२ अर्ब १५ करोड रुपैयाँ लगानीमा पैदल मार्ग सुधार गर्दै बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाले पैदल मार्गलाई यात्रुमैत्री बनाउन यस वर्ष २ अर्ब १५ करोड रुपैयाँ लगानी गरेर निर्माण, मर्मत तथा सुधारको काम गर्दैछ। यसका लागि सबैजसो सडक खण्डको लागत अनुमान तयार भइसकेको छ। निर्माण कार्यका लागि जारी सूचनाबाट आएका र छनौट भएका केही निर्माण व्यवसायीसँग सम्झौता भइसकेको छ। मापदण्ड र निर्माण पक्षको क्षमताजस्ता प्राविधिक पक्षबाट काम हुन नसक्ने देखिएपछि केही सडकको पुनः बोलपत्रको सूचना भएको छ। केही सार्वजनिक सूचना प्रकाशनको चरणमा छन्।

पैदल यात्रा गर्ने यात्रीको सहजताका लागि गएको आर्थिक वर्षबाट थालिएको कामलाई यस वर्ष थप तीव्र बनाइएको हो। सार्वजनिक निर्माण विभागले पैदल मार्गको संरचना निर्माण तथा सुधारका लागि काम गरिरहेको छ। यसअन्तर्गत मार्गमा रंगीन ब्लकहरु छापिनेछन्। दरबारमार्ग क्षेत्रमा भने ग्रेनाइट छापिनेछ।

सार्वजनिक निर्माण विभागका अनुसार, वडा-२९ को पुतलीसडक, अनामनगरलगायत क्षेत्रमा यस अघि काम भइसकेको छ। अहिले वडा-२६ लैनचौरबाट वडा-१६ सोह्रखुट्टे हुँदै बालाजुसम्मको सडक किनारा दुवैतर्फ काम भइरहेको छ। यसको लागत ४ करोड ५५ लाख रुपैयाँ हो। वडा-२६ लैनचौरबाट वडा-२ को लाजिम्पाट, वडा-३ को महाराजगञ्ज हुँदै चक्रपथसम्मको खण्डको कामका लागि सम्झौता भइसकेको छ।

यसको लागत करिब १० करोड रुपैयाँ हो। वडा-२८ को प्रदर्शनी मार्गमा काम थालनी भएको छ। यसको लागत ३ करोड ७८ लाख रुपैयाँ हो। वडा-११ को त्रिपुरेश्वरदेखि वडा-२२ सुन्धारा, वडा-२७ र २८ को सिमाना महावौद्ध, रत्नपार्क, जमल हुँदै वडा-२६ को लैनचौरसम्मको सडक खण्डका लागि निर्माण पक्षसँग सम्झौता भइसकेको छ। यसको लागत १८ करोड रुपैयाँ हो। नयाँ बजार वडा-१७ खण्डमा पर्ने जग्गा एकीकरण आयोजना क्षेत्रभित्र करिब ११ करोड लागतमा काम हुँदैछ।

वडा-४ को बालुवाटार सडक खण्डमा निर्माण कार्य गर्नका लागि सम्झौता भइसकेको छ। यसको लागत ६ करोड ३५ लाख रुपैयाँ हो। वडा-३२ को तीनकुनेदेखि वडा-९ सिनामंगल, त्रिभुवन विमानस्थल प्रवेशद्वार, सञ्चारग्राम, तिलगंगा हुँदै वडा-८ को गौशालासम्मका लागि सम्झौता भइसकेको छ। यसको लागत ६ करोड ६९ लाख रुपैयाँ हो। वडा-१० नयाँ बानेश्वरदेखि वडा-९ पुरानो बानेश्वरसम्मको मार्गका लागि ३ करोड २३ लाख रुपैयाँ लागतमा काम हुनेछ। वडा-११ थापाथलीदेखि वडा-१२ टेकुहुँदै वडा-१३ कालीमाटीसम्मको सडक खण्डको लागत ६ करोड रुपैयाँ हो।

