१ मतले एमाले बागमती कमिटी सचिव बने पूर्वएआईजी नवराज सिलवाल

काठमाडौँ – पूर्वएआईजीसमेत रहेका नवराज सिलवाल नेकपा एमाले बागमती प्रदेश कमिटीको सचिवमा १ मत धेरै ल्याएर विजयी भएका छन्।

अध्यक्षमा पराजित कृष्णप्रसाद दाहालको प्यानलबाट उठेका सिलवालले ५६८ मत ल्याउँदै प्रदेश सचिव पद पक्का गरेका हुन्।

प्रतिनिधिसभाका पूर्वसांसदसमेत रहेका उनले प्रदेश कमिटी अध्यक्षमा विजयी कैलाश ढुंगेल प्यानलका हस्तबहादुर पण्डितलाई केबल १ मतको झिनो अन्तरले हराएका छन्।

उता अध्यक्षमा विजयी कैलाशप्रसाद ढुङ्गेल ६९६ मत ल्याउँदा पराजित दाहालले ४३९ मत मात्रै पाए।

उपाध्यक्षमा भने ढुंगेल प्यानलका दावादोर्जे लामा विजयी भए। सचिवमा ५६८ मतसहित सिलवाल विजयी हुँदा पण्डितको पक्षमा ५६७ मत पर्‍यो।

खुल्ला उपसचिवमा ढुंगेल प्यानलका विजयी हुँदा महिला उपसचिवमा दाहाल प्यानलकी भक्तकुमारी लामाले जित निकालेकी छन्।

सिफारिस

भुटान पुगेका पूर्वराजा ज्ञानेन्द्रलाई विमानस्थलमा ‘रेड कार्पेट’सहितको स्वागत

निजी भ्रमणका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाह भुटान पुगेका छन्। ५ सदस्यीय टोलीसहित पूर्वराजा शाह बिहीबार भुटान गएका हुन्। उनलाई राजधानी थिम्पुमा राजकुमारीले स्वागत गरेकी छिन्।...

बीपी राजमार्ग दशैंअघि खुल्ला ? मन्त्रालयले दियो यस्तो जवाफ

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्ग दशैं अगाडि पूर्णरुपमा सञ्चालन हुन नसक्ने जनाएको छ । बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले बीपी राजमार्गको...

मिथिलामा ‘दशहरा’ पर्व सुरु

महोत्तरी– प्राचीन मिथिलाक्षेत्रमा ‘दशहरा’ पर्व सुरु भएको छ । मिथिलामा शारदीय नवरात्र र दशहरा भनिने बडादशैँ पर्वको पहिलो दिन आज महोत्तरीसहितका यस क्षेत्रमा कलश...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बीपी राजमार्ग दशैंअघि खुल्ला ? मन्त्रालयले दियो यस्तो जवाफ

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्ग दशैं...

मिथिलामा ‘दशहरा’ पर्व सुरु

महोत्तरी– प्राचीन मिथिलाक्षेत्रमा ‘दशहरा’ पर्व सुरु भएको छ ।...

त्रिदेशीय टी-२० क्रिकेट: ओमानविरुद्ध नेपालको शानदार जित

क्यानडा – कप्तान रोहित पौडेलको अलराउण्ड प्रदर्शनमा नेपालले ओमानविरुद्ध...

सुरु भयो दशैं, आज घटस्थापना

काठमाडौं – प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने...

फेरि देशभर मनसुनी वायु सक्रिय : कोशी र बागमतीमा भारी वर्षा

काठमाडौं – देशभर मनसुनी वायुको प्रभावले विभिन्न ठाउँमा पानी...

टी–२० सिरिज: घरेलु टोली क्यानडासँग नेपाल पराजित

ओमानसम्मिलित त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाली...

धेरै पढिएको