बेलायतमा नेपाली सेनाले जित्यो सात पदक

काठमाडौं – बेलायतको वेल्समा सञ्चालन भइरहेको ‘एक्सरसाइज क्याम्बे्रन पेट्रोल २०२३’ मा नेपाली सेनाको टोलीले रजत पदक जितेको छ। सेनाको टोलीले हालसम्म दुई स्वर्ण, तीन रजत र दुई कांस्य गरी सात पदक जितेको छ।

आइतबारसम्म सञ्चालन हुने अभ्यासमा रेगुलरतर्फ ४२, रेस्क्यूतर्फ १५, यूओटीसीतर्फ १६ तथा ३१ देशका ३८ अन्तर्राष्ट्रिय टोली गरी एक सय ११ वटा टोली सहभागी छन्। अभ्यासमा नेपालसहित बेलायत, क्यानडा, मेसोडोनिया, कतार, फिलिपिन्सललगायतको टोली सहभागी छन्। टोलीलाई हाल बेलायत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले पदक तथा प्रमाणपत्र प्रदान गरे।

अभ्यास खेलमा विशेषगरी पैदल फौजको पेसागत ज्ञान, सीप, रणकौशल, शारीरिक सहिष्णुताका साथै व्यक्तिगत एवं सामूहिक रूपमा गरिने फौजी कारबाहीको स्तर जाँच तथा मूल्याङ्कन गरिन्छ।

अभ्यासमा भाग लिने टोलीले ४८ घण्टाको समयभित्र ३२ किलोग्रामको ठुलो झोलासहित करिब ६०–६५ किलोमिटर दूरी विभिन्न किसिमको सैनिक कारबाही गर्दै पूरा गर्नुपर्छ।

अभ्यासमा ७५ प्रतिशतभन्दा बढी अङ्क ल्याउने टोलीले स्वर्ण ७५ भन्दामुनि र ६५ प्रतिशतभन्दामाथि ल्याउनेलाई रजत तथा ५५ भन्दा माथि तथा ६५ प्रतिशतभन्दा मुनि ल्याउने टोलीलाई कांस्य पदक प्रदान गरिन्छ।

सन १९७० देखि प्रत्येक वर्ष सञ्चालन हुँदै आएको यस अभ्यासमा नेपाली सेनाको टोलीले सन् २०१४ देखि भाग लिँदै आएको छ।

सिफारिस

हनुमानढोकामा सामूहिक कुमारी पूजा (तस्वीरहरू)

काठमाडौं - इन्द्रजात्राको दोस्रो दिन काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ। पास्नी गरिसकेका तर ईही (बेल विवाह) नगरेका २ देखि ८ वर्ष...

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न ‘ड्रिम टु प्ले’ यू–२३ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो ठड्याएसँगै काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा विधिवत् सुरु भएको छ। भाद्र शुक्ल द्वादशीका दिनदेखि आठ...

भर्खरै

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो...

प्रधान सेनापतिद्वारा बढुवा भएका ४ उच्च सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं -— नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक...

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

धेरै पढिएको