काठमाडौं – नेपालमा थप एक जना कोरोना संक्रमित ब्यक्ति भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ६५ वर्षका एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यो संगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३१ पुगेको छ ।
मन्त्रालयले ठेगाना नखुलाए पनि एकजना ६५ वर्षीय पुरुषमा शनिबार कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ। मन्त्रालयका अनुसार कोरोना संक्रमितमध्ये तीनजना निको भएर घर फर्किएका छन् भने २८ जना अझै अस्पतालमा उपचाररत छन्।