मौसम: आज यी पाँच प्रदेशमा भारी वर्षा हुने

काठमाडौँ – हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

साथै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

रातिपनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ।

आज राति कोशी, मधेश र बागमती प्रदेशका केहि स्थानहरु र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

The web
रातिपनि कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

सिफारिस

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

सरकारले आज र भोलि (वैशाख ६ र ७ गते) बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत स्वास्थ्य तथा जनसख्या...

कस्तो रहला आजको मौसम ?

यतिबेला (बिहीबार बिहान) सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली र देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। मौसमविद्का...

आज रामनवमी पर्व, देशैभरी सार्वजनिक बिदा

आज रामनवमी पर्व मनाइँदैछ। हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा आराधना गरेर यो पर्व मनाउने गर्छन्। रामनवमी पर्वको अवसरमा सरकारले आज देशैभरी सार्वजनिक बिदा दिएको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कस्तो रहला आजको मौसम ?

यतिबेला (बिहीबार बिहान) सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश...

आज रामनवमी पर्व, देशैभरी सार्वजनिक बिदा

आज रामनवमी पर्व मनाइँदैछ। हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा...

आज यी स्थानमा हावाहुरी र चट्याङसहित वर्षा हुने

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशीक प्रभाव...

सुरू भयो सेतो मच्छिन्द्रनाथको रथयात्रा, यस्तो देखियो पहिलो दिन (तस्वीरहरू)

काठमाडौं - जनबहाःद्यः (सेतो मच्छिन्द्रनाथ) को रथ जात्रा मंगलबारबाट...

आज देशका धेरै भूभागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको...

आज चैते दशैं, गण्डकीमा सार्वजनिक बिदा

पोखरा  गण्डकी प्रदेश सरकारले चैते दशैंको अवसरमा आज प्रदेशभर...

धेरै पढिएको