देशभर ८ हजार ९२९ जनाको र्‍यापिड टेष्ट, पोजेटिभ देखिंदैमा आत्तिनु पर्दैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं – अहिलेसम्म देशभर कुल ८ हजार ९२९ जनाको र्‍यापिड टेष्ट गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सम्भावित कोरोना संक्रमितको स्क्रिनिङका लागि थप ७ जिल्लामा र्‍यापिड डायग्नोस्टिक किटबाट परीक्षण सुरु भएको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको मिडिया ब्रिफिङ १४ जिल्लाबाहेक सबै जिल्लामा र्‍यापिड टेस्ट सुरु गरिएको जानकारी दिएको हो।

हालसम्म झण्डै १६ हजार जनाको कोरोना भाइरसको परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। अहिलेसम्म ८९२९ र पीसीआर विधिबाट ६८७१ वटा गरी कुल १५ हजार ८ सय वटा परीक्षण गरिएको जनाएको हो।

देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा मात्र २८९४ वटा परीक्षण गरिएको छ।

उनका अनुसार प्रदेश नम्बर १ का ७, प्रदेश २ का ३, कर्णाली प्रदेशमा २ र गण्डकी प्रदेश र पाँच नम्बर प्रदेशमा एक–एक जिल्लामा र्‍यापिड टेष्टबाट परीक्षण सुरु गर्न बाँकी छ।

बुधबारसम्म देशभर ५ हजार ६१४ जना क्वारेन्टिनमा रहेका र परीक्षण भएसंगै घट्दै गइरहेको प्रवक्ता देवकोटाको भनाइ छ।

मन्त्रालयकाे अनुसार परीक्षण गरिएकामध्ये अहिलेसम्म १६ जनामा मात्रै काेराेना भाइरस संक्रमणकाे पुष्टि भएकाे छ।

सिफारिस

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

भर्खरै

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

धेरै पढिएको