घिमिरेको नेतृत्वमा ११ सदस्यीय राष्ट्रिय फोटो पत्रकार समूह रामेछाप शाखा गठन (फोटो फिचर)

रामेछाप – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालको रामेछाप शाखा गठन गरिएको छ । शनिवार एनएफपिजे वागमती प्रदेशका सदस्य नवराज श्रेष्ठको अध्यक्षता, मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यता, राष्ट्रिय फोटो पत्रकार समूहका केन्द्रीय कार्यवाहक महासचिव घनश्याम श्रेष्ठ र कोषाध्यक्ष सागर श्रेष्ठ आतिथ्यतामा भएको प्रथम जिल्ला भेलाले मिलन घिमिरेलाई अध्यक्ष चयन गर्दै ११ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो ।

नवगठित अध्यक्ष मिलन घिमिरेलाई बधाई दिँदै राष्ट्रिय फोटो पत्रकार समूह,नेपालका केन्द्रीय कार्यवहाक महासचिव घनश्याम श्रेष्ठ

नवगठित कार्यसमितिको उपाध्यक्षमा शर्मिला विसुन्खे, सचिवमा राजन महतारा, कोषाध्यक्षमा डोर शकर बरुवाल र सह- सचिवमा राजकुमार श्रेष्ठ सर्वसहमत चयन भएका छन् । त्यस्तै सदस्यहरू प्रशान्त हायू, आरती अछमी, सृजना रोक्का, सृजना रसाइली, प्रविन बयलकोटी र विनीता बुढाथोकी चयन भएका छन् ।

नवगठित कार्यसमितिलाई सपथ खुवाउँदै केन्द्रीय कार्यवहाक महासचिव घनश्याम श्रेष्ठ

प्रमुख अतिथि समेत रहेका मन्थली नगरका प्रमुख लव श्रेष्ठले नगरभित्रका बाहिर आउन नसकेका पर्यटकीय र महत्पूर्ण कुराहरू फोटो पत्रकारले ल्याउनु पर्ने जोड् दिँदै पत्रकारितामा सत्य र तथ्य आवश्यक रहेको धारणा राखे । नगर प्रमुख श्रेष्ठले स्थानीय सरकारले गरेका कामलाई राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो स्पष्ट भनिदिनु पर्ने भन्दै फोटो पत्रकारले नगरको पर्यटकीय स्थलहरूको प्रचारप्रसारमा टेवा पुर्‍याउन सक्नु पर्नेमा जोड दिए ।

कार्यक्रमका प्रमुख अतिथि मन्थली नगरपालिका नगर प्रमुख लव श्रेष्ठलाई मायाको चिनो प्रदान गर्दै केन्द्रीय कार्यवहाक महासचिव घनश्याम श्रेष्ठ

कार्यवाहक महासचिव घनश्याम श्रेष्ठले नवगठित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै रामेछापमा फोटो पत्रकारिताको क्षेत्रमा उत्कृष्ट कार्यहरू गरेर देखाउन निर्देशन दिए । उनले रामेछाप जिल्लामा धेरै पर्यटकीय क्षेत्रहरू रहेको र त्यसलाई फोटोको माध्यमबाट प्रचारप्रसार गर्न त्यसका लागि यहाँका स्थानीय सरकारसंग सहकार्य गरेर काम गर्न सुझाव दिए।

नवगठित कार्यसमितिसंग केन्द्रीय कार्यवहाक महासचिव घनश्याम श्रेष्ठ र कोषाध्यक्ष सागर श्रेष्ठ

समूहका केन्द्रीय कोषाध्यक्ष सागर श्रेष्ठले राष्ट्रिय फोटो पत्रकार समूहको इतिहासदेखि वर्तमान अवस्थामा गर्दै आएका काम, आगामी योजना बारेमा जानकारी गराउँदै नयाँ शाखा (रामेछाप) ले आगामी दिनमा फोटो पत्रकारिताको क्षेत्रमा उल्लेख्य काम गर्ने विश्वास व्यक्त गरे । साथै केन्द्रबाट सक्दो सहयोग गर्ने बचन दिए ।

रामेछाप शाखालाई संस्थाले प्रकाशन गरेको फोटो पुस्तक र बार्षिक भित्तेपात्रो प्रदान गर्दै केन्द्रीय कार्यवहाक महासचिव घनश्याम श्रेष्ठ र कोषाध्यक्ष सागर श्रेष्ठ

त्यस्तै, नवनिर्वाचित अध्यक्ष घिमिरेले आफूलाई अध्यक्ष बनाउन सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिँदै सबैसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता जनाए । समूहको विधि विधान र नीति भित्र रहेर जिल्लाको महत्पूर्ण क्षेत्रहरूको प्रचारप्रसार गर्न यहाँका स्थानीय सरकार र पत्रकार महासंघसंग सहकार्य गरेर काम गर्ने बचनबद्ध गरे ।

शाखा गठनपछि सामूहिक फोटो खिच्दै

कार्यक्रममा  मन्थली नगरपालिकाका नगरप्रमुख लव श्रेष्ठ, राष्ट्रिय फोटो पत्रकार समूहका कार्यवाहक महासचिव घनश्याम श्रेष्ठ, कोषाध्यक्ष सागर श्रेष्ठ,नेपाल पत्रकार महासघ बागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुङ्गेल, पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रि नयाँघरे, आदिवासी जनजाति पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ, राष्ट्रिय फोटो पत्रकार बागमती प्रदेश (सिन्धुली) सदस्य बलवीर भुजेल लगायत जिल्लाका अन्य अग्रज पत्रकारहरू उपस्थिति रहेको थियो ।

पत्रकार महासंघ रामेछाप शाखाका अध्यक्ष बद्रि नयाँघरेलाई फोटो पुस्तक प्रदान गर्दै केन्द्रीय कार्यवहाक महासचिव घनश्याम श्रेष्ठ र कोषाध्यक्ष सागर श्रेष्ठ

सिफारिस

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि सेताम्मे बनेको छ। हिउँले ढाकिएका पाँचवटा पवित्र पोखरी, आसपासका डाँडाकाँडा तथा हिमाली भूभागको मनमोहक दृश्यले...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता प्रामेज (पिजे) श्रेष्ठले अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटी (एसीयू) को सन् २०२६ को ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सञ्चालन गरेको विशेष...

भर्खरै

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

धेरै पढिएको