वडा- २८ को बागबजारदेखि वडा-२९ चारखाल, वडा-३० को सिमाना डिल्लीबजार पिपलबोट, मैतीदेवी चोक, सेतो पुल, वडा-९ को पुरानो बानेश्वर, वडा-३१ को भीमसेनगोलाहुँदै वडा-९ को सिनामंगल सडक खण्डका लागि १० करोड लागत रहेको छ।

वडा-१३ को कालीमाटीदेखि सोल्टी मोडहुँदै वडा-१४ को कलंकीसम्म, वडा-८ को गौशालादेखि वडा-७ को चावहिलसम्म, वडा-८ गौशालादेखि वडा-९ रातोपुलसम्मको सडक खण्डलाई एउटा प्याकेजमा राखिएको छ। यसका लागि १० करोड लागत अनुमान गरिएको छ। यसका लागि पहिलो पत्र प्रकाशन गरिएको बोलपत्रबाट चाहिएको निर्माण पक्ष प्राप्त नभएपछि पुनः खरिद प्रक्रियामा लगिएको छ।

वडा-४ को विशालनगरको भित्री सडकमा १ करोड ३५ लाख रुपैयाँ लागतमा काम हुँदैछ। यस्तै वडा-६ को महाङ्काल ओरालोदेखि मिलन चोकसम्मका लागि ८० लाख रुपैयाँ लाग्नेछ। यो खण्डको कामका लागि सम्झौता चरणमा पुगेको छ। वडा-१५ को भगवान पाउदेखि जुडोल मार्ग जोड्ने सडकका लागि १ करोड लागत अनुमान गरिएको छ। यसको वोलपत्र आव्हान सूचना प्रकाशन भएको छ। सूचनामा गएको अर्को योजना वडा-१६ को बालाजु चोकदेखि जनमैत्री अस्पताल, बालाजु उद्यानहुँदै वनस्थलीतर्फको सडक खण्ड हो। यसको लागत ३ करोड रुपैयाँ हो। वडा-३२ जडीबुटी चोकदेखि पुरानो सिनामंगलपुलसम्मको सडक खण्डमा ११ करोड रुपैयाँ लागतमा पैदल मार्ग निर्माण हुनेछ।

वडा-११ को माइतीघर मण्डलादेखि नयाँ बानेश्वर हुँदै वडा-३२ को तीनकुनेसम्म १८ करोड रुपैयाँ लागतमा पैदल मार्ग र साइकल लेन निर्माण हुनेछ।

यसैगरी वडा-५ को बालमन्दिरदेखि नक्साल, वडा-१ को नारायण चौर, हात्तीसार, कमलपोखरी हुँदै वडा-३० को डिल्लीबजार क्षेत्रका लागि ६ करोड रुपैयाँ लागत अनुमान गरिएको छ। धोवीखोला कोरिडोरको कपन सिमानादेखि बागमती दोभानसम्मको खण्डका लागि ११ करोड रुपैयाँ लागत हुनेछ।

वडा-१५ को डल्लु आवास क्षेत्रमा ७७ लाख रुपैयाँमा उपभोक्ता समितिबाट काम भइरहेको छ।

काठमाडौं महानगरपालिका क्षेत्रभित्र करिब १ हजार ३ सय किलोमिटर सडक सञ्जाल छ। यसमध्ये ८ मिटरभन्दा कम चौडाइ भएको १ हजार किलोमिटर सडक महानगरपालिकाको स्वामित्वमा आएको छ। बाँकी सडक संघीय सरकारअन्तर्गतको डिभिजन सडक कार्यालयको स्वामित्वमा छ। सडक जसको भए पनि पैदल मार्ग निर्माण, सम्भार र व्यवस्थापनमा महानगरपालिकाले काम गरिरहेको छ।

यस खण्डमा छुटेका पैदल मार्ग निर्माण गर्नका लागि २५ करोड रुपैयाँ विनियोजन गरिएको छ। यसैगरी सुधार गर्न, मर्मत गर्नका लागि १५ करोड रुपैयाँ विनियोजन भएको छ। यसको खरिद प्रक्रियाअन्तर्गत सूचना प्रकाशन भइसकेको छ।

सिफारिस

एमाले नेता रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार

सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ।  न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश...

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

धेरै पढिएको