नेपालमा थप १४ जनामा कोरोना पोजेटिभ

काठमाडौं – नेपालमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण रिपोर्ट पोजेटिभ देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार उदयपुरमा १२ र चितवनमा २ गरी १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको हो ।

मन्त्रालयले सामाजिक सञ्जाल मार्फत उदयपुरका १२ जना पुरुष, चितवनमा एक पुरुष र महिलामा कोरोना संक्रमणका रिपोर्ट पोजेटिभ देखिएको पुष्टि गरेको हो । उनीहरुको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसअघि उदयपुरका १२ जनाको विराटनगरस्थित कोशी अस्पताल र चितवनका २ जनाको चितवनमा गरिएको परीक्षणमा पनि कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि थप परीक्षणका लागि टेकुमा पठाइएको थियो । टेकुमा परीक्षणका क्रममा पनि सबैको पोजेटिभ रिपोर्ट आएपछि मन्त्रालयले उनीहरुका विषयमा जानकारी सार्वजनिक गरेको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको