बालेनले अब महानगरबासीलाई निःशुल्क रगत उपलब्ध गराउने

काठमाडौँ – महानगरबासीलाई निःशुल्क रगत र रक्त तत्व उपलब्ध गराउन आज काठमाडौँ महानगरपालिकाले नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गरेको छ । प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलको रोहवरमा महानगरपालिकाका तर्फबाट स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेल र नेपाल रेडक्रस सोसाइटीकातर्फबाट उपमहामन्त्री मनोजकुमार थापाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । यस अघि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन भइरहेको छ । स्वास्थ्य सेवालाई सहज र पहुँचयुक्त बनाउन रगत र रक्ततत्व निःशुल्क उपलब्ध गराउन लागिएको हो ।

सम्झौतापछि संक्षिप्त प्रतिक्रिया दिँदै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, रगत प्राप्त गर्न कसैलाई फोन गराउनु पर्ने, शिफारिस गराउनु नपर्ने गरी काम गर्नुपर्ने बताउनुभयो । ‘नियमित रक्तदान कार्यक्रम र संकलित रगतको उचित व्यवस्थापनबाट अभाव कम गराउन सकिन्छ । यसबेला कसैलाई शिफारिस गर्नु पर्ने स्थिति हुँदैन ।’ उहाँले भन्नुभयो, ‘महानगरबासीबाट थालिएको निःशुल्क रगत र रक्ततत्व उपलब्ध गराउने कार्यक्रमको प्रभाव हेरेर विस्तार गरिनेछ ।’

जनस्वास्थ्य विभागका प्रमुख पौडेलकाअनुसार, महानगरपालिकाबासीलाई उपलब्ध गराइने रगतको व्यवस्थापनका लागि रक्त सञ्चार सेवालाई रकम उपलब्ध गराइनेछ । यसका लागि प्रति युनिट १ हजार १६० रुपैयाँ र क्रस म्याच गराउनु परे थप २ सय रुपैयाँ उपलब्ध गराइनेछ ।

सम्झौतामा महानगरका वडाबाट रक्तदान कार्यक्रम आयोजना र अन्य रक्तदानका कार्यक्रममा खाजावापत प्रत्येक रक्तदातालाई २ सय रुपैयाँ उपलब्ध गराउने बुँदा महत्वपूर्ण छ । रेडक्रस सोसाइटीका अध्यक्ष प्रा. सुदर्शनप्रसाद नेपालले भन्नुभयो, ‘रक्त व्यवस्थापनमा महानगरपालिकाले लिएको नेतृत्वबाट ठूलो सघाउ पुग्नेछ ।’

सम्झौताबमोजिम महानगरपालिकाले पहिलो चरणमा ३ लाख रुपैयाँ उपलब्ध गराउनेछ । केन्द्रीय रक्त सञ्चार सेवाले हरेक ३ महिनामा महानगरपालिकामा खर्च विवरण पठाउनेछ । निकासा गरिएको ८० प्रतिशत रकम सकिएपछि रक्त सञ्चारले प्रतिवेदन पेश गर्नेछ । यसका आधारमा महानगरपालिकाले थप निकासा दिनेछ ।

बागमती प्रदेशले महानगरपालिकाभित्रका ५ वटा अस्पतालहरु (परोपकार स्त्री तथा प्रसुति अस्पताल, कान्ति बाल अस्पताल, त्रि. वि. शिक्षण अस्पताल, बीर अस्पताल र सहिद गंगालाल हृदय केन्द्र) मा वागमती प्रदेशका विरामीले उपचार गराउँदा चाहिने रगत र रक्त तत्वको खर्च व्यहार्न सम्झौता गरिसकेको छ । यसबाहेकका अस्पतालका लागि महानगरपालिकाले व्यवस्थापन खर्च व्यहार्नेछ ।

पौडेलकाअनुसार, डेङ्गी, क्यान्सरलगायत केही रोगमा विरामीको रगतमा तत्काल प्लेटलेट्स घट्छ । यस्तो अवस्थामा सामुहिक रक्तदानमा संकलन भएको ६ जनादेखि ८ जनासम्मको रगतबाट प्लेटलेट्स छुट््याएर एक जना विरामीका लागि आवश्यक मात्रा तयार पारिन्छ । अहिले नेपाल रेडक्रस सोसाइटीले १ जना योग्य व्यक्तिबाट प्लेटलेट्स मात्र दिन मिल्ने प्रविधि ल्याएको छ । यो एफेरेसिस व्लड डोनेसन (सिङ्गल डोनर प्लेटलेट्स) हो । महानगरपालिकाको शिफारिसमा रक्त सञ्चार केन्द्रले यो सेवा उपलब्ध गराउनेछ । यसका लागि प्रति माइक्रोलिटर १ लाख ५० हजार प्लेटलेट्स गणना हुने, हेमोग्लोबिनको उचित मात्रा भएका, १८ बर्षदेखि ५५ बर्ष उमेर समूहका व्यक्ति योग्य हुन्छ्न् । धेरै व्यक्तिबाट संकलन गरिएको प्लेट्लेट्सभन्दा योग्य एकै जना रक्तदाताबाट संकलन गरिएको प्लेटलेट्स वढी शक्तिशाली र प्रभावकारी हुन्छ ।

सेवा लिनका लागि महानगरपालिकाको स्थायी बासिन्दा भएको प्रमाण पेश गर्नुपर्नेछ । नागरिकता, मतदाता परिचय पत्र, बसाइँसराइ आएको प्रमाण पत्र, जन्म दर्ता, विवाह दर्ताका प्रमाण पत्रजस्ता काजगमध्ये कुनै एउटा पेश गरे हुनेछ । यस्ता कागजलाई विरामी वा विरामीका आफन्तले प्रमाणित गर्नुपर्नेछ ।

आकस्मिक र आपतकालीन अवस्थामा प्रमाण दिएर सेवा लिन नसक्ने अवस्था भएमा तिरिएको शुल्क प्रमाणका आधारमा शोधभर्ना दिइनेछ ।

सिफारिस

मौसम: आज पनि देशभर वर्षाको सम्भावना

आज बुधबार पनि देशभरका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार, आज...

प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस, को-को परे ?

नेपाल प्रहरीमा ११ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन्। गृहसचिव गोकर्णमणी दुवाडीको अध्यक्षतामा मंगलबार बसेको बैठकले २०७९ मा एसएसपी...

डीआईजी शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस

नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा डीआईजी सिद्धिविक्रम शाहलाई बढुवा गर्न सिफारिस गरिएको छ। मंगलबार बसेको बढुवा समितिको बैठकले पहिलो नम्बरका डीआईजी शाहलाई नै बढुवा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस, को-को परे ?

नेपाल प्रहरीमा ११ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी)...

डीआईजी शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस

नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा डीआईजी सिद्धिविक्रम शाहलाई...

नेपाल राष्ट्र बैंकको गभर्नरमा पौडेल नियुक्त

सरकारले अर्थविद् डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर...

जलस्रोत विधेयक २०८१ प्रतिनिधिसभाबाट बहुमतका साथ पारित

काठमाडौं - “जलस्रोत विधेयक २०८१” प्रतिनिधिसभाबाट बहुमतका साथ पारित...

असई कुन्जाङले गरिन् सगरमाथा आरोहण

नेपाल प्रहरीकी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पाले सगरमाथा...

यूएईलाई पराजित गर्दै नेपाल महिला विश्वकप क्रिकेटको ग्लोबल छनोटमा

यूएईलाई पराजित गर्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एक...

धेरै पढिएको