बालेनले अब महानगरबासीलाई निःशुल्क रगत उपलब्ध गराउने

काठमाडौँ – महानगरबासीलाई निःशुल्क रगत र रक्त तत्व उपलब्ध गराउन आज काठमाडौँ महानगरपालिकाले नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गरेको छ । प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलको रोहवरमा महानगरपालिकाका तर्फबाट स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेल र नेपाल रेडक्रस सोसाइटीकातर्फबाट उपमहामन्त्री मनोजकुमार थापाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । यस अघि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन भइरहेको छ । स्वास्थ्य सेवालाई सहज र पहुँचयुक्त बनाउन रगत र रक्ततत्व निःशुल्क उपलब्ध गराउन लागिएको हो ।

सम्झौतापछि संक्षिप्त प्रतिक्रिया दिँदै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, रगत प्राप्त गर्न कसैलाई फोन गराउनु पर्ने, शिफारिस गराउनु नपर्ने गरी काम गर्नुपर्ने बताउनुभयो । ‘नियमित रक्तदान कार्यक्रम र संकलित रगतको उचित व्यवस्थापनबाट अभाव कम गराउन सकिन्छ । यसबेला कसैलाई शिफारिस गर्नु पर्ने स्थिति हुँदैन ।’ उहाँले भन्नुभयो, ‘महानगरबासीबाट थालिएको निःशुल्क रगत र रक्ततत्व उपलब्ध गराउने कार्यक्रमको प्रभाव हेरेर विस्तार गरिनेछ ।’

जनस्वास्थ्य विभागका प्रमुख पौडेलकाअनुसार, महानगरपालिकाबासीलाई उपलब्ध गराइने रगतको व्यवस्थापनका लागि रक्त सञ्चार सेवालाई रकम उपलब्ध गराइनेछ । यसका लागि प्रति युनिट १ हजार १६० रुपैयाँ र क्रस म्याच गराउनु परे थप २ सय रुपैयाँ उपलब्ध गराइनेछ ।

सम्झौतामा महानगरका वडाबाट रक्तदान कार्यक्रम आयोजना र अन्य रक्तदानका कार्यक्रममा खाजावापत प्रत्येक रक्तदातालाई २ सय रुपैयाँ उपलब्ध गराउने बुँदा महत्वपूर्ण छ । रेडक्रस सोसाइटीका अध्यक्ष प्रा. सुदर्शनप्रसाद नेपालले भन्नुभयो, ‘रक्त व्यवस्थापनमा महानगरपालिकाले लिएको नेतृत्वबाट ठूलो सघाउ पुग्नेछ ।’

सम्झौताबमोजिम महानगरपालिकाले पहिलो चरणमा ३ लाख रुपैयाँ उपलब्ध गराउनेछ । केन्द्रीय रक्त सञ्चार सेवाले हरेक ३ महिनामा महानगरपालिकामा खर्च विवरण पठाउनेछ । निकासा गरिएको ८० प्रतिशत रकम सकिएपछि रक्त सञ्चारले प्रतिवेदन पेश गर्नेछ । यसका आधारमा महानगरपालिकाले थप निकासा दिनेछ ।

बागमती प्रदेशले महानगरपालिकाभित्रका ५ वटा अस्पतालहरु (परोपकार स्त्री तथा प्रसुति अस्पताल, कान्ति बाल अस्पताल, त्रि. वि. शिक्षण अस्पताल, बीर अस्पताल र सहिद गंगालाल हृदय केन्द्र) मा वागमती प्रदेशका विरामीले उपचार गराउँदा चाहिने रगत र रक्त तत्वको खर्च व्यहार्न सम्झौता गरिसकेको छ । यसबाहेकका अस्पतालका लागि महानगरपालिकाले व्यवस्थापन खर्च व्यहार्नेछ ।

पौडेलकाअनुसार, डेङ्गी, क्यान्सरलगायत केही रोगमा विरामीको रगतमा तत्काल प्लेटलेट्स घट्छ । यस्तो अवस्थामा सामुहिक रक्तदानमा संकलन भएको ६ जनादेखि ८ जनासम्मको रगतबाट प्लेटलेट्स छुट््याएर एक जना विरामीका लागि आवश्यक मात्रा तयार पारिन्छ । अहिले नेपाल रेडक्रस सोसाइटीले १ जना योग्य व्यक्तिबाट प्लेटलेट्स मात्र दिन मिल्ने प्रविधि ल्याएको छ । यो एफेरेसिस व्लड डोनेसन (सिङ्गल डोनर प्लेटलेट्स) हो । महानगरपालिकाको शिफारिसमा रक्त सञ्चार केन्द्रले यो सेवा उपलब्ध गराउनेछ । यसका लागि प्रति माइक्रोलिटर १ लाख ५० हजार प्लेटलेट्स गणना हुने, हेमोग्लोबिनको उचित मात्रा भएका, १८ बर्षदेखि ५५ बर्ष उमेर समूहका व्यक्ति योग्य हुन्छ्न् । धेरै व्यक्तिबाट संकलन गरिएको प्लेट्लेट्सभन्दा योग्य एकै जना रक्तदाताबाट संकलन गरिएको प्लेटलेट्स वढी शक्तिशाली र प्रभावकारी हुन्छ ।

सेवा लिनका लागि महानगरपालिकाको स्थायी बासिन्दा भएको प्रमाण पेश गर्नुपर्नेछ । नागरिकता, मतदाता परिचय पत्र, बसाइँसराइ आएको प्रमाण पत्र, जन्म दर्ता, विवाह दर्ताका प्रमाण पत्रजस्ता काजगमध्ये कुनै एउटा पेश गरे हुनेछ । यस्ता कागजलाई विरामी वा विरामीका आफन्तले प्रमाणित गर्नुपर्नेछ ।

आकस्मिक र आपतकालीन अवस्थामा प्रमाण दिएर सेवा लिन नसक्ने अवस्था भएमा तिरिएको शुल्क प्रमाणका आधारमा शोधभर्ना दिइनेछ ।

सिफारिस

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा तरुल तथा कन्दमूल किन्ने उपभोक्ताको चहलपहल बढेको छ । पर्वलाई लक्षित गर्दै विभिन्न किसिमका तरुलहरू...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

कुलमान घिसिङले दिएको राजीनामा पत्रमा के छ ?

काठमाडाैँ - कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका...

धेरै पढिएको