र्‍यापिड टेस्ट पोजेटिभ आउनु भनेकाे झन् काेरोना निको भएको प्रमाण हो : डा. पाण्डे

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले कोरोना आशंकामा र्‍यापिड टेस्ट (आरडीटी) गर्दा रिपोर्ट पोजेटिभ आउनु भनेकाे झन् रोगसँग लड्ने क्षमता बढेको संकेत भएको बताएका छन्।

त्यसकारण आरडीटी रिपोर्ट पोजेटिभ आउँदा नआत्तिन उनकाे आग्रह छ।

र्‍यापिड टेस्ट मानिसको रोगसँग लड्ने क्षमताको जाँच गर्ने विधि भएको उल्लेख गर्दै डा. पाण्डेले त्यो रिपोर्ट पोजेटिभ आउनु भनेको व्यक्तिको भाइरससँग लड्ने प्रतिरोधात्मक क्षमता बढेको प्रमाण भएको बताएका हुन्।

‘आरडीटी पोजेटिभ आउनु भनेको रोगसँग लड्ने क्षमता वृद्धि भएको प्रमाण हो। ४० दिनपछि पनि आरडीटी पोजेटिभ आएको छ,’ बुधबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा डा. पाण्डेले भने, ‘यो भनेको त्यस व्यक्तिलाई कुनै समय कोभिड-१९ भएको हो तर ऊ अहिले रोग सार्ने अवस्थामा छैन भन्ने संकेत हो।’

उनका अनुसार तैपनि त्यस मानिसमा अहिले भाइरस छ कि छैन भनेर पीसीआर गरी निश्चित गरिन्छ।

‘१४ दिनदेखि २१ दिनसम्म आरडीटी गर्छौं। तर केही दिन पछाडिसम्म पनि गर्न सकिन्छ। २१ दिनपछि आरडीटी पोजेटिभ आयो भने त्यो बिरामीमा रोग सार्ने शक्ति हुँदैन। बरु रोगबाट बच्ने क्षमता बढेको हो,’ उनले भने, ‘त्यस हिसाबले आरडीटी पोजेटिभ आउनेबित्तिकै हामी आत्तिनुपर्ने, भयभीत हुनुपर्ने होइन।’

यस विषयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा डा. पाण्डेले राखेको भनाइ जस्ताको तस्तैः

अब यो जाँचपड्तालको कुरा गर्दा- यो पीसीआर भनेको त सबै नेपालीलाई थाहा भइसक्यो जस्तो लाग्छ। सुरुमा १ दिनदेखि १४ दिनसम्म रोग सर्न सक्ने हुने भएकाले धेरै कोरोना भाइरसको संक्रमण हुन सक्ने भएकाले देखिन सक्ने भएकाले त्यो अवस्थामा हामी रियल टाइम पीसीआर (परीक्षण) भन्छौं गर्छौं।

त्यसपछि चाहिँ हामी र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)। रोगसँग लड्न सक्ने क्षमताचाहिँ यो रोगले जाँच गर्छ। रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता पनि विभिन्न खालको हुन्छ। एउटा आईजीएम हुन्छ अर्को आईजीजी, केही समय पहिलो अवस्थामा चाहिँ आईजीएम बस्छ भने अलि धेरै समयसम्म चाहिँ अर्को एन्टिबडी आईजीजी बस्छ।

यस हिसाबले हामी १४ दिनपछि हामी आरडीटी टेस्ट गर्छौं। जजसको पोजेटिभ आउँछ त्यसलाई हामी पीसीआरले कन्फर्म गर्छौं। त्यहाँ भाइरस छ कि छैन हेर्छौं।

यसमा धेरै मान्छेको चिन्ता देखें मैले। हामीले केही जिल्लामा देख्यौं, आरडीटी पोजेटिभ आएपछि त्यो बिरामीलाई छुन डराउने, एम्बुलेन्समा राख्न पनि नमान्ने, उहाँहरुलाई धेरै गाह्रो भइरहेको छ।

तर आरडीटी पोजेटिभ आउनु भनेको रोगसँग लड्ने क्षमता वृद्धि भएको प्रमाण हो। पछिल्लो अवस्थामा आउँदा। ४० दिनपछि पनि आरडीटी पोजेटिभ आएको छ। यो भनेको त्यस व्यक्तिलाई कुनै समय कोभिड १९ भएको हो तर उहाँ अहिले रोग सार्ने अवस्थामा हुनुहुन्न।

त्यसैले आरडीटी पोजेटिभ आउँदैमा उसलाई फरक व्यवहार गर्नु हुँदैन। उसले रोग सार्छ भन्ने सोच्नु भएन। तैपनि त्यस्ता व्यक्तिलाई उचित व्यवस्थापन, आरडीटी पोजेटिभ आइसकेपछि फेरि पीसीआरको टेस्ट गर्छौं र कन्फर्म गर्छौं कि यो व्यक्ति अहिले रोग सार्ने अवस्थामा हुनुहुन्न।

त्यसकारण यहाँहरुलाई के सुनिश्चित हुन आग्रह गर्छौं भने १४ दिनदेखि २१ दिनसम्म आरडीटी गर्छौं। तर केही दिन पछाडिसम्म पनि गर्न सकिन्छ। २१ दिनपछि आरडीटी पोजेटिभ आयो भने त्यो बिरामीमा रोग सार्ने शक्ति हुँदैन। रोगबाट बच्ने क्षमता बढेको हो। त्यसकारण आरडीटी पोजेटिभ आउनेबित्तिकै हामी आत्तिनुपर्ने, भयभीत हुनुपर्ने होइन। तर पनि मेरो विशेष अनुरोध के छ भने हामी टेस्ट गरौं।

लुकाएर राख्यौं भने आफूलाई मात्र होइन। आफ्नो परिवारलाई मात्र होइन, समाज र देशलाई नै गाह्रो हुन्छ। त्यसैले कसैलाई समस्या छ भने हाम्रा कल सेन्टर छन् अन्य माध्यम पनि छन्, त्यसबाट सम्पर्क गरौं र देशभर जारी टेस्टमा सहभागी होऔं। कोभिड १९ बाट कसैको पनि मृत्यु हुन नदिने वातारवरण बनाऔं। योभन्दा संक्रमण बढ्न नदिऔं।

सिफारिस

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर, बर्दिबासमा सञ्चालन भएको चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गत असोज २० गतेदेखि सञ्चालन...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास तथा प्रतियोगिता ‘एक्सरसाइज क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक हासिल गरेको छ। बेलायतको वेल्सस्थित ब्रेकनमा असोज...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। नेपाल...

भर्खरै

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका...

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ...

सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ लोकार्पण

काठमाडौं - लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’...

धेरै पढिएको