उपरथी पदको दर्ज्यानी चिह्न प्राप्त गरेका बेला

नेपाली सेनाको युद्धकार्य महानिर्देशनालयका प्रमुख उपरथी ताराध्वज पाण्डेलाई रथी पदका लागि बढुवा सिफारिस गरिएको छ।

रथि सरोजप्रताप राणा अनिवार्य अवकाशका लागि विदामा बसेपछि सैनिक मुख्यालयले उपरथि पाण्डेलाई रथी पद बढुवाका लागि सिफारिस गरेको हो। पाण्डे रथीमा बढुवा सिफारिस भएसंगै उनी हालका प्रधानसेनापति प्रभुराम शर्मापछि प्रधानसेनापति बन्ने लाइनमा पुगेका छन्।

नेपाली सेनाले जारी गरेको बढुवा सिफारिससम्बन्धी ७ दिने सूचनामा सैनिक सेवा नियमावली २०६९ को परिच्छेद ३ मा रहेको सरुवा तथा बढुवासम्बन्धी व्यवस्थाबमोजिम नेपाली सेनाको सैनिक साधारण सेवातर्फ रिक्त हुन आएको तीन तारे जर्नेल (रथी) मा बढुवा सिफारिसको लागि उनलाई सिफारिस गरिएको उल्लेख छ।

सेनाको दोस्रो नम्बरमा रहेका बलाधिकृतरथी सरोजप्रताप राणा आइतबार विदामा बसेका हुन्। सेनामा राणासंगै अर्का रथी सिताराम खड्कापनि उमेर हदका कारण आगामी पुस ३ मा अवकासमा जांदैछन्।

उक्त स्थानमा उपरथी अशोकराज सिग्देल सेना बढुवा हुन सक्नेछन्।

प्रधानसेनापति शर्माले आगामी भदौ २४ मा ३ वर्षे कार्यकाल पूरा गरेर अवकास पाउनेछन्। त्यसपछि नेपाली सेनाको ४५ औं प्रधानसेनापति पाण्डे बन्न सक्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here