काठमाडौँ – शुक्रबार देशका केही स्थानको मौसममा बदली भई पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पूर्वी र पश्चिमी भूभागका स्थानमा बदली भई मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको छ ।
आज दिउँसोपछि देशको पश्विमी भुभागका केहि स्थानमा पानी पर्ने मौसमविद्ले जनाएका छन् । त्यस्तै आज राति पनि देशको पहाडी भूभागका केहि स्थानमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ भने अन्य स्थानमा सामान्यतया सफा रहने जनाइएको छ ।