सुन तस्करी प्ररकण: महराका छोरा राहुललाई थुनामा पठाउन आदेश

विद्युतीय चुरोट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्ररकणमा पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई थुनामा पठाउन आदेश भएको छ।

शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश दण्डपाणि शर्माको इजलासले राहुललाई मुद्दाको पुर्पक्षका लाथि थुनामा पठाउने आदेश दिएको हो।

सोही प्रकरणमा पक्राउ परेका सुन तस्कर चिनियाँ नागरिकका सवारी चालक लोकेन्द्रकुमार पौडेललाई भने ५ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश भएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धान र उसको रायका आधारमा सरकारी वकिलको कार्यालय काठमाडौंले राहुलविरूद्ध आपराधिक विश्वासघात, भन्सार चोरीपैठारी तथा संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ।

सोही मुद्दामा सर्लाहीको राजघाट घर भई काठमाडौंको सीतापाइला बस्ने लोकेन्द्रकुमार पौडेल, तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र काठमाडौंकै बौद्ध बस्ने निमा गुरूङलाई पनि अभियुक्त बनाइएको छ। यीमध्ये पौडेललाई राहुलसँगै पक्राउ गरी अदालतमा पेस गरिएको छ। छिरिङ यसअघिकै सुन तस्करी सम्बन्धी मुद्दाको पुर्पक्षका क्रममा थुनामा छन् भने गुरूङ फरार छन्।

गत वर्ष पुस १० गते दुबईबाट आएको जहाजमा ७३ बट्टामा ७३० वटा विद्युतीय चुरोटमा सुन काठमाडौं भित्रिएको थियो।

सिफारिस

आज विश्वकर्माको पूजा, के छ धार्मिक मान्यता ?

काठमाडौं - आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छन् । प्रत्येक वर्ष झै कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन...

बिपी राजमार्ग आजदेखि २४सै घण्टा खुल्ला

काठमाडौं - यस वर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको बिपी राजमार्ग आजदेखि २४सै घण्टा सञ्चालनमा ल्याइएको छ । जिल्ला...

आज देशभर सार्वजनिक बिदा

काठमाडौं - सरकारले जेनजी युवाको प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरुको सम्मानमा आज देशभर शोक बिदा दिएको छ । भ्रष्टाचारविरुद्ध गत भदौ २३ र २४ गते भएको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बिपी राजमार्ग आजदेखि २४सै घण्टा खुल्ला

काठमाडौं - यस वर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण...

आज देशभर सार्वजनिक बिदा

काठमाडौं - सरकारले जेनजी युवाको प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरुको...

यस वर्षको बडादशैंको टीकाको साइत सार्वजनिक

काठमाडौं - यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज...

ईन्सपेक्टरदेखि आईजीपीसम्मको तलब कट्टा गरी ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख दिइने

काठमाडौं - जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई...

यस्ता छन् कार्की नेतृत्वको पहिलो मन्त्रीपरिषद बैठकको निर्णयहरू

काठमाडौं - सरकारले आगामी असोज १ गते शोक विदा...

सिजन मिडियाद्वारा अस्ट्रेलियामा प्रोफेशनल अचिभमेन्ट अवार्ड: क-कसले पाए सम्मान ?

सिजन मिडियाले हिमाली कल्चरल ग्रुप र इभेन्ट्स नेपाल अस्ट्रेलियासँगको...

धेरै पढिएको