रामेछाप – ज्वरो आई रामेछाप अस्पतालमा पुगेका मन्थली नगरपालिका १ का एक युवकको कोरोना संग संकास्पद लक्ष्यण देखिएकाले निजको स्वाब परिक्षणका लागि आज धुलिखेल अस्पताल पठाइएको छ ।
शनिबार विहान तामाकोशी अस्पतालले ति युवकलाई जिल्ला अस्पतालको आईसुलेसनमा पठाएको थियो । मन्थलीबाट कतै बाहिर नगएका उनिमा बाहिरबाट आएका मानिसहरुको सम्पर्कका कारण संक्रमण भएको हुन सक्ने भन्दै स्वाब परिक्षणका लागि पठाइएको हो । जिल्ला अस्पताल रामेछापका डाक्टर आनन्द आचार्यका अनुसार निजको रगतबाट आरडिटी गर्दा कोरोना नेगेटिभ रिपोर्ट आएको छ ।
आरडिटीमा नेगेटिभ आउदैमा त्यसैलाई अन्तिम रिपोर्ट मान्न नसकिने भएकाले स्वाब परिक्षणका लागि पठाइएको हो । स्वाबको रिपोर्ट आएपछि हामी ढुक्क हुने अवस्था आउछ डा. आचार्यले भने – त्यतिन्जेल सम्म केहि भन्न सकिदैन । आचार्यका अनुसार संक्रमणको आशंका गरिएका युवकको रामेछाप अस्पतालको आईसुलेसनमा राखेर उपचार भइरहेको छ ।
यसै विच शनिबार अपरान्ह सम्म रामेछापका विभिन्न स्थानीय तहमा गरीएको आरडिटि परिक्षणमा कुसैलाई पनि कोरोना पोजेटिभ देखिएको छैन । मन्थली र रामेछाप नगरपालिकाका अतिरिक्त गोकुलगंगा, लिखु तामाकोशी रसुनापति गाउंपालिका गरी कुल १ सय २ जनाको आरडिटी टेष्ट गरिएकोमा सवै रिपोर्ट नेगेटिभ आएको जिज्ला स्वास्थ्य प्रमुख जितेन्द्र कर्णले वताए ।
