मौसम: आज पनि यी प्रदेशमा मेघ गर्जन र चट्याङ्सहित वर्षा हुने

आजदेखि मौसममा क्रमिक सुधार हुने जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। मनसुन बहिर्गमनमा ढिलाइ हुँदा काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा केही दिनदेखि झरी परेको थियो।

नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्र (मौसमी प्रणाली)को प्रभाव रहेको छ। भारतको सिक्किमलगायत राज्यमा यसैका कारण भारी वर्षा भइरहेको छ। त्यसकै प्रभावले भारी वर्षादेखि लगातार झरी परिरहेको थियो।

आजबाट नेपालमा उक्त प्रणालीको प्रभाव कमजोर भई मौसममा क्रमिक सुधार आउने मौसमविद् गोविन्द झाले  जानकारी दिए।

उनका अनुसार ‍पछिल्लो १ घन्टामा मुलुका कुनै पनि स्थानमा पानी परेको छैन। काठमाडौं उपत्यकामा पनि रातिदेखि नै मौसममा सुधार हुँदै आइरहेको छ।

‘ उपत्यकामा दिउँसो ‍छिटफुट वर्षाको सम्भावना छ तर हिजो अस्तिजस्तो ठूलो पानी पर्ने देखिँदैन,’ उनले भने।

काठमाडौं उपत्यकामा केही दिनयताको झरीले चिसो महसुश गरिएको थियो। अब मौसममा सुधार हुने भएकाले तापक्रम पनि बढ्ने मौसमविद् झाले जानकारी दिए।

‘मौसम पूर्ण नखुलेपनि घाम देखिन्छ,’ उनले भने। अहिले कोशी र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहने महाशाखाको प्रक्षेपण छ।

त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ।

मनसुन तत्काल बाहिरिने सम्भावना नरहेको पनि मौसमविद् झाले जानकारी दिए।

सिफारिस

नेपालमा अनलाइन दुर्व्यवहारका घटना बढ्दै, डिजिटल शिक्षाको आवश्यकता‌

काठमाडौं - इन्टरनेटको पहुँच विस्तार तथा सामाजिक सञ्जालको व्यापक प्रयोगसँगै नेपालमा अनलाइन दुर्व्यवहारजन्य अपराधका घटनाहरू बढ्दै गएका छन् । सरोकारवाला तथा सञ्चारकर्मीहरूले यस्ता घटनाहरू...

चुङ्बा शेर्पाको सम्मानमा सरकारले फोटो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रम स्थापना गर्ने

काठमाडौं – प्रसिद्ध वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको योगदानलाई सम्मान गर्दै नेपाल सरकारले फोटो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रम स्थापना गर्ने घोषणा गरेको छ। बिहीबार राजधानीमा...

भारतको उर्जा सप्ताहमा भाग लिएर स्वदेश फर्किए उर्जामन्त्री खड्का 

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का ‘इण्डिया इनर्जी विक–२०२५’ मा भाग लिएर स्वदेश फर्किएका छन्  । भारतको राजधानी नयाँदिल्लीमा फ्रेबुअरी ११ देखि...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

चुङ्बा शेर्पाको सम्मानमा सरकारले फोटो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रम स्थापना गर्ने

काठमाडौं – प्रसिद्ध वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको योगदानलाई सम्मान...

भारतको उर्जा सप्ताहमा भाग लिएर स्वदेश फर्किए उर्जामन्त्री खड्का 

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का ‘इण्डिया...

तस्वीरमा हेर्नुस् रारा रिसोर्ट शिलान्यास

काठमाडौँ - मुगुको रारामा निर्माण हुने ‘रारा रिसोर्ट’ को...

हेलम्बु गाउँपालिकामा ‘निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर’ हुँदै

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा 'निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर' हुने भएको...

आज विश्व रेडियो दिवस

काठमाडौँ - आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक...

कस्तो रहला आज देशभरको मौसम?

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला...

धेरै पढिएको