अष्ट्रेलियाका सफल व्यवसायी स्वतन्त्र प्रताप शाहलाई ‘प्रभावशाली युवा उद्यमी अवार्ड’

काठमाडौं – अष्ट्रेलियाको ब्रिस्बेनमा रहेर व्यवसायी क्षेत्रमा सफलता प्राप्त गरेका स्वतन्त्र प्रताप शाह ‘ प्रभावशाली युवा उद्यमी अवार्ड’बाट सम्मानित भएका छन ।

व्यवसायी शाहलाई एनआरएनए युवा नेतृत्वको समयमा नेपलामा समाजिक सेवामा पु¥याएको अतुलनीय योगदान तथा व्यवसायिक क्षेत्रमा प्राप्त गरेका सफलताको लागि एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड अन्तर्गतको प्रभावशाली युवा उद्यमी अवार्र्ड प्रदान गरिएको हो ।

रोयल हेरिटेज रियल इस्टेट क्विन्सल्याण्डका निर्देशक, एम्पायर इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसका निर्देशक शाहलाई सिजन मिडियाको आयोजनामा गरिएको विशेष कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त अवार्ड प्रदान गरेका हुन ।

अष्ट्रेलियाको ब्रिस्बेनमा रहेका नेपाली व्यवसायिक उद्यमी शाहलाई नेपाल सरकारले सन २०१६ को जुलाईदेखि जुलाई २०१८ सम्म क्विन्सल्याण्डका लागि नेपाल पर्यटन बोर्डको मानार्थ जनसम्पर्क प्रतिनिधिको रूपमा नियुक्त गरेको थियो ।
हाल अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघका अध्यक्ष शाहले एनआरएनए गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष पनि हुन ।

नेपालमा भूकम्पका बेला एनआरएनए लजिस्टिक टोलीका संयोजक, भूकम्पका बेला नेपालमा एनआरएनए स्वयंसेवकको जिम्मेवारी सम्हालेका थिए । राहत वितरण र आश्रय निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

शाह बिगत डेढ दशकदेखि अष्टेलियामा बिभिन्न व्यवसायसंगै एनआरएन अभियन्ताका रुपमा सक्रिय छन । मोडलिङसंगै फिल्मी क्षेत्रमा पनि शाह सक्रिय छन । उनले दुई वटा नेपाली चलचित्रमा नायकको भूमिका समेत निर्बाह गरेका छन । शाह शैक्षिक तथा सामाजिक क्षेत्रमा पनि सक्रिय छन ।

उनले सन २०१० र २०१५ मा नेपाल फेस्टिभल ब्रिस्बेन, एनआरएनए भवन निर्माण परियोजना, नेपालको चेपाङ गाउँलाई सहयोग पु¥याउने कोष सङ्कलन कार्यक्रम, ब्रिसबेन अस्ट्रेलियामा नेपाली राजनीतिक नेताहरूसँग अन्तरक्रिया कार्यक्रम जस्ता कोष सङ्कलन कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेका छन । उनी नेपाली कलाकार तथा गायकहरूसँग सक्रिय रूपमा सामुदायिक कार्यक्रम आयोजना गर्दै आएका छन ।

संसारभरी छरिएर रहेका नेपाली युवा उद्यमीहरुलाई संगठित गर्दै शाहले अन्तर्राष्ट्रिय युवा उद्यमी महासंघ समेत स्थापना गरेका छन । कोभिड–१९ मा उनले अष्टेलियाबाट सुदूर पश्चिम लगायत देशका बिभिन्न भागमा सहयोग गरेका थिए ।
सरल नम्र स्वभावका व्यक्तिको रूपमा परिचित शाह विश्वभरमा एनआरएनएको मुद्दालाई स्थापित गर्न, युवा पुस्तालाई एनआरएनएमा अपनत्व महसुस गराउन उनले २०२३–०२५को लािग सचिव पदमा उम्मेदवारी दिएका छन ।

संघलाई नजिकबाट बुझेको र हालसम्म प्राप्त अनुभव दक्षता तथा योग्यतालाई एनआरएनए अभियानमा अझ सशक्त ढंगले प्रयोग गर्ने शाहले बताए । संघलाई थप पारदर्शी, वैज्ञानिक र प्रभावकारी ढंगले चलाउन आफ्नो सचिवमा उम्मेदवारी रहेको उनको भनाइ छ   ।

सिफारिस

४ महिला नेतृत्वको फोटो राख्दै ओलीले लेखे– मलाई पनि खुसी लागेको छ

प्रधानमन्त्री केपी शर्मा ओलीले महिला नेतृत्वसम्बन्धी चार संयोगहरुले आफूलाई खुसी लागेको बताएका छन् । ओली प्रधानमन्त्री भएको विभिन्न कालखण्डमा महिला विभिन्न उच्च ओहोदामा पुगेका छन्। जसअनुसार...

रिटिङ रिटिङ नबजाउ बिनायो बोलको चर्चित गीतका गायक जोशीको निधन

काठमाडौं – ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ बोलको लोकप्रिय लोक गीतका गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको निधन भएको छ। बिहीबार ८८ वर्षीया...

यी ४ प्रदेशमा भारी वर्षाको सम्भावना, हेर्नुहोस् यस्तो छ ३ दिनको मौसम

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास क्षेत्रमा अवस्थित छ। यतिबेला (शुक्रबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रिटिङ रिटिङ नबजाउ बिनायो बोलको चर्चित गीतका गायक जोशीको निधन

काठमाडौं – ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो...

यी ४ प्रदेशमा भारी वर्षाको सम्भावना, हेर्नुहोस् यस्तो छ ३ दिनको मौसम

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून...

रामेछापमा पहिरोमा पुरिएर एकै घरका तीन किशोरीको मृत्यु

रामेछापको गोकुलगंगामा पहिरोमा पुरिएर एकै घरका तीनजना किशोरीको मृत्यु...

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारी नियुक्त भएका...

गड्तौला बनिन् पहिलो महिला मुख्यसचिव

काठमाडौं– सरकारले कायम मुकायम मुख्यसचिव लिलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्त...

जहाज दुर्घटनामा ज्यान गुमाएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं - सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा...

धेरै पढिएको