काठमाडौंको खुला मञ्जमा एकाएक आगोको मुस्लो देखियो। वरपरका मान्छेहरू आगोको मुस्लो देखेपछि आत्तिएका थिए। तर त्यो आगोको मुस्लो आगलागी नभए काठमाडौँ महानगरपालिकाले अग्नि निवारण तथा सडक दुर्घटना उद्धारसम्बन्धी सामूहिक कृत्रिम प्रतिकार्य अभ्यास गरेको थियो ।
आइतबार खुला मञ्जमा एक कार्यक्रम गरी महानगरले अग्निसम्बन्धी दुर्घटनाको अभ्यास प्रदर्शनी गरेको हो । महानगरपालिकाको विपद व्यवस्थापन विभागले ग्यास सिलिन्डरमा, घरमा, भ्यान तथा कार दुर्घटना हुँदा कसरी जोगिने भन्ने सम्बन्धमा अभ्यास प्रदर्शन गरेको हो ।



