नेपालमा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाे जल तथा मौसम विज्ञान विभान, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

अहिले बिहान देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने माैसमविद्ले जानकारी दिएका छन् ।

महाशाखाका अनुसार देशको पहाडी भू-भागको केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रही कोशी र मधेश प्रदेशसहित देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बिहान ६ बजे जारी गरेकाे सूचनामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here