लकडाउनका बेला

जगन्नाथ शर्मा (टीका)

मलाई आजभोली
शैलुङको लालिगुरॉस टिपेर कानमा सिउरिन मन छ ।
तामेको रंगिन गुरॉसघारीमा पसेर नुम्बुर चिहाउन मन छ ।
भालुखोपको टावर चढेर सिन्धुलीगढीको विरता नियाल्न मन छ ।
सुनापति डॉडाबाट भुर्रर उडेर नेपालथोक झर्न मन छ ।

मलाई आजभोली
दोरम्बाको होमस्टेमा स्थानीय परिकार चपाउन मन छ ।
रस्नालुको चियाबारी भित्र त्यसैत्यसै हराउन मन छ ।
जटापोखरी र पाँचपोखरीमा चुप्लुक्क डुब्न मन छ ।
तामा र सुनकोशीको निलो पानीमा डुङ्गा खेलाउन मन छ ।

मलाई आजभोली
ताराखसेका सल्लाको सुसेली सगसगैं गुन् गुनाउन मन छ ।
थलारीमा उभिएर आकाशबाट सूर्य खसेको हेर्न मन छ ।
अग्लेश्वरीमा वसेर पलाञ्चोक र कालिञ्चोक पुकार्न मन छ ।
खॉडादेविमा पसेर कोरोना सकियोस भनेर भाकल गर्न मन छ ।

सिफारिस

असार लागेसँगै रोपाइँमा व्यस्त फर्पिंङका किसान (तस्वीरहरू)

काठमाडौँ — असारको सुरुवातसँगै रोपाईंको चहलपहल सुरु भएको छ। वर्षाले भिजेको खेत, हिलोमा खुट्टा गाडेर धान रोपिरहेका किसान, र पृष्ठभूमिमा गुन्जिरहेको असारे भाकाले नेपाली...

मौसम: यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही...

टी–२० शृंखला : नेपालसँग स्कटल्यान्ड पराजित

काठमाडौँ — नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२० अन्तर्राष्ट्रिय (T20I) सिरिजमा पहिलो जित दर्ता गरेको छ। मंगलबार डन्डीस्थित टिटवुड मैदानमा भएको तेस्रो खेलमा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मौसम: यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

टी–२० शृंखला : नेपालसँग स्कटल्यान्ड पराजित

काठमाडौँ — नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२०...

मन्त्रालय मातहत भएका कामको प्रगति सन्तोषजनक छैन, लक्ष्य भेट्ने गरि काम गर्नुस् : उर्जामन्त्री खड्का

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले मन्त्रालय...

चर्चित गायक मनोज गुरुङको नयाँ गीत “फूलको डोलिमा” सार्वजनिक

काठमाडौँ – नेपाली संगीत क्षेत्रका अनुभवी तथा लोकप्रिय गायक...

 यातायात व्यवसायी सरोज सिटौला कांग्रेस प्रवेश

काठमाडौँ - नेपालका चर्चित यातायात व्यवसायी सरोज सिटौला नेपाली...

ब्राइट करियर ट्रेनिङ सेन्टरद्वारा बर्दघाटमा पहिलोपटक मन्टेश्वरी तथा इसिडी तालिम 

बर्दघाट, नवलपरासी — बर्दघाटस्थित ब्राइट करियर ट्रेनिङ सेन्टर प्रा....

धेरै पढिएको