सशस्त्रमा काज सम्बन्धी नयाँ मापदण्ड, चाकडी गर्नेका दिन गए

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले कर्मचारीहरूको काज सम्बन्धी नयाँ मापदण्ड बनाएको छ।

काज सम्बन्धी नयाँ मापदण्ड तयार गरी कार्यान्वयन गर्न देशभरका इकाइहरूमा सोमबार परिपत्र गरेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

व्यक्तिगत स्वार्थका कारण आफू अनुकूल कार्यालयमा काज कार्यरत रहने प्रवृत्तिलाई निरूत्साहित गर्न मापदण्ड तयार गरिएको डिएसपी थापाले बताए।

समस्या परेमा सशस्त्र प्रहरी कर्मचारीहरूले आफूलाई पायक पर्ने कार्यालयमा काज सरूवाका लागि निवेदन दिनसक्ने र समस्यालाई मध्यनजरमा राख्दै ६ महिनासम्म मात्रै काज स्वीकृत गरिने पनि मापदण्डमा उल्लेख छ।
६ महिना भन्दा बढी काज बस्नेलाई कबुलियतनामाको फाराम भरी दस्तखत गर्नुपर्ने भनिएको छ। उक्त समयअवधि सकेपछि भने कर्मचारीहरू दरबन्दी रहेको कार्यालयमा अनिवार्य रूपमा हाजिर हुनुपर्ने पनि सशस्त्र प्रहरीले जनाएको छ।

तोकिएको समयमा हाजिर नभए कबुलियतनामा फाराममा उल्लेख भएका कल्याणकारी सेवा सुविधा, अनपोल तथा एफपियु मिशन, विदेश तालिम तथा अन्य निकायबाट संचालन हुने तालिम, कमान्ड लगायत सुविधाबाट वञ्चित हुनुपर्ने डिएसपी थापाले बताए।

उनका अनुसार कर्मचारीहरूलाई वृत्तिविकास अन्तर्गत बढुवामा प्रत्यक्ष असर पर्ने गरी वार्सिक कार्यसम्पादन र चुनौतीपूर्ण वा विशेष जिम्मेवारी बापतको मूल्यांकन अंक कम मात्रामा दिइनेछ।

हाल काजमा कार्यरत रहेका कर्मचारीहरूलाई नयाँ मापदण्ड अनुसार असोज २२ गतेदेखि लागु हुने गरी ६ महिना अवधि दिनेछ। त्यसपछि तोकिएको दरबन्दीमा अनिवार्य हाजिर हुनुपर्ने सशस्त्र प्रहरीले जनाएको छ।

अस्थायी कार्यालयहरूमा संगठनले आवश्यक ठानी काज खटाइएका तथा स्वास्थ्य, संचार तथा इन्जिनियरिङ, लेखा, कानुन एवं प्राविधिक समूहतर्फका कर्मचारीहरूलाई आवश्यकता अनुसार काज खटाई कामकाज गर्न सक्ने छन्। सो सेवा तथा समूहभित्रका कर्मचारीहरूले भने कबुलियतनामा फाराम भर्नुपर्ने छैन।

एक पटक काजको सुविधा लिइसकेका कर्मचारीले कम्तिमा २ वर्षसम्म काजको अर्को सुविधा प्राप्त गर्ने छैनन्।

कबुलियतनामा सर्तको समयावधिको विवरण ६/६ महिनामा अद्यावधिक गरी प्रधान कार्यालय अन्तर्गतको कल्याणकारी सेवा केन्द्र, युएन मिशन शाखा, तालिम शाखा, कर्मचारी प्रशासन शाखा, सामान्य प्रशासन शाखामा अनिवार्य जानकारी गराउन समेत भनिएको छ।

सिफारिस

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त उपसमितिले खानी तथा भूगर्भ विभागमा स्थलगत अनुगमन तथा अन्तरक्रिया गर्दै नेपालको खानी क्षेत्रलाई उत्पादन, उद्योग,...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार...

भर्खरै

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धान खेती: हरितगृह ग्याँस उत्सर्जन तथा जलवायु परिवर्तन

आज असार-१५, अर्थात् राष्ट्रिय धान दिवस । नेपालको खाद्य...

बाली एक, जोखिम अनेक: चपेटामा ग्रामीण धान किसान

किसानले परिवारको पेट मात्रै पाल्दैनन्, सिंगो समाजको खाद्य सुरक्षाको...

धेरै पढिएको