८ हजार लिटर पेट्रोलमा ५ सय लिटर पानी मिसावट

काठमाडौं – इन्धन ढुवानी गर्ने ट्याङकर चालकले ८ हजार लिटर पेट्रोलमा ५ सय लिटर पानी मिसावट गरेको पाइएको छ । थानकोट डिपोबाट शुक्रबार पेट्रोल बोकेर आएका ना४ ख ३१५६ नम्बरका ट्याङकर चालक सागर कार्कीले पेट्रोलमा पानी मिसावट गरेको भेटिएको हो ।

‘ट्याङकर शुक्रबार बसुन्धारामा रहेको प्रहरीको महालक्ष्मी आयल स्टोरमा पुर्‍याइएको थियो।

‘प्रहरीले उक्त पेट्रोल शनिबार बिहान परीक्षण गर्दा पानी मिसावट गरेको देखियो,’ थानकोट डिपो प्रमुख प्रदिप यादवले भने, ‘प्रहरीले खबर गरेपछि पम्पमा पुग्यौ। पेट्रोल परीक्षण गर्दा ८ हजार लिटर पेट्रोलमा करिब ५ सय लिटर पानी मिसावट गरेको देखियो।’

उक्त नम्बरको ट्याङकर वीरगन्जका ट्रान्सपोर्टर कुलबन्त सिंहको हो। पेट्रोलमा पानी मिसावट गरेको पाइएपछि प्रहरीले चालकलाई प्रक्राउ गरेर मुद्दा चलाउन सम्बन्धित निकायलाई पत्रचार गरिसकेको छ।

‘पेट्रोलमा पानी मिसिदैन। चालकले तेल बिक्री गरेर पानी मिसाएको देखियो,’ डिपो प्रमुख यादवले भने, ‘चालकलाई कारबाही गर्न प्रहरीले पत्रचार गरिसकेको छ।’ कान्तिपुर दैनिकमा खबर छ ।

सिफारिस

नेपाल मोबाइल वितरक संघको दशौँ साधारण सभा सम्पन्न

काठमाडौँ -नेपाल मोबाइल वितरक संघको दशौँ वार्षिक साधारण सभा आइतबार काठमाडौँको एभरेस्ट होटलमा सम्पन्न भएको छ।संघका केन्द्रीय अध्यक्ष रघु त्रिपाठीको अध्यक्षतामा सम्पन्न सभामा नेपाल...

प्रधान सेनापतिद्वारा पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ : नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले पदोन्नति भएका उपरथी तथा महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ। २०८३ भदौ ५ गतेदेखि उपरथी...

आहा ! मनमोहक रसुवाको भाङ्गे झरना (तस्वीरहरू)

रसुवा – सडकको एकछेउ त्रिशूली नदी आफ्नै वेगमा सुसाइरहेको छ । अर्कोपट्टि अग्लो भीरबाट कलकल गर्दै झरेको पानी, वरिपरिको हरियाली र शीतल वातावरणले रसुवाको...

भर्खरै

प्रधान सेनापतिद्वारा पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ : नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

आहा ! मनमोहक रसुवाको भाङ्गे झरना (तस्वीरहरू)

रसुवा – सडकको एकछेउ त्रिशूली नदी आफ्नै वेगमा सुसाइरहेको...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता सुरु

काठमाडौं - स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलको आयोजनामा ८औँ...

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व...

धेरै पढिएको