काठमाडौं – कारोना भाइरसको त्रास रहिरहँदा नेपालमा रातमा भुकम्प गएको छ । राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार राति १२ः५५ बजे भुकम्प गएको हो ।
सोलुखुम्बुको दूधकुन्डलाई केन्द्रबिन्दू बनाएर ४.७ रेक्टर स्केलको भुकम्प गएको मापन केन्द्रले जनाएको छ ।
धेरैजसो भने रातको निद्रामा भएकाले यसबाट प्रभावित भएनन् । यसको क्षतिबारे भने कुनै जानकारी आएको छैन ।
यसअघि चैत २० गते बझाङ् केन्द्र भएर ४ रेक्टरको भूकम्प गएको थियो ।

