काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह,नेपाल र एजिङ नेपालको आयोजनामा आज ललितपुरको पाटन दरबार स्क्वायरमा ‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी गरिने भएको छ ।
अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा सक्रिय जेष्ठ नागरिकको ६० वटा १२/१८ को तस्वीरहरू प्रदर्शनीमा राखिने छ । आज बिहान ११ बजदेखि ५ बजेसम्म राखिने प्रदर्शनीमा जेष्ठ नागरिकको दैनिकी, जेष्ठ नागरिकको मिहिनेत, सफलता, पारिवारिक खुशी, संघर्ष तथा सफलता झल्कने तस्वीरहरू अवलोकन गर्न सकिनेछ ।
प्रदर्शनीमा राखिने तस्वीरहरु्रले नयाँ पुस्तामा उत्साह तथा उमंग जगाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । साथै, जेष्ठ नागरिकहरुमा नैरास्यता तथा दुःखीपन हटउन मद्दत गर्ने छ ।
एजिङ नेपाल जेष्ठ नागरिकको हक अधिकार तथा न्यायको निम्ति काम गर्ने संस्था हो भने राष्ट्रिय फोटो पत्रकार समूहमा देशभरका फोटो पत्रकारहरुको साझा संस्था हो ।
राष्ट्रिय फोटो पत्रकार समूहले यस अघि विभिन्न स्थानहरुमा बालबालिकाको फोटो तथा पर्यटन प्रवर्धनका फोटोहरु प्रदर्शनी गर्दै आएको छ ।