सेनाकै मोडलमा सशस्त्र पनि : सुरु गर्‍यो ‘गुल्म टु गुल्म’ सरुवा

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले पहिलोपटक युनिट सरुवाको सुरुवात गरेको छ। सशस्त्र प्रहरी बलको नम्बर १५ गण काभ्रेको ‘क’ गुल्म र नम्बर ७ गण सिरहाको ‘क’ गुल्मको गुल्म फर्मेशनमा परस्परमा सरुवा गरिएको हो।

नेपाली सेनाको जस्तै मोडलमा सशस्त्र एकै पटक ‘गुल्म टु गुल्म’ को सरुवा गरेको हो। यसअघि नेपाली सेनाले गर्दै आएको यस्तो अभ्यास सशस्त्र प्रहरीले गरेको थिएन।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गढीमाइ बाहिनी मुख्यालय मकवानपुरअन्तर्गत काभ्रे जिल्लामा तैनाथ रहेको नम्बर १५ गणको ‘क’ गुल्म आश्रित गुल्मको रुपमा सिन्धुली जिल्लामा तैनाथ थियो। नम्बर २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीअन्तर्गत सिरहा जिल्लाको नम्बर ७ गणको ‘क’ गुल्म मार्डरमा रही प्रस्तावित सीमा सुरक्षा गुल्मको रुपमा मातहत ३ वटा बिओपीसहित तैनाथ थियो।

सशस्त्र प्रहरी बल नेपालको संगठन भित्र बाहिनी, गण, गुल्म र प्लाटुन लगायतका संरचना रहेका छन्। हाल काभ्रे र सिरहाका गण मातहत गुल्म तहको परस्पर सरुवा गरेता पनि भविष्यमा गण तहका इकाइहरुको समेत सरुवा गरिने योजना रहेको सशस्त्र प्रहरी बल नेपालका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

त्यसैगरी सशस्त्रले हरेक इकाइको आ–आफ्नै आदर्श वाक्य समेत तय गरेको छ। इकाइगत अवधारणालाई प्रभावकारी बनाउन इकाइहरुको आ–आफ्नै आदर्श वाक्य समेत तय गरिएको सशस्त्रले जनाएको छ। आदर्श वाक्य तय गर्दा इकाइमा कार्यरत कर्मचारीहरुको आफ्नो इकाइप्रति गौरवको भावना विकास हुने र सामुहिकताको भावना जागृत हुने सशस्त्र प्रहरी प्रधान कार्यालयले विश्वास लिएको छ।

यसरी इकाइगत सरुवा गर्दा व्यक्तिगत रूपमा काजमा बस्ने, अन्य इकाइमा सरुवा जान चाहने र कुनै व्यक्ति विभिन्न कारणले एकै स्थानमा लामो समयसम्म बस्ने प्रवृत्तिको अन्त्य हुने बताइएको छ।

त्यसैगरी सीमा इलाकामा लामो समयसम्म एउटै स्थानमा फौज कार्यरत रहेको कारणले आउने गुनासाहरू पनि बन्द हुने संगठले अपेक्षा गरेको छ।

यसअघि सशस्त्र प्रहरी बल नेपालले व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राखी आफ्नो अनुकूल कार्यालयमा काज कार्यरत रहने प्रवृत्तिलाई निरुत्साहित गर्ने गरी काजसम्बन्धी नयाँ मापदण्ड लागु गरेको थियो।

मापदण्डअनुसार वास्तविक समस्या भएका सशस्त्र प्रहरी कर्मचारीहरुले अधिकतम् ६ महिना अवधिको लागि आफूलाई पायक पर्ने कार्यालयमा काजमा कार्यरत रहन निवेदन दिनसक्ने बताएको छ। उक्त समस्यालाई मध्यनजर गरी विभागले ६ महिना अवधिसम्म मात्र काज स्वीकृत गर्ने बताइएको छ।

काज स्वीकृत भएका कर्मचारीहरुले ६ महिनाभन्दा बढी काज बस्नको लागि कबुलियतनामाको फारम भरी दस्तखत गर्नुपर्ने तथा कबुलियतनामा उल्लेख भए अनुसारको सर्तनामा स्वीकृत भएको ६ महिना काज सुविधा उपयोग गरिसकेपश्चात लागु हुने सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

६ महिना काज सुविधापश्चात कर्मचारी सम्बन्धित दरबन्दीमा अनिवार्य रुपमा हाजिर हुनुपर्ने मापदण्डमा उल्लेख गरिएको छ।

सिफारिस

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त उपसमितिले खानी तथा भूगर्भ विभागमा स्थलगत अनुगमन तथा अन्तरक्रिया गर्दै नेपालको खानी क्षेत्रलाई उत्पादन, उद्योग,...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार...

भर्खरै

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धान खेती: हरितगृह ग्याँस उत्सर्जन तथा जलवायु परिवर्तन

आज असार-१५, अर्थात् राष्ट्रिय धान दिवस । नेपालको खाद्य...

बाली एक, जोखिम अनेक: चपेटामा ग्रामीण धान किसान

किसानले परिवारको पेट मात्रै पाल्दैनन्, सिंगो समाजको खाद्य सुरक्षाको...

धेरै पढिएको