आज यस्ता विधि गर्दै जितिया पर्व सकिँदै

काठमाडौँ – हिन्दू पात्रोअनुसार असोज कृष्ण पक्षको अष्टमीदेखि नवमीसम्म मनाइने जितिया पर्व आज सकिँदैछ । बिहीबारदेखि सुरु भएको यो पर्व आज विहान पूरा हुन लागेको हो ।

ज्यातिषशास्त्रअनुसार महिलाले सन्तानको दीर्घायु र समृद्धिका लागि जितिया व्रत बस्ने गर्दछ । यो व्रत बस्दा सन्तान प्राप्तिका साथै सन्तानलाई दुःख, पीडा र समस्याबाट जोगाउँछ भन्ने विश्वास गरिन्छ । जितियालाई जीवितपुत्रिका व्रत पनि भनिन्छ ।

महिलाहरु व्रतको विधि पालना गर्दै बिहीबार नजिकैको पोखरी तथा तलाउमा नुहाएर घिरौलाको पातमा, तोरीको तेल, सिन्दूर, तोरीको पीना (खैर), मेहन्दीको पात, फूलआदि चढाएर विधिपूर्वक नहाय खाय गरेका छन् ।

उपवासको पूर्वसन्ध्यामा मध्यरातमा खाने खाना दही च्युउरासँगै माछा र मरुवा अनिवार्य खाने चलन छ । शुक्रबार बिहान ४ बजेवाट निराहार बसी शनिबार विहान १० बजेपछि नवमी तिथी प्रारम्भ भएसँगै उपवास तोडेपछि जितिया व्रत सम्पन्न हुने जनकपुरधामकी व्रतालु महिला गीता देवी झाले बताइन्।

थारू समुदायमा विशेष मानिने जितियाको उपवास बस्ने महिलाहरू सन्तान तथा सौभाग्य समृद्धिको निम्ती जिमुतवाहन देवतालाई समर्पण गरी फलफूलले डाली भर्ने कथा सुन्ने गरिन्छ ।

शनिबार विहानै पुनः केराको पातमा दही च्यूउरा, फलफूल चढाएपछि घिरौलाको पातबाट शुरू भएको जितिया केराको पातमा गएर सम्पन गरिने चलन रहँदै आएको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरकी व्रतालु अनिता यादवको भनाइ छ ।

सिफारिस

क्रिकेट खेलाडीले अब मासिक एक लाख तलब पाउने

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरूको तलब बढाएको छ। शनिबार र सोमबार बसेको क्यान कार्यसमिति बैठकले खेलाडीहरुलाई नयाँ वर्गीकरण गर्दै तलब...

लिटिल क्लाईम्बर्स स्कुलमा अबाकस प्रतियोगीता, स्मरण पौडेल बने प्रथम

काठमाडौं - काठमाडौंको नागर्जुन नगरपालिका २ मा रहेको लिटिल क्लाईम्बर्स इङ्ग्लिस सेकेन्डरी स्कुलमा स्कुल लेवल अबाकस प्रतियोगीता सम्पन्न भएको छ । अभिभावक र विद्यार्थीको...

लिटिल क्लाईम्बर्समा अबाकस, राष्ट्रिय ट्रफी उचालेरै छाड्ने दाउ

काठमाडौं । काठमाडौंको नागर्जुन नगरपालिका २ मा रहेको लिटिल क्लाईम्बर्स इङ्ग्लिस सेकेन्डरी स्कुलमा स्कुल लेवल अबाकस प्रतियोगीता सम्पन्न भएको छ । अभिभावक र विद्यार्थीको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

लिटिल क्लाईम्बर्स स्कुलमा अबाकस प्रतियोगीता, स्मरण पौडेल बने प्रथम

काठमाडौं - काठमाडौंको नागर्जुन नगरपालिका २ मा रहेको लिटिल...

लिटिल क्लाईम्बर्समा अबाकस, राष्ट्रिय ट्रफी उचालेरै छाड्ने दाउ

काठमाडौं । काठमाडौंको नागर्जुन नगरपालिका २ मा रहेको लिटिल...

फुट्सल प्रतियोगिता आयोजना गर्दै एनएफपिजे, आफ्नो टिम बनाउन थाल्यो प्रशिक्षण

काठमाडौँ -  राष्ट्रिय फोटो पत्रकार समूह,नेपाल (एनएफपिजे)ले आगामी चैत्र...

पत्रकार शाक्य र गौतममाथि दुर्व्यवहार गर्ने प्रहरीलाई तत्काल कारबाही गर्न पत्रकार महासंघको माग

काठमाडौँ - नेपाल पत्रकार महासंघले समाचार सङ्कलनका क्रममा नेप्लिज...

राष्ट्रिय फाेटाे पत्रकार समूह दोलखा शाखाकाे अध्यक्षमा प्रलाद आचार्य

दोलखा – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालको दोलखा...

सूचना विभागको कार्ड पैसाले किन्ने प्रहरीको धम्की, परिचयपत्र खोसेर पत्रकारमाथि धरपकड

काठमाडौं - कालिमाटी प्रहरी वृत्तबाट खटिएका सुरक्षाकर्मीहरुले पत्रकारमाथि दुव्र्यवहार...

धेरै पढिएको