काठमाडौँ – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) को काठमाडौँ जिल्लाको सह–सचिव पदमा प्राप्ती मल्लले उम्मेदवारी घोषणा गरेकी छिन् ।
यही भदौँ २७ गते काठमाडौँमा आयोजना हुन गइरहेको आठौँ जिल्ला अधिवेशनमा मल्लले सह–सचिव पदमा उम्मेदवारी घोषणा गरेकी हुन् ।
उनले काठमाडौँको टोखामा स्मल स्टेप्स स्कुल संचालन गर्दै आएकी छन । उनी विगत एक दशकदेखि शिक्षाको क्षेत्रमा अनवरत रुपमा कार्यरत छिन् ।
उनीसँग नेशनल प्याब्सन जिल्ला कार्यसमितिमा बसेर काम गरेको समेत अनुभव छ ।