अब काभ्रेका राजमार्ग हुँदै एक जिल्लाबाट अर्को जिल्लामा हिंडेर जान समेत रोक

काभ्रे – जिल्ला प्रशासन कार्यालय काभ्रेले सुरक्षामा थप कडा गरेको छ । काभ्रे जिल्लामा गरिएको (आरडिटी) द्रुतगतिको परिक्षणमा २ जनामा कोरोना संक्रमणको आशंका गरिएपछि जिल्ला प्रशासन कार्यालयले लकडाउनमा थप कडाई गर्ने भएको हो ।

जिल्ला प्रशासन कार्यालयले एक सुचना जारी गर्दै अब काभ्रेका राजमार्ग हुँदै एक जिल्लाबाट अर्को जिल्लामा हिंडेर जान समेत रोक लगाएको हो ।

जिल्लाको बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकामा एक/एक जनामा कोरोनाको आशंका देखिएपछि उनीहरुलाई मंगलबार थप परिक्षणका लागि धुलिखेल अस्पतालमा पठाइएको छ ।

चैत ११ देखि जारी लकडाउन सरकारले पटक पटक थप्दै लगेपछि काठमाडौंमा अलपत्र परेका मजदुरहरु अरनिको र वीपी राजमार्ग हुँदै पैदल मार्फत नै पूर्वी जिल्लाहरु सिन्धुली, उदयपुर हुँदै इटहरी, विराटनगर, जनकपुर, ओखलढुङ्गा लगायत जानेहरु बढेका छन् । यसै सन्दर्भमा जिल्ला प्रशासन काभ्रेले अब उनीहरुलाई पैदल हुँदै जान नपाउने बताएको हो ।

यति मात्र होइन अब जिल्लाभित्र अनावश्यक रुपमा हिड्डुल गर्नेलाई समेत प्रशासनले सोही स्थानबाट नियन्त्रणमा लिइने जनाएको छ । अत्यावश्यक सेवा बाहेकका सवारी पास नलिएका सवारी साधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइने पनि प्रशासन कार्यालय काभ्रेले जनाएको छ ।

सिफारिस

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि सेताम्मे बनेको छ। हिउँले ढाकिएका पाँचवटा पवित्र पोखरी, आसपासका डाँडाकाँडा तथा हिमाली भूभागको मनमोहक दृश्यले...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता प्रामेज (पिजे) श्रेष्ठले अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटी (एसीयू) को सन् २०२६ को ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सञ्चालन गरेको विशेष...

भर्खरै

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

धेरै पढिएको