्य संस्थालाई व्यक्तिगत स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराउने भएकाे छ ।

जिल्लाका सबै स्वास्थ्य सस्थामा काेराेना परिक्षणका क्रममा स्वास्थ्यकर्मीले प्रयाेग गर्ने व्यक्तिगत सुरक्षा सामाग्री (पिपिइ) हस्तानतरण गर्न लागिएकाे सम्पर्क समितिका अध्यक्ष राज नारायण श्रेष्ठले जानकारी दिनु भएकाे छ । विश्वभर काेराेना भाइरसकाे महामारी फैलिएकाे बेला नेपालमा पनि काेराेना संक्रमणकाे प्रभाव देखिन सुरु गरिसकेकाे छ । यस्ताे संकटका बेलामा स्वास्थ्य संस्थामा खटिने स्वास्थ्यकर्मीलाई सुरक्षित तवरले काम गर्न सहज हाेस भनेर उक्त सामाग्री उपलब्ध गराउन लागिएको श्रेष्ठले जनाउनु भएकाे छ ।

समितिले जिल्लाका ८ वटै पालिकामा रहेका स्वास्थ्य संस्थाका  लागि ९० थान पिपिइ र ४०० थान सर्जिकल माक्स पठाउँदैछ । जसमा मन्थली नगरपालिकालाई पिपिइ २० थान र माक्स ५० थान उपलब्ध गराउने भएकाे छ । यसैगरी रामेछाप नगरपालिकामा – पिपिइ १४ थान र सर्जिकल माक्स – ५० थान , खाँडादेवी गाउँपालिकामा पिपिइ ११ थान र सर्जिकल माक्स – ५० थान  भने सुनापाती गाउँपालिकामा पिपिइ ९ थान , सर्जिकल माक्स – ५० थानइ उपलब्ध गराउने भएकाे छ । यस्तै दोरम्बा गाउँपालिकामा पिपिइ ९ थान , सर्जिकल माक्स – ५० थान , गोकुलगंगा गाउँपालिकामा पिपिइ ९ थान , सर्जिकल माक्स – ५० थान , लिखुतामाकोशी गाउँपालिका पिपिइ ९ थान , सर्जिकल माक्स ५० थान र उमाकुण्ड गाउँपालिकामा पिपिइ  ९ थान र सर्जिकल माक्स ५० थान उपलब्ध गराउने भएकाे छ ।

सिफारिस

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा तरुल तथा कन्दमूल किन्ने उपभोक्ताको चहलपहल बढेको छ । पर्वलाई लक्षित गर्दै विभिन्न किसिमका तरुलहरू...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

कुलमान घिसिङले दिएको राजीनामा पत्रमा के छ ?

काठमाडाैँ - कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका...

धेरै पढिएको