नेपालले यी तीन क्षेत्रको सदुपयोग गर्नसके आर्थिक विकासमा कसैले रोक्न सक्दैन

काठमाडौँ – जापानी केन्द्रीय बैंक, बैंक अफ जापानका पूर्वगभर्नर हारुहिको कुरोदाले नेपालको अर्थतन्त्रमा केही चुनौति रहेपनि आर्थिक वृद्धिको ठूलो सम्भावना रहेको जनाएका छन् । काठमाडौँको दरबारमार्गमा आयोजित पत्रकार सम्मेलनमा एसियाली विकास बैंकका पूर्वअध्यक्षसमेत रहेका कुरोदाले नेपाली अर्थतन्त्रमा केही समस्या रहेपनि आर्थिक वृद्धिको ठूलो सम्भावना रहेको जनाएका हुन् ।

१० वर्षअघि पनि नेपाल भ्रमणमा आएको स्मरण गर्दै पूर्वगभर्नर कुरोदाले यस १० वर्षको अवधिमा नेपालको अर्थतन्त्रमा आफूले ठूलो परिवर्तन महसुस गरेको जनाए । ‘पछिल्लो १० वर्षमा नेपालको आर्थिक विकासबाट म प्रभावित भएको छु, तर यहाँ आर्थिक विकसको अझै प्रचुर सम्भावना छ ।’ उनले भने ।

उनले नेपालको अर्थतन्त्रका तीन वटा क्षेत्रमा आफूले सम्भावना देखेको जनाए । उनले नेपालमा मानव स्रोत, जलस्रोत र पर्यावरणीय स्रोत प्रचुर रहेको भन्दै यस्ता स्रोतको सदुपयोग गर्नसके नेपालमा आर्थिक विकास हुने जिकिर गरे । उनले नेपालमा अझै धेरै चुनौति रहेको उल्लेख गर्दै नेपाल सरकार र यहाँको राजनीतिक नेतृत्वले त्यसबारे ध्यान दिनेमा आफू विश्वस्त रहेको बताए । नेपाल भ्रमणका क्रममा आफूले यहाँका अर्थशास्त्रीहरु, राजनीतिक नेताहरु एवम् सरोकारवालाहरुसँग भेटघाट गरेको र अर्थतन्त्रबारे छलफल गरेको उनले जानकारी दिए ।

पत्रकार सम्मेलनका क्रममा उनले नेपालले धेरै ऋण लिनुअघि सावधान हुनुपर्ने जिकिर गरे । जापानमा कूल ग्राहस्थ उत्पादन (जीडीपी) र ऋणको अनुपात २६३ प्रतिशत रहेको उल्लेख गर्दै चालु खाता बचतमा रहेकाले जापानलाई ऋण लिन सहज भएको उनको भनाइ छ । तर नेपालको चालु खाता घाटामा रहेकाले ऋण लिनुअघि सावधानी अपनाउनुपर्ने उनको तर्क छ । ‘जापानको चालु खाता ठूलो नाफामा छ । यस प्रकारको बचतले जापान सरकारलाई ऋण लिन सहज भएको छ ।’ उनले भने, ‘मेरो विचारमा थप ऋण लिनुअघि नेपाल सचेत हुनुपर्छ । ऋण नै लिनुपर्ने अवस्था भएपनि एसियाली विकास बैंक र विश्व बैंकजस्ता संस्थाबाट सहुलियतपूर्ण ऋण लिनुपर्छ ।’

पत्रकार सम्मेलनमा एसियाली विकास बैंकका पूर्वउपाध्यक्ष विन्दुनाथ लोहनीले पूर्वगभर्नर कुरोदालाई नेपालमा स्वागत गर्न पाउँदा आफू खुशी भएको जनाए । उनले पूर्वगभर्नर कुरोदाले नेपाली अर्थतन्त्रलाई आशावादी दृष्टिकोणले हेरेको भन्दै यसबाट आफू प्रभावित भएको उल्लेख गरे । उनले राजनीतिक नेतृत्वको ध्यान आर्थिक वृद्धि तथा युवाहरुको विकास एवम् रोजगारीमा केन्द्रित हुनुपर्ने भन्दै नेपालमा सूचना प्रविधिजस्ता क्षेत्रको ठूलो सम्भावना रहेको र निजीस्तरबाट लगानी गरेर यस क्षेत्रमा युवाहरुलाई परिचालन गर्नुपर्ने जिकिर गरे ।

सिफारिस

कुलमानलाई पदमुक्त गर्दा मन्त्रिपरिषद्ले लिएको १० प्रमुख आधार र कारणहरू

काठमाडौ - नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको छ। उक्त निर्णयका पछाडि विभिन्न प्रशासनिक, कानुनी, नीति-नियम...

उज्ज्वल कोइराला नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको सदस्यमा मनोनित

काठमाडौँ – नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको सदस्यमा इन्जिनीयर उज्ज्वल कोइराला मनोनित हुनुभएको छ। कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७...

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ घोषणा, के-के छन् मापदण्ड ?

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले ‘राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८२’ को अवसरमा आयोजना गरिने ‘५ औं राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२५’ आयोजना गर्ने...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उज्ज्वल कोइराला नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको सदस्यमा मनोनित

काठमाडौँ – नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको...

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ घोषणा, के-के छन् मापदण्ड ?

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले ‘राष्ट्रिय...

बारबरा फाउन्डेसनद्वारा खोजमूलक पत्रकारिता फेलोसिपको घोषणा

काठमाडौं - भ्रष्टाचार, सुशासन, वातावरणीय परिवर्तन, स्वास्थ्य, शिक्षा तथा...

मध्यपुर थिमि नगरपालिका मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कारबाट सम्मानित

काठमाडौं - वातावरण, संस्कृति, र पर्यटन प्रवर्द्धनमा उत्कृष्ट कार्य...

काठमाण्डू लिजेन्ड्सले ‘जिरी मेनिया २०२५’ आयोजना गर्दै

काठमाडौँ - नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले...

आजदेखि एसईई, देशभरबाट पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा...

धेरै पढिएको