काठमाडौंको सुन्धारास्थित एक होटलमा युवती मृत फेला

काठमाडौंको सुन्धारास्थित एक होटलमा युवती मृत फेला परेकी छिन् ।​ सुन्धाराको होटल श्री गुरुङमा केही दिनदेखि बस्दै आएकी इमाडोलकी भूमिका राउत मृत फेला परेकी हुन् ।

प्रेमीसँगै होटलमा बस्दै आएकी उनी सोमवार मृत फेला परेकी काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमुद ढुङ्गेलले जानकारी दिए ।

प्रवक्ता ढुङ्गेलका अनुसार राउतका प्रेमी आइतवार बिहान होटलमा तिर्नका लागि पैसा लिन गएको र सोमवार बिहान आउँदा कोठा भित्रबाट चुक्कल लगाएको अवस्थामा उनी मृत भेटिएकी थिइन् ।

‘यहि आइतबार उनीसँगै बसेका युवक पैसा सकिएको भन्दै पैसा लिन घर गएका थिए । सोमबार बिहान उनी फर्किएर आउँदा कोठा भित्रबाट लक थियो । प्रहरीलाई खबर गरेर ढोका फोडेर हेर्दा उनी कोठामा लडिरहेकी थिइन ।’ प्रवक्ता ढुंगेलले भने,

प्रहरीका अनुसार उनको कोठाबाट विषको बोतलसमेत फेला परेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सिफारिस

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप फुटवल प्रतियोगिताको तयारी पूरा भएको छ । दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुन लागेको...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार सिफारिस गर्न मातहतका समितिलाई परिपत्र गरेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको निर्णयअनुसार प्रदेश, जिल्ला र...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन्। मंगलबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

ड्रोनबाट यस्तो देखियो, सन्तानेश्वर महादेवको मन्दिर (तस्वीरहरू)

गोदावरी नगरपालिका वडा नं. १३ झरुवारासी कैलास पर्वतमा सन्तानेश्वर...

मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्विरहरू)

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि...

यस्तो छ कांग्रेस महाधिवेशन कार्यतालिका

नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशको कार्यतालिका सार्वजनिक गरेको छ।...

धेरै पढिएको