काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन् । छातीमा असहज महसुस भएपछि प्रधानमन्त्री प्रचण्ड मंगलबार थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन् ।
अहिले उनलाई वार्डमा भर्ना गरेर जाँचको तयारी भइरहेको उनको सचिवालयले जनाएको छ । डा. यादव भट्टसहितको टोलीले प्रधानमन्त्रीको स्वास्थ्य परिक्षण गरिरहेको छ ।