यी प्रदेशमा बुधबारसम्म वर्षाको सम्भावना, बाली नकाट्न आग्रह

बुधबार अपराह्नसम्म देशका विभिन्न भूभागमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

हाल देशको बागमती, मधेसका पूर्वी भूभाग र कोशी प्रदेशमा मनसुनी वायुको प्रभाव छ। आइतबार अपराह्नपछि मौसममा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देखिने हुँदा बुधबारसम्म बदली, छिटपुटदेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।

‘हाल बागमती, मधेसका पूर्वी भूभाग र कोशी प्रदेशमा मनसुनी वायुको प्रभाव छ। आजै अपराह्नपछि पश्चिमी वायुको प्रभाव देखिने सम्भावना छ। त्यसो हुँदा सुदूरपश्चिम, कर्णाली, गण्डकी आदि भूभागमा मध्यम वर्षाको सम्भावना रहेको छ,’ मानन्धरले भनिन्, ‘लुम्बिनी, बागमती, मधेस र कोशीमा पनि बदली र छिटपुट वर्षा हुनसक्छ।!

उनले बुधबार अपराह्नपछि मनसुनमा सुधार देखिने र त्यसपछि विभागले बुलेटिनमार्फत् मनसुन बाहिरिएको जानकारी दिने उनले बताइन्।

मनसुन बाहिरिँदै जाँदा देशका केही भूभागमा घाम लागेको छ। धानलगायत बाली भित्र्याउने चटारो पनि कृषकहरूमा देखिन्छ। मौसमविद् मानन्धरले बुधबारसम्म बाली काट्न नहतारिन आग्रह गरिन्।

‘हिजोआज नै काटिसक्नु भएको छ भने भित्र्याइहाल्नु होला। भित्र्याउन नसकिए पानी नपर्ने ठाउँमा राख्नुहोला। काट्नुभएको छैन भने बिहीबारबाट घाम लाग्ने हुँदा त्यसपछि भित्र्याउन लाग्नु भए हुन्छ,’ उनले भनिन्।

अर्का मौसमविद् विनोद पोखरेलले पश्चिमी वायुको प्रभावले सोमबारदेखि बुधबारसम्म वर्षाको सम्भावना रहेको बताए।

सिफारिस

कार्यान्वयनको दस वर्षपछि संविधानमाथि समीक्षा हुन्छ : प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयनको दस वर्ष पुगेपछि संविधानमाथि समीक्षा र मूल्याकंन हुने बताउनुभएको छ । कान्तिपुर कन्क्लेभ २०२४ को समापन सत्रको परिसंवादमा...

किन आउँदै छन् भारतीय स्थल सेनाध्यक्ष नेपाल ?

भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपालको औपचारिक भ्रमणमा आउने भएका छन् । ५ देखि ९ मंसिरसम्म उनी नेपाल भ्रमणमा आउन लागेको नेपाली सेनाले जानकारी...

यू-१९ विश्वकपमा पुगेका खेलाडीलाई क्यानले २ लाख ५० हजार पुरस्कार दिने

आइसिसी महिला यू-१९ विश्वकप २०२५ मा छनोट भएको नेपाली यू-१९ टोलीका खेलाडीलाई जनही २ लाख ५० हजार पुरस्कार दिइने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

किन आउँदै छन् भारतीय स्थल सेनाध्यक्ष नेपाल ?

भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपालको औपचारिक भ्रमणमा...

यू-१९ विश्वकपमा पुगेका खेलाडीलाई क्यानले २ लाख ५० हजार पुरस्कार दिने

आइसिसी महिला यू-१९ विश्वकप २०२५ मा छनोट भएको नेपाली...

यूएईलाई हराउँदै नेपाल विश्वकपमा छनोट

घरेलु टोली युएईलाई पराजित गर्दै नेपालले मलेसियामा हुने आईसीसी...

फेसबुक पेज प्रेस काउन्सिलको निगरानीमा, मर्यादित नबने कारबाहीको चेतावनी

काठमाडौं - प्रेस काउन्सिल नेपालले आमसञ्चार माध्यम र सञ्चार...

कस्तो रहला आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

एसपीपीको कुनै चर्चा नै भएको छैन, माओवादीको विरोध सरकारमा नहुनुको छटपटी : प्रधानमन्त्री

विराटनगर - प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)...

धेरै पढिएको