सेनाकै मोडलमा सशस्त्र पनि : सुरु गर्‍यो ‘गुल्म टु गुल्म’ सरुवा

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले पहिलोपटक युनिट सरुवाको सुरुवात गरेको छ। सशस्त्र प्रहरी बलको नम्बर १५ गण काभ्रेको ‘क’ गुल्म र नम्बर ७ गण सिरहाको ‘क’ गुल्मको गुल्म फर्मेशनमा परस्परमा सरुवा गरिएको हो।

नेपाली सेनाको जस्तै मोडलमा सशस्त्र एकै पटक ‘गुल्म टु गुल्म’ को सरुवा गरेको हो। यसअघि नेपाली सेनाले गर्दै आएको यस्तो अभ्यास सशस्त्र प्रहरीले गरेको थिएन।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गढीमाइ बाहिनी मुख्यालय मकवानपुरअन्तर्गत काभ्रे जिल्लामा तैनाथ रहेको नम्बर १५ गणको ‘क’ गुल्म आश्रित गुल्मको रुपमा सिन्धुली जिल्लामा तैनाथ थियो। नम्बर २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीअन्तर्गत सिरहा जिल्लाको नम्बर ७ गणको ‘क’ गुल्म मार्डरमा रही प्रस्तावित सीमा सुरक्षा गुल्मको रुपमा मातहत ३ वटा बिओपीसहित तैनाथ थियो।

सशस्त्र प्रहरी बल नेपालको संगठन भित्र बाहिनी, गण, गुल्म र प्लाटुन लगायतका संरचना रहेका छन्। हाल काभ्रे र सिरहाका गण मातहत गुल्म तहको परस्पर सरुवा गरेता पनि भविष्यमा गण तहका इकाइहरुको समेत सरुवा गरिने योजना रहेको सशस्त्र प्रहरी बल नेपालका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

त्यसैगरी सशस्त्रले हरेक इकाइको आ–आफ्नै आदर्श वाक्य समेत तय गरेको छ। इकाइगत अवधारणालाई प्रभावकारी बनाउन इकाइहरुको आ–आफ्नै आदर्श वाक्य समेत तय गरिएको सशस्त्रले जनाएको छ। आदर्श वाक्य तय गर्दा इकाइमा कार्यरत कर्मचारीहरुको आफ्नो इकाइप्रति गौरवको भावना विकास हुने र सामुहिकताको भावना जागृत हुने सशस्त्र प्रहरी प्रधान कार्यालयले विश्वास लिएको छ।

यसरी इकाइगत सरुवा गर्दा व्यक्तिगत रूपमा काजमा बस्ने, अन्य इकाइमा सरुवा जान चाहने र कुनै व्यक्ति विभिन्न कारणले एकै स्थानमा लामो समयसम्म बस्ने प्रवृत्तिको अन्त्य हुने बताइएको छ।

त्यसैगरी सीमा इलाकामा लामो समयसम्म एउटै स्थानमा फौज कार्यरत रहेको कारणले आउने गुनासाहरू पनि बन्द हुने संगठले अपेक्षा गरेको छ।

यसअघि सशस्त्र प्रहरी बल नेपालले व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राखी आफ्नो अनुकूल कार्यालयमा काज कार्यरत रहने प्रवृत्तिलाई निरुत्साहित गर्ने गरी काजसम्बन्धी नयाँ मापदण्ड लागु गरेको थियो।

मापदण्डअनुसार वास्तविक समस्या भएका सशस्त्र प्रहरी कर्मचारीहरुले अधिकतम् ६ महिना अवधिको लागि आफूलाई पायक पर्ने कार्यालयमा काजमा कार्यरत रहन निवेदन दिनसक्ने बताएको छ। उक्त समस्यालाई मध्यनजर गरी विभागले ६ महिना अवधिसम्म मात्र काज स्वीकृत गर्ने बताइएको छ।

काज स्वीकृत भएका कर्मचारीहरुले ६ महिनाभन्दा बढी काज बस्नको लागि कबुलियतनामाको फारम भरी दस्तखत गर्नुपर्ने तथा कबुलियतनामा उल्लेख भए अनुसारको सर्तनामा स्वीकृत भएको ६ महिना काज सुविधा उपयोग गरिसकेपश्चात लागु हुने सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

६ महिना काज सुविधापश्चात कर्मचारी सम्बन्धित दरबन्दीमा अनिवार्य रुपमा हाजिर हुनुपर्ने मापदण्डमा उल्लेख गरिएको छ।

सिफारिस

४ महिला नेतृत्वको फोटो राख्दै ओलीले लेखे– मलाई पनि खुसी लागेको छ

प्रधानमन्त्री केपी शर्मा ओलीले महिला नेतृत्वसम्बन्धी चार संयोगहरुले आफूलाई खुसी लागेको बताएका छन् । ओली प्रधानमन्त्री भएको विभिन्न कालखण्डमा महिला विभिन्न उच्च ओहोदामा पुगेका छन्। जसअनुसार...

रिटिङ रिटिङ नबजाउ बिनायो बोलको चर्चित गीतका गायक जोशीको निधन

काठमाडौं – ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ बोलको लोकप्रिय लोक गीतका गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको निधन भएको छ। बिहीबार ८८ वर्षीया...

यी ४ प्रदेशमा भारी वर्षाको सम्भावना, हेर्नुहोस् यस्तो छ ३ दिनको मौसम

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास क्षेत्रमा अवस्थित छ। यतिबेला (शुक्रबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रिटिङ रिटिङ नबजाउ बिनायो बोलको चर्चित गीतका गायक जोशीको निधन

काठमाडौं – ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो...

यी ४ प्रदेशमा भारी वर्षाको सम्भावना, हेर्नुहोस् यस्तो छ ३ दिनको मौसम

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून...

रामेछापमा पहिरोमा पुरिएर एकै घरका तीन किशोरीको मृत्यु

रामेछापको गोकुलगंगामा पहिरोमा पुरिएर एकै घरका तीनजना किशोरीको मृत्यु...

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारी नियुक्त भएका...

गड्तौला बनिन् पहिलो महिला मुख्यसचिव

काठमाडौं– सरकारले कायम मुकायम मुख्यसचिव लिलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्त...

जहाज दुर्घटनामा ज्यान गुमाएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं - सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा...

धेरै पढिएको