सिरहा – प्रहरी टोलीमाथि ढुङ्गा प्रहार गर्ने व्यक्तिलाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।
कोविड-१९) को जोखिम हुन नदिन सरकारले जारी राखेकोे बन्दाबन्दी (लकडाउन) को उल्लङ्घन गरी हिंडडुल गरिरहेका स्थानीयलाई सम्झाउन पुगेको प्रहरी टोलीमाथि सिरहा पटेर्वाका स्थानीयले ढुङ्गामुढा गरेपछि प्रहरी र स्थानीयबीच झडप भएको थियो ।
सो क्रममा ढुङ्गा लागेर चार जना प्रहरी घाइते भएको थिए । प्रहरीले स्थितिलाई नियन्त्रण लिन १२ जना स्थानीयलाई पक्राउ गरेको थियो । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालमा राखेर कानुनी कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
