धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भाव कायम राख्न गगन थापाको अपिल

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले धार्मिक, सामाजिक तथा सांस्कृतिक सहअस्तित्व र सद्भाव कायम राख्न अपिल गरेका छन् । उनले विगत केही समयदेखि देशका विभिन्न भागमा धार्मिक, सामाजिक, सांस्कृतिक तथा जातीय सहअस्तित्व, सहिष्णुता तथा सद्भाव भड्काउने खालका अवाञ्छित र रहस्यमय गतिविधि भएको प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत अपिल जारी गर्दै उनले भनेका छन्, ‘धार्मिक, सामाजिक, सांस्कृतिक तथा जातीय सहअस्तित्व, सहिष्णुता तथा सद्भाव भड्काएर सामाजिक विद्वेष तथा घृणा फैलाउने कुत्सित अभिष्टले सामाजिक सञ्जालमा भ्रामक, कपोलकल्पित, उत्तेजक र द्वेषपूर्ण विचार व्यक्त गरेको कारणले हिजोदेखि नेपालगञ्जमा कर्फ्यु जारी गर्नुपरेको छ, जुन गम्भीर चिन्ताको विषय हो ।’

हाम्रो देश नेपाल बहुधार्मिक, बहुसांस्कृतिक, बहुजातीय तथा बहुभाषिक राष्ट्र भएको भन्दै थापाले आफ्नो धार्मिक तथा सांस्कृतिक आस्थाअनुसार धर्म र संस्कृति अनुसरण तथा अभ्यास गर्ने स्वतन्त्रता हरेक नेपाली नागरिकलाई रहेको स्मरण गराएका छन् । उनले भनेका छन्, ‘यो मौलिक अधिकारलाई नेपालको संविधानले समेत पूर्ण प्रत्याभूति गरेको छ ।’

विश्व शान्तिका प्रतीक भगवान गौतम बुद्धको जन्मभूमि तथा शान्तिभूमि नेपालबाट हामीले विश्वलाई शान्ति, सहिष्णुता, सद्भाव र सहअस्तित्वको सन्देश प्रवाह गर्दै आएका भन्दै थापाले यो गौरवमय पहिचान र परम्परालाई कायम राख्नुपर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘त्यसैले हाम्रो देश नेपाल र हामी नेपालीको मौलिक र गौरवमय पहिचान, परम्परा र स्वभावविपरीत धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भाव भड्काउने अवाञ्छित क्रियाकलापप्रति सचेत हुँदै शान्ति, सहिष्णुता तथा सहअस्तित्वको सन्देश प्रवाह गर्न सबै धार्मिक, सांस्कृतिक तथा जातीय समुदायप्रति विनम्रतापूर्वक हार्दिक अपिल गर्दछु ।’

सिफारिस

घट्यो कुखुराको मासुको मूल्य

काठमाडौँ - देशभर कुखुराको मासुको मूल्य घटेको छ । साउन लागेसँगै मासु खपत घटेकाले मासुको मूल्य प्रतिकिलो ८० रुपैयाँले घटेको हो । असारमा ४२० रुपैयाँ...

रामदत्त जोशी एआईजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका डीआईजी रामदत्त जोशी एआईजीमा बढुवा सिफारिस भएका छन्। आइतबार बेलुका बसेको बढुवा समितिको बैठकले जोशीलाई बढुवा गर्न सिफारिस गरेको हो। जोशी त्रिभुवन अन्तर्राष्ट्रिय...

आज यी प्रदेशमा ठूलो वर्षा हुने, सतर्क रहन आग्रह

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रामदत्त जोशी एआईजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका डीआईजी रामदत्त जोशी एआईजीमा बढुवा सिफारिस भएका...

आज यी प्रदेशमा ठूलो वर्षा हुने, सतर्क रहन आग्रह

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

खेतमा धान गोड्न व्यस्त किसान (तस्वीरहरू)

अहिले देशभरका किसान खेतमा छन् । रोपाईं सकिएपछि किसान...

संसदमा पुष्पलाललाई सम्झँदा पुष्पकमल उच्चारण गरेपछि…

काठमाडौं - प्रतिनिधिसभाका सांसद किरणकुमार साहले नेपाल कम्युनिस्ट पार्टीका...

अमेरिकी राष्ट्रपतिको दौडबाट पछि हटे बाइडेन, कमलालाई समर्थन

अमेरिकी राष्ट्रपति जो बाइडेन आफ्नो उम्मेदवारीबाट पछि हटेका छन्...

काठमाडौंमा भारी वर्षा, कस्तो रहला दिनभरको मौसम ?

काठमाडौँ– पछिल्लो एक घण्टा काठमाडौंको सुन्दरीजल, कपन र आसपास...

धेरै पढिएको