चाडपर्वहरू नजिकिएका बेला तीनै तहका सुरक्षा निकायका प्रमुखहरू देशबाहिर

देशमा महत्त्वपूर्ण मानिने दसैँ, तिहार, छठ लगायतका चाडपर्वहरू नजिकिएका बेला सुरक्षा निकायका तीनै तहका प्रमुखहरू देशबाहिर गएका छन्।  नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख हाल देश बाहिर छन्।

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा आइतबार बेलायत प्रस्थान गरेका हुन्। उनी बेलायतबाट २७ गतेमात्रै फर्किने कार्यक्रम छ।

यस्तै नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर पनि अहिले विदेशमै छन्। गत शनिबार आईजीपी कुँवर बेलायत प्रस्थान गरेका हुन्।

बेलायत सरकारको निमन्त्रणामा असोज २२ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने सुरक्षा र न्याय सुदृढिकरणका लागि एकीकृत कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका हुन्।

कुँवरसँगै प्रहरी नायब महानिरीक्षक विष्णुकुमार केसी र दुई एसएसपी बेलायतमा छन्। कुँवरले एआईजी टेकप्रसाद राईलाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिएका थिए। तर निमित्त प्रहरी प्रमुख टेकप्रसाद राई पनि मंगलबार अमेरिका प्रस्थान गरेका छन्।

अमेरिकाको सान डिएगो, क्यालिफोर्नियामा असोज २७ देखि ३० गतेसम्म सञ्चालन हुने इन्टरनेसनल एसोसिएसन अफ चिफ अफ पुलिस कन्फरेन्स विषयक कार्यक्रममा सहभागी हुन राई नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको हो। प्रहरी नायब महानिरीक्षकद्वय दुर्गा सिंह र केदार ढकाल पनि छन्।

यस्तै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल पनि अमेरिका प्रस्थान गरेका छन्। अर्याल पनि अमेरिकाको सान डिएगो, क्यालिफोर्नियामा असोज २७ देखि ३० गतेसम्म संचालन हुने इन्टरनेसनल एसोसिएसन अफ चिफ अफ पुलिस कन्फरेन्स विषयक कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन्।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको साथमा सशस्त्र प्रहरी नायब महानिरीक्षक शम्भु सुवेदी पनि छन्। सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको अनुपस्थितिमा निमित्त महानिरीक्षकको जिम्मेवारी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललाई दिइएको छ।

यस्तै प्रधानसेनापति शर्मा दुई दिनअघि बेलायतका चिफ अफ द जनरल स्टाफ प्याट्रिक स्यान्डर्सको निमन्त्रणामा औपचारिक भ्रमणका लागि त्यहाँ पुगेका हुन्।

बेलायतमा रहँदा प्रधानसेनापतिले वेल्स, ब्रेकनस्थित स्यानिब्रिज ट्रेनिङ क्याम्पको भ्रमण गर्नेछन्। साथै त्यहाँ सञ्चालन भइरहेको क्यामब्रिन पट्रोलमा सहभागी नेपाली सेनाको टोलीसँग भेट गर्नेछन्।

भ्रमणका क्रममा प्रधानसेनापति शर्माले बेलायती समकक्षी स्यान्डर्ससँग शिष्टाचार भेटघाट गर्ने पनि कार्यक्रम छ।

बेलायती सेनाको ल्यान्ड वारफेर विभागका निर्देशक रोयल कलेज अफ डिफेन्स स्टडिज र रोयल मिलिट्रि एकेडेमी स्यान्ड्रस्टका कमाण्डरहरुसँग भेटघाट तथा ब्रिगेड अफ गोर्खाजको समेत भ्रमण गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रधानसेनापतिको टोलीमा उनका स्टाफ अधिकृतहरू र सैनिक तालिम महानिर्देशनालयका उपरथी सन्तोष कुमार ढकाल सहभागी छन्। प्रधानसेनापति शर्माको अनुपस्थितिमा बलाधिकृत रथी सरोज प्रताप राणाले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हालेका छन्।

बेलायत भ्रमणपश्चात प्रधानसेनापति शर्मा असोज २७ गते मात्रै फर्किने कार्यक्रम छ।

सिफारिस

मिथेन ग्याँस र धौवादी फलामको उत्खनन्बारे ब्रिफिङ :छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्याँस उत्खनन् र पूर्वी नवलपरासीको धौवादी फलाम खानी उत्पादनका विषयमा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र...

रातको समय यस्तो देखियो ग्वार्को ओभरपास (तस्वीरहरू)

काठमाडौं – ललितपुरको ग्वार्को चोकमा निर्माण भएको ओभरपास सञ्चालनमा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै ओभरपासबाट औपचारिक रूपमा सवारी साधन सञ्चालनमा आएका...

सांसद एकनाथ ढकालद्वारा इटाली संसदमा सम्बोधन

रोम, इटाली - सांसद एकनाथ ढकालले अन्तरसंसदीय संघ (IPU) को आयोजनामा इटाली संसद भवनमा सम्पन्न दोस्रो अन्तरआस्थीय संवाद सम्मेलनमा सम्बोधन गरेका छन्। “हाम्रो साझा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रातको समय यस्तो देखियो ग्वार्को ओभरपास (तस्वीरहरू)

काठमाडौं – ललितपुरको ग्वार्को चोकमा निर्माण भएको ओभरपास सञ्चालनमा...

सांसद एकनाथ ढकालद्वारा इटाली संसदमा सम्बोधन

रोम, इटाली - सांसद एकनाथ ढकालले अन्तरसंसदीय संघ (IPU)...

स्थानीय अर्ग्यानिक आँप प्रवर्द्धन गर्न ‘म्याङ्‍गो राइड’ सुरु

काठमाडौँ — स्थानीय अर्ग्यानिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना...

भिडियो र फोटोमा हेर्नुस् उद्घाटनअघि यस्तो देखियो ग्वार्कोको ‘ओभरपास’

काठमाडौं - काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को...

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले...

धेरै पढिएको