विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न ‘ड्रिम टु प्ले’ यू–२३ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुर क्रिकेटले जितेको छ। विराटनगरको मरिलेबोन ज्वाला क्रिकेट मैदानमा सम्पन्न प्रतियोगिताको लिग चरणमा उदयपुरले शतप्रतिशत जित निकाल्दै उपाधि आफ्नो पोल्टामा पारेको हो।

कोशी प्रदेशभरिका ग्रासरुट स्तरका युवा प्रतिभाहरूलाई खोज्ने र व्यावसायिक मञ्च उपलब्ध गराउने उद्देश्यले आयोजित यस प्रतियोगितामा कोशीका पाँच जिल्ला टोलीहरू उदयपुर, मोरङ, झापा, सुनसरी र इलामले राउन्ड-रोबिन लिग फर्म्याटमा प्रतिस्पर्धा गरेका थिए।

उदयपुरले प्रतियोगिताका चारवटै खेलमा एकपक्षीय तथा सन्तुलित जित निकाल्न सफल भयो। ब्याटिङ र बलिङ दुवै क्षेत्रमा उत्कृष्ट समन्वय देखाएको उदयपुर प्रतियोगिताकै एक मात्र अपराजित टोली रह्यो।

४ मध्ये ३ खेलमा जित दर्ता गरेको मोरङ उदयपुरसँगको एक खेलमा मात्र पछि पर्दै उपविजेतामा सीमित भयो। झापाले २ जित र २ हारको नतिजासहित तालिकाको तेस्रो स्थान हासिल गर्‍यो। सुनसरीले संघर्षपूर्ण खेल प्रदर्शन गरे पनि ४ खेलमध्ये १ खेलमा मात्र जित निकाल्न सक्यो। इलामको टोलीले प्रतियोगितामा कुनै पनि खेलमा जित दर्ता गर्न सकेनन् । इलाम तालिकाको पुछारमा रह्यो।

उपाधि विजेता उदयपुरका खेलाडी धवन साहनीले प्रतियोगिताभर कुल १४६ रन प्रहार गर्दै सर्वाधिक रनकर्ताको सूचीमा शीर्ष स्थान बनाए। उनलाई उदयपुरकै आदित्य बिकले १०२ रन बनाउँदै दोस्रो स्थानमा साथ दिए। उदयपुरको च्याम्पियन यात्रामा यी दुई ब्याटरको योगदान निर्णायक बन्यो। मोरङका बलर अमर यादवले सर्वाधिक ११ विकेट लिए र प्रतियोगिताकै उत्कृष्ट बलर बने। त्यस्तै उदयपुरका नवराज सिग्देलले कसिलो बलिङका साथ ६ विकेट लिँदै दोस्रो स्थान हासिल गरे।

यस ‘ड्रिम टु प्ले’ प्रतियोगिताबाट छानिएका उत्कृष्ट खेलाडीहरूलाई टोलीको ‘डेभलपमेन्ट स्क्वाड’ मा समावेश गरिनेछ। उनीहरूले राष्ट्रिय टोलीका मार्की खेलाडी सन्दीप लामिछाने लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूसँगै विशेष प्रशिक्षणको अवसर पाउनेछन्।

सिफारिस

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देल संयुक्त अधिराज्य (बेलायत) को औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। बुधबार स्वदेश फर्किएका...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

भर्खरै

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

धेरै पढिएको