सुन तस्करी प्ररकण: महराका छोरा राहुललाई थुनामा पठाउन आदेश

विद्युतीय चुरोट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्ररकणमा पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई थुनामा पठाउन आदेश भएको छ।

शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश दण्डपाणि शर्माको इजलासले राहुललाई मुद्दाको पुर्पक्षका लाथि थुनामा पठाउने आदेश दिएको हो।

सोही प्रकरणमा पक्राउ परेका सुन तस्कर चिनियाँ नागरिकका सवारी चालक लोकेन्द्रकुमार पौडेललाई भने ५ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश भएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धान र उसको रायका आधारमा सरकारी वकिलको कार्यालय काठमाडौंले राहुलविरूद्ध आपराधिक विश्वासघात, भन्सार चोरीपैठारी तथा संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ।

सोही मुद्दामा सर्लाहीको राजघाट घर भई काठमाडौंको सीतापाइला बस्ने लोकेन्द्रकुमार पौडेल, तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र काठमाडौंकै बौद्ध बस्ने निमा गुरूङलाई पनि अभियुक्त बनाइएको छ। यीमध्ये पौडेललाई राहुलसँगै पक्राउ गरी अदालतमा पेस गरिएको छ। छिरिङ यसअघिकै सुन तस्करी सम्बन्धी मुद्दाको पुर्पक्षका क्रममा थुनामा छन् भने गुरूङ फरार छन्।

गत वर्ष पुस १० गते दुबईबाट आएको जहाजमा ७३ बट्टामा ७३० वटा विद्युतीय चुरोटमा सुन काठमाडौं भित्रिएको थियो।

सिफारिस

रविन्द्र ढाँटले रचे इतिहासः यूएफसीको सेमिफाइनलमा प्रवेश

काठमाडौं- नेपालका रवीन्द्र ढाँटले यूएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी ५ मा विपक्षीलाई दोस्रो राउन्डमै पराजित गरेका छन् ।चीनको मकाउमा भएको प्रतिस्पर्धाको मिक्स मार्सल...

मानवअधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न सरकारसँग महेश बस्नेतको माग

काठमाडौं - नेकपा (एमाले) का सचिव महेश बस्नेत ले जेनजी आन्दोलनका क्रममा दोषी ठहर भएका व्यक्तिमाथि अविलम्ब र निष्पक्ष कानुनी कारबाही प्रक्रिया अघि बढाउन...

शान्ति सैनिक दिवसमा दुई नेपाली सैनिकलाई मरणोपरान्त सम्मान गरिने

काठमाडौं - राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सन् १९४८ मा पश्चिम एसियामा पहिलो पटक शान्ति स्थापना अभियान सुरु गरेको सम्झनामा शुक्रबार राष्ट्रसङ्घीय शान्ति सैनिक दिवस मनाइँदै...

भर्खरै

शान्ति सैनिक दिवसमा दुई नेपाली सैनिकलाई मरणोपरान्त सम्मान गरिने

काठमाडौं - राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सन् १९४८ मा पश्चिम...

कांग्रेसले भन्यो : आयोगले नाम तोकेकालाई कारबाही गरियोस्

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय मानवअधिकार आयोगले...

आयोगको प्रतिवेदनपछि रास्वपा सांसदको प्रतिक्रिया : ‘युद्ध जारी छ, कथा अहिले नलेख्नुहोस्’

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि...

महोत्तरीमा रोह्तो मेन्थोलेटमको नयाँ फ्याक्ट्री निर्माण सुरु

काठमाडौं - रोह्तो मेन्थोलेटम नेपाल प्रालिले महोत्तरीको बलवा नगरपालिका...

आयोगले भन्यो : जेनजी आन्दोलनमा सेना ‘मूकदर्शक’, अनुसन्धानमा पनि असहयोग

काठमाडौं - राष्ट्रिय मानवअधिकार आयोग ले भदौ २३ र...

धेरै पढिएको