चाडपर्वहरू नजिकिएका बेला तीनै तहका सुरक्षा निकायका प्रमुखहरू देशबाहिर

देशमा महत्त्वपूर्ण मानिने दसैँ, तिहार, छठ लगायतका चाडपर्वहरू नजिकिएका बेला सुरक्षा निकायका तीनै तहका प्रमुखहरू देशबाहिर गएका छन्।  नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख हाल देश बाहिर छन्।

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा आइतबार बेलायत प्रस्थान गरेका हुन्। उनी बेलायतबाट २७ गतेमात्रै फर्किने कार्यक्रम छ।

यस्तै नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर पनि अहिले विदेशमै छन्। गत शनिबार आईजीपी कुँवर बेलायत प्रस्थान गरेका हुन्।

बेलायत सरकारको निमन्त्रणामा असोज २२ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने सुरक्षा र न्याय सुदृढिकरणका लागि एकीकृत कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका हुन्।

कुँवरसँगै प्रहरी नायब महानिरीक्षक विष्णुकुमार केसी र दुई एसएसपी बेलायतमा छन्। कुँवरले एआईजी टेकप्रसाद राईलाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिएका थिए। तर निमित्त प्रहरी प्रमुख टेकप्रसाद राई पनि मंगलबार अमेरिका प्रस्थान गरेका छन्।

अमेरिकाको सान डिएगो, क्यालिफोर्नियामा असोज २७ देखि ३० गतेसम्म सञ्चालन हुने इन्टरनेसनल एसोसिएसन अफ चिफ अफ पुलिस कन्फरेन्स विषयक कार्यक्रममा सहभागी हुन राई नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको हो। प्रहरी नायब महानिरीक्षकद्वय दुर्गा सिंह र केदार ढकाल पनि छन्।

यस्तै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल पनि अमेरिका प्रस्थान गरेका छन्। अर्याल पनि अमेरिकाको सान डिएगो, क्यालिफोर्नियामा असोज २७ देखि ३० गतेसम्म संचालन हुने इन्टरनेसनल एसोसिएसन अफ चिफ अफ पुलिस कन्फरेन्स विषयक कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन्।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको साथमा सशस्त्र प्रहरी नायब महानिरीक्षक शम्भु सुवेदी पनि छन्। सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको अनुपस्थितिमा निमित्त महानिरीक्षकको जिम्मेवारी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललाई दिइएको छ।

यस्तै प्रधानसेनापति शर्मा दुई दिनअघि बेलायतका चिफ अफ द जनरल स्टाफ प्याट्रिक स्यान्डर्सको निमन्त्रणामा औपचारिक भ्रमणका लागि त्यहाँ पुगेका हुन्।

बेलायतमा रहँदा प्रधानसेनापतिले वेल्स, ब्रेकनस्थित स्यानिब्रिज ट्रेनिङ क्याम्पको भ्रमण गर्नेछन्। साथै त्यहाँ सञ्चालन भइरहेको क्यामब्रिन पट्रोलमा सहभागी नेपाली सेनाको टोलीसँग भेट गर्नेछन्।

भ्रमणका क्रममा प्रधानसेनापति शर्माले बेलायती समकक्षी स्यान्डर्ससँग शिष्टाचार भेटघाट गर्ने पनि कार्यक्रम छ।

बेलायती सेनाको ल्यान्ड वारफेर विभागका निर्देशक रोयल कलेज अफ डिफेन्स स्टडिज र रोयल मिलिट्रि एकेडेमी स्यान्ड्रस्टका कमाण्डरहरुसँग भेटघाट तथा ब्रिगेड अफ गोर्खाजको समेत भ्रमण गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रधानसेनापतिको टोलीमा उनका स्टाफ अधिकृतहरू र सैनिक तालिम महानिर्देशनालयका उपरथी सन्तोष कुमार ढकाल सहभागी छन्। प्रधानसेनापति शर्माको अनुपस्थितिमा बलाधिकृत रथी सरोज प्रताप राणाले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हालेका छन्।

बेलायत भ्रमणपश्चात प्रधानसेनापति शर्मा असोज २७ गते मात्रै फर्किने कार्यक्रम छ।

सिफारिस

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त उपसमितिले खानी तथा भूगर्भ विभागमा स्थलगत अनुगमन तथा अन्तरक्रिया गर्दै नेपालको खानी क्षेत्रलाई उत्पादन, उद्योग,...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार...

भर्खरै

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धान खेती: हरितगृह ग्याँस उत्सर्जन तथा जलवायु परिवर्तन

आज असार-१५, अर्थात् राष्ट्रिय धान दिवस । नेपालको खाद्य...

बाली एक, जोखिम अनेक: चपेटामा ग्रामीण धान किसान

किसानले परिवारको पेट मात्रै पाल्दैनन्, सिंगो समाजको खाद्य सुरक्षाको...

धेरै पढिएको