गुन्डा नाइके रिगललाई आममाफी दिने निर्णयमा गगन थापाले मागे सरकारको जवाफ

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गुन्डा नाइके रिगल भनिने योग ढकाललाई आममाफी दिने निर्णयमा सरकारको जवाफ माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै गलत निर्णय भएकाले त्यसको जवाफ दिनुपर्ने बताए।

उनले भने, ‘निर्णय गलत भएकाले विरोध भएको छ। अहिले त्यो मुद्दा अदालतमा पनि पुगेको छ। सदनमा पनि कुरा उठेकाले सरकारले सदनमा उभिएर कारण बताउँनुपर्छ। सदनको फेश गर्नुपर्छ। निर्णय आफू गरेर भाग्न पाइँदैन। सार्वजनिक प्रश्न उठेपछि जवाफ दिर्नुपर्छ।’

आममाफीको बिषयमा कानूनको अपव्याख्या भएको हुँदा संशोधन र परिमार्जन गरेर कसैले कानूनको अपव्याख्या गर्न‘पर्ने बताए। उनले सत्ता हुँदा एउटा प्रतिपक्षमा हुँदा अर्को कुरा नगर्ने विपक्षी दललाई पनि आग्रह गरे।

कांग्रेसका महामन्त्रीसमेत रहेका थापाले प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै कानुनका छिद्र प्रयोग गर्दै आममाफी दिने प्रवृत्ति रोक्नुपर्ने बताएका हुन्।

‘संविधानसभाले बनाएको संविधान, संविधानले बनाएको कानुन र ती कानुन अहिले अपव्याख्या भएकोले हाम्रो काँधमा कानुन बनाउने जिम्मेवारी आएको छ,’ उनले भने, ‘आममाफीको निर्णय गलत छ। सदनदेखि सडकसम्म विरोध भएको छ। विषय अदालतमा पनि पुगेको छ। सरकारले यसको कारण सदनलाई जानकारी गराउनुपर्छ।’

सरकार जवाफदेही हुनुपर्ने उनले बताए। ‘निर्णय गरेर सरकार भाग्न पाउँदैन,’ उनले भने, ‘यसको जवाफ चाहिन्छ। किन गरेको हो? यत्रो सार्वजिनक प्रश्न उठेको छ।’

उनले आममाफी दिन सक्नेछ भन्ने विषयलाई नियमजस्तो बनाइएकोमा पनि आपत्ति जनाएका छन्। ‘अब दुई वा तीन वटा कानुनमा टेकेर आममाफी दिन नपाइने बनाउनुपर्छ। छिद्र टाल्नुपर्छ। एउटा कानुनमा टेकेर मात्र दिने व्यवस्था गर्नुपर्छ। कानुनको अपव्याख्या भएको र स्वेच्छाचारी बढेकोले सबै कानुन फिर्ता ल्याएर एकीकृत गरी संशोधनसहित अपव्याख्या हुन नसक्ने गरी कानुन सांसदहरूले बनाउनुपर्छ,’ उनले भने।

कानुन बनाएन भने फागुन ७ मा फेरि यस्तै आममाफीका घटना आउने र पटकपटक छलफल गरिराख्नुपर्ने पनि उनले बताए।

‘यो सन्दर्भमा सरकारलाई जवाफ देऊ र प्रष्ट पार र कानुन एकीकृत गर भनेर सभामुखले रूलिङ गर्नुपर्छ,’ उनले भने, ‘राज्यसँग वैधानिक अधिकार छ तर प्रयोग राम्रोसँग गरेन भने नागरिकको वैद्यता गुमाउँछ।’

सरकारले कानुन मिच्न र विधिको उपहास गर्न नपाउने उनले बताए। ‘हामीले बनाएको कानुनको अपव्याख्या र दुरूपयोग भएकोले सच्याउनुपर्छ,’ उनले भने, ‘जुन बेला जसलाई माफी दिनुपर्ने छ, टपक्क टिपेर, कुनैबेला मुलुकी फौजदारी सहिंता, कुनैबेला कसुर, निलम्बन भइसकेको कारागार नियमावली र अदालत आदेश मात्रै पनि टिपेर आममाफी दिइएको छ।’

कानुनमा लेखिए पनि प्रक्रिया नपुर्‍याई कसैलाई आममाफी दिन नमिल्ने थापाले बताए। फरक समयमा फरक कानुन टेक्दै आममाफीका निर्णय हुने गरेको अध्ययनबाट पाइएको उनले बताए। उनले समस्याको जरामै पुगेर समाधान खोज्नुपर्ने बताएका छन्।

०७५ सालदेखि ०८० असोज ३ सम्म छ हजार सात सय ४६ जनाले आममाफी पाएको थापाले बताए।

सिफारिस

प्रहरी महानिरीक्षकबाट प्रहरीको महिला भलिबल टोलीलाई विदाइ

काठमाडौं- माल्दिभ्समा भदौ ३० देखि असोज ५ गतेसम्म हुन गइरहेको काभा वुमन्स भलिबल क्लब च्याम्पियनसिपमा सहभागी हुने नेपाल प्रहरीको महिला टोलीलाई नेपाल प्रहरीले शुभकामना...

सार्वजनिक भयो विश्व रेकर्ड राख्न सफल हरिगोपाल प्रधानको गीतको भिडियो

काठमाडौं - वरिष्ठ फोटो पत्रकार तथा गीतकार हरिगोपाल प्रधानको ‘सरर बग्यो हावा’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।  विश्व कीर्तिमानी गीतको म्युजिक भिडियो...

नयाँ मापदण्ड अन्तर्गत पर्ने घर कुनै भात्किदैन : बालेन

काठमाडौं– काठमाडौं महानगरका मेयर बालेन शाहले सर्वोच्च अदालतले आदेश गरेको नयाँ मापदण्डको विषयमा महानगरलाई गाली गरेर न्याय नपाउने स्पष्ट गरेका छन् । सामाजिक सञ्जालमा पोष्ट...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सार्वजनिक भयो विश्व रेकर्ड राख्न सफल हरिगोपाल प्रधानको गीतको भिडियो

काठमाडौं - वरिष्ठ फोटो पत्रकार तथा गीतकार हरिगोपाल प्रधानको...

नयाँ मापदण्ड अन्तर्गत पर्ने घर कुनै भात्किदैन : बालेन

काठमाडौं– काठमाडौं महानगरका मेयर बालेन शाहले सर्वोच्च अदालतले आदेश...

सम्पादक समाज पदयात्रा गर्दै शिवपुरीको लौके झरना पुग्दा … (तस्वीरहरू)

शिवपुरी - सम्पादक समाज नेपालले ‘जलवायु परिवर्तनका प्रभावहरू न्यूनीकरणका...

भक्तपुरमा तिजको रौनक (तस्वीरहरू)

काठमाडौं- आज हरितालिका (तीज) पर्व महादेवको पूजा आराधना गरी...

मिथिलाञ्चल क्षेत्रमा चौरचन पर्वको रौनक

धनुषा – जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा अहिले चौरचन पर्वको...

आज हरितालिका तीज : यस्तो छ धार्मिक विश्वास

आज हरितालिका (तीज) पर्व मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिनमा...

धेरै पढिएको