सशस्त्रमा काज सम्बन्धी नयाँ मापदण्ड, चाकडी गर्नेका दिन गए

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले कर्मचारीहरूको काज सम्बन्धी नयाँ मापदण्ड बनाएको छ।

काज सम्बन्धी नयाँ मापदण्ड तयार गरी कार्यान्वयन गर्न देशभरका इकाइहरूमा सोमबार परिपत्र गरेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

व्यक्तिगत स्वार्थका कारण आफू अनुकूल कार्यालयमा काज कार्यरत रहने प्रवृत्तिलाई निरूत्साहित गर्न मापदण्ड तयार गरिएको डिएसपी थापाले बताए।

समस्या परेमा सशस्त्र प्रहरी कर्मचारीहरूले आफूलाई पायक पर्ने कार्यालयमा काज सरूवाका लागि निवेदन दिनसक्ने र समस्यालाई मध्यनजरमा राख्दै ६ महिनासम्म मात्रै काज स्वीकृत गरिने पनि मापदण्डमा उल्लेख छ।
६ महिना भन्दा बढी काज बस्नेलाई कबुलियतनामाको फाराम भरी दस्तखत गर्नुपर्ने भनिएको छ। उक्त समयअवधि सकेपछि भने कर्मचारीहरू दरबन्दी रहेको कार्यालयमा अनिवार्य रूपमा हाजिर हुनुपर्ने पनि सशस्त्र प्रहरीले जनाएको छ।

तोकिएको समयमा हाजिर नभए कबुलियतनामा फाराममा उल्लेख भएका कल्याणकारी सेवा सुविधा, अनपोल तथा एफपियु मिशन, विदेश तालिम तथा अन्य निकायबाट संचालन हुने तालिम, कमान्ड लगायत सुविधाबाट वञ्चित हुनुपर्ने डिएसपी थापाले बताए।

उनका अनुसार कर्मचारीहरूलाई वृत्तिविकास अन्तर्गत बढुवामा प्रत्यक्ष असर पर्ने गरी वार्सिक कार्यसम्पादन र चुनौतीपूर्ण वा विशेष जिम्मेवारी बापतको मूल्यांकन अंक कम मात्रामा दिइनेछ।

हाल काजमा कार्यरत रहेका कर्मचारीहरूलाई नयाँ मापदण्ड अनुसार असोज २२ गतेदेखि लागु हुने गरी ६ महिना अवधि दिनेछ। त्यसपछि तोकिएको दरबन्दीमा अनिवार्य हाजिर हुनुपर्ने सशस्त्र प्रहरीले जनाएको छ।

अस्थायी कार्यालयहरूमा संगठनले आवश्यक ठानी काज खटाइएका तथा स्वास्थ्य, संचार तथा इन्जिनियरिङ, लेखा, कानुन एवं प्राविधिक समूहतर्फका कर्मचारीहरूलाई आवश्यकता अनुसार काज खटाई कामकाज गर्न सक्ने छन्। सो सेवा तथा समूहभित्रका कर्मचारीहरूले भने कबुलियतनामा फाराम भर्नुपर्ने छैन।

एक पटक काजको सुविधा लिइसकेका कर्मचारीले कम्तिमा २ वर्षसम्म काजको अर्को सुविधा प्राप्त गर्ने छैनन्।

कबुलियतनामा सर्तको समयावधिको विवरण ६/६ महिनामा अद्यावधिक गरी प्रधान कार्यालय अन्तर्गतको कल्याणकारी सेवा केन्द्र, युएन मिशन शाखा, तालिम शाखा, कर्मचारी प्रशासन शाखा, सामान्य प्रशासन शाखामा अनिवार्य जानकारी गराउन समेत भनिएको छ।

सिफारिस

टि२० विश्वकप छनोट: नेपालद्वारा जापान ५ विकेटले पराजित

टि२० विश्वकप छनोट अन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई ५ विकेटले पराजित गर्दै सुपर सिक्समा २ अंक जोडेको छ । यस हारले जापान...

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले आफ्नो सांसदकालमा प्राप्त कूटनीतिक राहदानी फिर्ता गरेका छन्। बिहीबार राहदानी विभाग पुगेर ढकालका स्वकीय सचिव जितेन्द्र...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले परम्परागत चोक्ते नारायणको जात्रा मनाएका छन्। उल्टो रथमा देवतालाई राखेर परिक्रमा गराउने अनौठो चलनका कारण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले...

आइयूसीएनको रिजनल काउन्सिलरमा नेपालकी रोशनी पाठकको एकल उम्मेदवारी

काठमाडौँ - अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) को साउथ...

बलराम पुडासैनीको वर पिपलु बोलको गीत सार्वजनिक

हेटौंडा - गायक एवम् पत्रकार बलराम पुडासैनीको वर पिपलु...

कहाँ गए यी १८ प्रहरी जवान ? ७ दिनभित्र हाजिर नभए जागिर चैट

काठमाडौँ - प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्क बाहिर रहेका...

स्वम्भूबाट देखिएको काठमाडौं (तस्वीरहरू)

शुक्रबार र शनिबारको अविरल वर्षापछि आज(सोमबार)काठमाडौंको मौसम खुलेको छ...

धेरै पढिएको