शिवहरीसँग फन्टुस सम्वादः कोमल वलीलाई खोजिदिएँ मिल्दो वर !

शिवहरी पौडेल अहिले टेलिभिजन र स्टेजमा जमेका हाँस्य कलाकार हुन् । लामो समय नेपाल टेलिभिजनबाट प्रशारित हाँस्य टेलिश्रृङ्खला ‘जिरे खुर्सानी’मा निर्देशन र अभिनय गरेका पौडेल अहिले टेलिश्रृङ्खला ‘ब्रेकफेल’मा ब्यस्त छन् ।

उनै कलाकार पौडेलसँग हामीले यसपटक अलिकति फरक कुराकानी गरेका छौं । उनलाई केही काल्पनिक र फन्टुस प्रश्न सोध्यौं, जसले उनले त्यस्तै शैलीमा जवाफ दिए । प्रस्तुत छ, उक्त सवाल–जवाफ:-

भगवानसँग तीन बरदान माग्नुपर्दा के माग्नुहुन्छ ?

सबैभन्दा पहिला त नेतालाई सद्बुद्धी देउ भन्छु । जनतालाई पनि अनुशासित बनाउनु जरुरी छ । त्यो पनि माग गर्छु । अन्तिममा म आफैंलाई पनि अनुशासित बनाइदेउ भनेर भन्छु ।

तपाई प्रधानमन्त्री बन्नुभयो भने उपप्रधानमन्त्री कसलाई बनाउनु हुन्छ ?

आफ्नै श्रीमतीलाई बनाउँछु नि । अहिलेका नेताभन्दा उनी नै योग्य छिन् ।

बाटोमा हिँड्दा एक सयको नोट आचीमा लट्पटिएको भेटनुभयो भने ?

हजार घटी टिप्दिनँ । अहिलेको जमानामा एक सयले के आउँछ र ?

सरकारले हप्तामा एकदिन नाङ्गै बस्न पर्ने नियम बनायो भने ?

सबैले नाङ्गै बस्न पर्ने भो भने म पनि बस्दिन्छु । मैले मात्रै आपत्ति जनाउनुपर्ने के छ र ? एक्लै चाँही बस्दिनँ ।

अर्काको श्रीमतीलाई लिएर साताब्यापी चन्द्रमा भ्रमण गर्नुपर्ने प्याकेजको चिट्ठा तपाईलाई पर्‍यो भने ?

पहिलोचोटि चन्द्रमा त्यो पनि सित्तैमा जान पाउँदा त आफ्नै श्रीमतीलाई लानुपर्ने हो । तर, अरु कसैको श्रीमती नै लानुपर्ने हो भने फेसबुकतिर सर्च गरेर खोज्छु । भेटिएला ।

बिहान उठेर ऐना हेर्दा छातीमा स्तन पलाएको देख्नु भो भने ?

ब्रा किन्न दौडिन्थेँ ।

मार्क जुगरबर्ग नजन्मिएको भए संसार कस्तो हुन्थ्यो होला ?

धेरैको घरबार बिग्रनबाट बच्ने थियो ।

सरकारले तपाईलाई एक साता चुम्मा माफ गरिदियो भने क–कसलाई खानुहुन्छ ?

घरकालाई चुम्मा खान कसैले नियम बनाउनै परेन । साताव्यापी प्याकेज घोषणा गर्‍यो भने किरण दाई, मदन दाई र हरिवंश दाईलाई चुम्मा गर्छु । महिलाहरुलाई गर्दिन, नत्र घरमा दह्रो भेटिन्छ ।

कम्युनिष्ट सरकार आएपछि रुन प्रतिबन्ध लाग्यो भने ?

हाम्रै बजार बढ्छ । झन् गज्जब ।

तपाई कलाकार नभएर पहलमान भएको भए कोसँग भिड्नुहुन्थ्यो ?

नेपालको कानूनसँग भिड्थे । सार्‍है फितलो छ हाम्रो मुलुकको कानुन, त्यसैले सजिलै पछार्न सक्छु ।

नेपालले विश्वकप फुटबलको उपाधि जित्यो भने कसरी सेलिब्रेट गर्नुहुन्छ ?

केको सेलीब्रेट गर्नु । खुशीले मुर्छै पर्छु होला ।

कोमल वलीलाई मिल्दो वर को हुन सक्छ ?

यो उमेरमा फस्र्ट ह्याण्ड पाउन त गार्‍है होला । कताकति भेटिन पनि सक्छन् । बरु हाम्रै किरण दाई (किरण केसी) सँग जोडी मिल्छ ।

तपाईले दखेको सबैभन्दा हाँसो उठ्दो मान्छे ?

आज विदा भएका प्रधानमन्त्री जस्तो हाँसो उठ्दो मान्छे मैले अरु देख्या छैन ।

मरेर भूत हुनु भयो भने कोकोलाई तर्साउनुहुन्थ्यो ?

फिल्म लाइनमा ६/७ जना छन् तर्साउनुपर्ने, नाम खोल्दिनँ ।

पशुपतिका बाँदर र तपाईबीच के फरक छ ?

त्यो हाम्रो पूर्खा हो । पशुपतिको बाँदरसँग हाम्रो इतिहास छ । मसँग बर्तमान छ । म अलि आधुनिक छु ।

सिफारिस

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज प्रतियोगिता एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को विजेताले २० लाख रुपैयाँ नगद...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’ सिजन–५ को फाइनलमा प्रवेश गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। चीनको साङ्घाईस्थित...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा चीनतर्फको बाँध फुटेर आएको भीषण बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि स्वस्तिश्री गुरुकुल आई.बी....

भर्खरै

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

रसुवा बाढी प्रभावितको उद्धारमा १५ हेलिकप्टर परिचालन, ९७ जनाको उद्धार (तस्वीरहरू)

काठमाडौं - रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका लागि...

किंग्स टी–१० सिजन–२ को उपाधि रोयल स्पोर्ट्स पार्क ब्लूलाई

काठमाडौं : किङ्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन–२ को उपाधि...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय फुटसल: रातो बंगला, जेम्स, राई र लोयल्टीले उचाले उपाधि

८ औँ एसजी सिनियर अन्तरविद्यालय फुटसल प्रतियोगिता २०२६ सम्पन्न...

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा...

धेरै पढिएको