यी हुन् इजरायलमा ज्यान गुमाउने १० नेपाली (नामावली)

इजरायलमा भएको हमास आक्रमणमा परी १० जना नेपालीले ज्यान गुमाएका छन्। शनिबार बिहानैबाट भएको आक्रमणमा परी अहिलेसम्म १० नेपालीले ज्यान गुमाएको इजरायलस्थित दूतावासका प्रथम सचिव अर्जुन घिमिरेले बताए।

सुदूरपश्चिम विश्वविद्यालयबाट प्रयोगात्मक अध्ययनका लागि गएका विद्यार्थीहरू आक्रमणमा परेका थिए। किवुज अलुमिनमा रहेका १७ जना विद्यार्थीमध्ये १० जनाको मृत्यु भएको हो।

सोही फार्ममा रहेका विद्यार्थीमध्ये २ जना सुरक्षित छन्। अन्य ४ जनाको उपचार भइरहेको छ भने एकजना बेपत्ता छन्।

मृत्यु हुनेहरूमा कैलाली, घोडाघोडी–४ का नारायण प्रसाद न्यौपाने, बझाङ, जयपृथ्वी–६का गणेश कुमार नेपाली, कैलाली, बौनिया–३का आशिष चौधरी, दार्चुला, लेकम–५का दिपेश राज विष्ट, धनुषा, सपही–६का आनन्द साह, सुनसरी, मधुवन–१का राजेश कुमार स्वर्णकार, डोटी, पचनली–३का राजन फुलारा, डोटी, लामिखाल–८का पदम थापा, सल्यान, शारदा–३का प्रवेश भण्डारी, दार्चुला, मालिकार्जुन–४का लोकेन्द्र सिं धामी रहेका छन्।

सल्यान त्रिवेणी–१ का प्रमोद केसी र कैलाली भजनी त्रिशक्ति–४ का वीरेन्द्र चौधरी सुरक्षित छन्।

सल्यानकै शारदा–२ का विधान सेजुवाल, दाङ दंगिशरण–३ का प्रविण डाँगी, कैलाली, टिकापुर–९ का धन बहादुर चौधरी र गोरखा, गोरखा–८ का हिमाञ्चल कट्टेल घाइते छन्। उनीहरूको अस्पतालमा उपचार भइरहेको दूतावासले जनाएको छ।

कञ्चनपुर, भीमदत्त –३ का विपीन जोशी भने सम्पर्कविहीन अवस्थामा रहेको बताइएको छ।

गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न प्रोग्राम’ का लागि सेदोत नेगेभ क्षेत्रमा पुगेका उनीहरु सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका आठौं सेमेस्टरका विद्यार्थी हुन्।

प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायली सेनाको जारी लडाइँका कारण त्यहाँको अवस्था भयावह बन्दै गएको छ।

सिफारिस

ऊर्जा क्षेत्रमा साना र मझौला आयोजनालाई बेवास्ता नगर्न ऊर्जामन्त्री खड्काको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको दिगो विकासका लागि साना र मझौला जलविद्युत् आयोजना समेतलाई बेवास्ता नगरी प्राथमिकतामा राख्नुपर्ने...

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित फिक्कल डाँडा पर्यटकीय गन्तव्यको रुपमा चर्चा बढ्दै गएको छ। समुद्री सतहबाट २,३८८ मिटरको उचाइमा रहेको...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद अली अल–अन्सारीले आज अपराह्न नेपाली–फिलिपिनी संघ (NFA) का पदाधिकारीहरूलाई कतार दूतावासमा स्वागत गर्नुभयो। शिष्टाचार भेटका क्रममा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद...

सानो सद्भाव, ठूलो प्रभाव: ट्राफिक प्रहरीका लागि शिशिरको प्रेरणादायी पहल

बुटवल — चर्को घाम, धुलो र लगातार गुडिरहने सवारीसाधनबीच...

प्रधानमन्त्री ओलीले गरे खेलकुदका दुईवटा संरचना उद्घाटन (तस्वीरहरू)

ललितपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद...

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने...

धेरै पढिएको