इजरायलमा ज्यान गुमाएकाको परिवारलाई सुदूरपश्चिम सरकारले २ लाख दिने

धनगढी – इजरायलमा आक्रमणमा परी ज्यान गुमाएका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले २ लाख रूपैयाँ राहत उपलब्ध गराउने भएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार विज्ञप्ति जारी गर्दै इजरायल आक्रमणमा दिवंगत भएका सुदूरपश्चिमका विद्यार्थीको परिवारलाई राहत स्वरूप २ लाख रूपैयाँ उपलब्ध गराउने जानकारी दिएका छन् ।

शाहले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना समेत प्रकट गरेका छन् । उनले आक्रमणको निन्दा गर्दै शव ल्याउन र घाइतेको उपचार एवम् उद्धारमा जोड दिन संघीय सरकारलाई आग्रह समेत गरेका छन् ।

यसअघि केन्द्र सरकारको सोमबार बसेको मन्त्रिपरिषद बैठकले मृतकका परिवारलाई १०–१० लाख रुपैयाँ राहत दिने र उद्धारका लागि चार्टर्ड हवाई जहाज पठाउने निर्णय गरेको थियो । इजरायलले उडान अनुमति दिनेबित्तिकै उद्धारका लागि हवाई जहाज पठाइने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सिफारिस

सुरूङमार्ग निर्माणले राष्ट्रिय लक्ष्य प्राप्तिमा ठूलो भूमिका खेल्नेछ : प्रधानमन्त्री

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा सुरूङमार्ग निर्माणले ठूलो भूमिका खेल्ने बताउनुभएको छ । नागढुङ्गा सुरूङमार्ग...

हङकङमाथि नेपालको फराकिलो जीत, पुग्यो सेमिफाइनलमा

काठमाडौं - ओमानमा जारी एसीसी प्रिमियर लिगमा नेपालले लगातार तेस्रो जीत हात पारेको छ । तेस्रो खेलमा बलियो प्रतिस्पर्धी मानिएको हङकङमाथि नेपालले ८ विकेटको...

माओवादी केन्द्रमा फर्किए विश्वद्वीप पाण्डे

काठमाडौँ - नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समितिका सदस्य (केन्द्रीय सदस्य) विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा फर्किएका छन्। पाण्डेलाई सोमबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

हङकङमाथि नेपालको फराकिलो जीत, पुग्यो सेमिफाइनलमा

काठमाडौं - ओमानमा जारी एसीसी प्रिमियर लिगमा नेपालले लगातार...

माओवादी केन्द्रमा फर्किए विश्वद्वीप पाण्डे

काठमाडौँ - नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समितिका सदस्य...

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो चैती छठ

महोत्तरी– मिथिला क्षेत्रमा वासन्ती (चैती) छठ आज बिहान उदाउँदो...

प्रहरीका दुई एआईजी र एक डीआईजी यसैसाता अवकाशमा जाँदै

काठमाडौँ - नेपाल प्रहरीका ३ जना उच्च प्रहरी अधिकृतहरु...

यी स्थानमा मेघ गर्जनसहित वर्षा हुने, केही स्थानमा हावाहुरी आउने

आज कोशी, गण्डकी र कर्णालीलगायत पहाडी भू-भागका केही स्थानमा...

विश्वदीपले पनि छाडे बाबुरामको साथ

डाक्टर बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका प्रचार विभाग...

धेरै पढिएको