देशभर ८ हजार ९२९ जनाको र्‍यापिड टेष्ट, पोजेटिभ देखिंदैमा आत्तिनु पर्दैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं – अहिलेसम्म देशभर कुल ८ हजार ९२९ जनाको र्‍यापिड टेष्ट गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सम्भावित कोरोना संक्रमितको स्क्रिनिङका लागि थप ७ जिल्लामा र्‍यापिड डायग्नोस्टिक किटबाट परीक्षण सुरु भएको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको मिडिया ब्रिफिङ १४ जिल्लाबाहेक सबै जिल्लामा र्‍यापिड टेस्ट सुरु गरिएको जानकारी दिएको हो।

हालसम्म झण्डै १६ हजार जनाको कोरोना भाइरसको परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। अहिलेसम्म ८९२९ र पीसीआर विधिबाट ६८७१ वटा गरी कुल १५ हजार ८ सय वटा परीक्षण गरिएको जनाएको हो।

देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा मात्र २८९४ वटा परीक्षण गरिएको छ।

उनका अनुसार प्रदेश नम्बर १ का ७, प्रदेश २ का ३, कर्णाली प्रदेशमा २ र गण्डकी प्रदेश र पाँच नम्बर प्रदेशमा एक–एक जिल्लामा र्‍यापिड टेष्टबाट परीक्षण सुरु गर्न बाँकी छ।

बुधबारसम्म देशभर ५ हजार ६१४ जना क्वारेन्टिनमा रहेका र परीक्षण भएसंगै घट्दै गइरहेको प्रवक्ता देवकोटाको भनाइ छ।

मन्त्रालयकाे अनुसार परीक्षण गरिएकामध्ये अहिलेसम्म १६ जनामा मात्रै काेराेना भाइरस संक्रमणकाे पुष्टि भएकाे छ।

सिफारिस

राष्ट्रिय प्रसारण ग्रिडले पाँच जलविद्युत कम्पनीसँग गर्‍यो कनेक्सन एग्रिमेन्ट

काठमाडौँ - राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँच प्रमुख जलविद्युत प्रवर्द्धक कम्पनीहरू बीच ग्रीड कनेक्शनसम्बन्धी महत्वपूर्ण सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ। आज एक...

एआइजी तामाङको सांगीतिक साँझ, चर्चित गायक गायिकासँगै झुमे दर्शक

काठमाडौंँ - गीतकार तथा अतिरिक्त प्रहरी महानिरीक्षक टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते...

सांसद भगवती चौधरी र फोटो पत्रकार रमिता छुँजु दुबईमा सम्मानित

दुबई- अन्तर्राष्ट्रिय संसदीय दिवसको अवसरमा दुबईमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय महिला संसद सम्मेलन तथा आइकोनिक महिला पुरस्कार २०२५  सम्पन्न भएको छ। नेपालकी नमिता घिमिरेद्वारा स्थापना...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एआइजी तामाङको सांगीतिक साँझ, चर्चित गायक गायिकासँगै झुमे दर्शक

काठमाडौंँ - गीतकार तथा अतिरिक्त प्रहरी महानिरीक्षक टेक तामाङको...

सांसद भगवती चौधरी र फोटो पत्रकार रमिता छुँजु दुबईमा सम्मानित

दुबई- अन्तर्राष्ट्रिय संसदीय दिवसको अवसरमा दुबईमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय...

चीन भ्रमण उपलब्धिमूलक रह्यो : मन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले...

रामेछापको मन्थलीमा स्ववियुद्वारा एकैदिन दुई कार्यक्रम 

रामेछाप — मन्थलीस्थित शहिद स्मृति बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी...

रसुवाको कालिका गाउँपालिकामा भिटोफ-नेपालको रोपाइँ महोत्सव (तस्वीरहरू)

रसुवा — स्थानीय संस्कृति र परम्पराको प्रवर्द्धन गर्ने उद्देश्यले...

संघीय निजामती सेवा विधेयक पारित, घट्यो मुख्यसचिव र सचिवको पदावधि

संघीय निजामती सेवा विधेयक-२०८२ प्रतिनिधिसभाबाट पारित भएको छ। आइतबारको...

धेरै पढिएको