८ हजार लिटर पेट्रोलमा ५ सय लिटर पानी मिसावट

काठमाडौं – इन्धन ढुवानी गर्ने ट्याङकर चालकले ८ हजार लिटर पेट्रोलमा ५ सय लिटर पानी मिसावट गरेको पाइएको छ । थानकोट डिपोबाट शुक्रबार पेट्रोल बोकेर आएका ना४ ख ३१५६ नम्बरका ट्याङकर चालक सागर कार्कीले पेट्रोलमा पानी मिसावट गरेको भेटिएको हो ।

‘ट्याङकर शुक्रबार बसुन्धारामा रहेको प्रहरीको महालक्ष्मी आयल स्टोरमा पुर्‍याइएको थियो।

‘प्रहरीले उक्त पेट्रोल शनिबार बिहान परीक्षण गर्दा पानी मिसावट गरेको देखियो,’ थानकोट डिपो प्रमुख प्रदिप यादवले भने, ‘प्रहरीले खबर गरेपछि पम्पमा पुग्यौ। पेट्रोल परीक्षण गर्दा ८ हजार लिटर पेट्रोलमा करिब ५ सय लिटर पानी मिसावट गरेको देखियो।’

उक्त नम्बरको ट्याङकर वीरगन्जका ट्रान्सपोर्टर कुलबन्त सिंहको हो। पेट्रोलमा पानी मिसावट गरेको पाइएपछि प्रहरीले चालकलाई प्रक्राउ गरेर मुद्दा चलाउन सम्बन्धित निकायलाई पत्रचार गरिसकेको छ।

‘पेट्रोलमा पानी मिसिदैन। चालकले तेल बिक्री गरेर पानी मिसाएको देखियो,’ डिपो प्रमुख यादवले भने, ‘चालकलाई कारबाही गर्न प्रहरीले पत्रचार गरिसकेको छ।’ कान्तिपुर दैनिकमा खबर छ ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको